IMG-LOGO

विश्वभर कोरोना महामारीबाट १० लाखको ज्यान गयो दशै र तिहारमा लाकडाउन हुन सक्ने

 मंगल, असोज १३, २०७७  टाइम्स विश्लेषक

कोभिड– १९ को महामारीका कारण विश्वभर १० लाख मानिसको ज्यान गएको छ । विश्वव्यापी फैलिएको यो महामारीको आजसम्म कुनै औषधी  (भ्याक्सिन ) बनेको छैन  । विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) का अनुसार औषधी बन्न अझै  ५ महिना (फागुन सम्म) कुर्नुपर्ने  त्यस अवधिसम्म थप ५ लाखको ज्यान जाने अनुमान गरेको छ । विश्वलाई नै आतङ्कित पारेको कोरोनाभाइरस वास्तवमा घातक  भाइरस हो । यसले तपाईँ हामीलाई जुनसुकै बेला पनि असर पार्न सक्छ त्यसैले  यसबाट हामी सबै जोगिनु पर्छ ।
सक्रंमण भएको आशङ्का लागे सोझै अस्पताल नगई चिकित्सकसँग परामर्श गर्नुपर्छ । त्यसो गर्दा संक्रमण अरूलाई सर्ने सम्भावना कम हुन्छ । नेपालमा कोभिड–१९ हटलाइन नम्बर यी हुन् १११५ (बिहान ६ बजेदेखि साँझ १० बजेसम्म) ११३३(चौबीसै घण्टा)
९८५१२५५८३४, ९८५१२५५८३७, ९८५१२५५८३९ (बिहान ८ बजेदेखि राति ८ बजेसम्म) सम्पर्क गर्नुपर्छ ।
नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ । आज १ हजार ३५१ जना थपिएका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८१ पुगेको छ । आज मात्र ४ जनाको मृत्यु भएको  हो ।
नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार भन्दा धेरै भए देशको स्वास्थ्य प्रणालीले थेग्न सक्न नसक्ने भएकाले त्यस्तो अवस्थामा विभिन्न ठाउँमा पुनः लकडाउन गर्नुको विकल्प नहुने निष्कर्षमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेको छ। यसको सङ्केत मन्त्रालयले ५ दिनअघि गरेको नियमित प्रेस ब्रीफिङमा दिइसकेको छ ।
दशैँ, तिहार तथा छठ मुखमै आएको बेला महामारीका कारण फेरि लकडाउन भएर फेरि असजिलो हुने हो कि भन्ने आशङ्का र चिन्ता धेरैमा छ । बिबिसी नेपाली सेवाले  भनेको छ (“धेरैको चासो यतिखेर दशैँ–तिहारमा फेरि लकडाउन गरिन्छ कि भन्नेमा छ । तर त्यसको जबाफ त्यही २५ हजार को सीमासँग जोडिन्छ,” मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले भने ।
यसअघि लगाइएको लकडाउन र निषेधाज्ञा हटाइएपछि केही जिल्लामा सङ्क्रमणको दर नरोकिएको तथ्याङ्कले देखाउछ ।
भदौ २४ गतेदेखि दैनिक १ हजार  भन्दा बढी संक्रमित फेला परिरहेका छन् । दैनिक थपिने संक्रमितमध्ये आधाजसो काठमाण्डू उपत्यकामा हुने गरेका छन् । उपत्यकामा बाहेक अहिले मोरङ, सिराहा, चितवन र रूपन्देहीमा सक्रिय संक्रमितको सख्ंया धेरै छ ।
अहिले सबैको चिन्ता एउटै छ कि
पछिल्ला दिनमा दैनिक १० हजार को हाराहारी पीसीआर परीक्षण हुने गरेको छ । विगतमा परीक्षण गरिएका नमुनाको संख्यासँग ‍तुलनामा गर्दा अहिले सक्रंमित भेटिने संख्या बढेको देखिन्छ । तर यतिखेरको खास समस्या परीक्षणभन्दा पनि अहिले विश्वभरि कोरोनाभाइरस सक्रंमण र त्यसबाट हुने रोग कोभिड–१९ को त्रास छ । विश्वका अधिकांश देशमा मान्छेका गतिविधिहरू अत्यावश्यक काममा मात्रै सीमित भएका छन् ।
उक्त भाइरस फैलिन नपाओस् भनेर अवलम्बन गरिएको उपाय स्वरूप अहिले पनि विश्वका अधिकांश मानिसहरू घरभित्रै सीमित छन् ।
काठमाडौं उपत्यकामा अहिले कोरोनाभाइरस  संक्रमणको बढी जोखिम छ, कोभिड–१९ लागेपछि मृत्युको संम्भावना धेरै हुन्छ । यो भाइरसबाट जोगिन नाक र मुख छोपिने गरी मास्क लागाउनु पर्छ ।
कोरोनाभाइरस के हो?
आनुवंशिक संरचनामा आरएनए (च्ल्ब्) भएका भाइरस अर्थात् विषाणुको एउटा समूहलाई वैज्ञानिकहरूले कोरोनाभाइरस (ऋयचयलबखष्चगक) नामकरण गरेका थिए । कोरोनाभाइरसका कारण संसारभरी नक्कली औषधीको बिगबिगी पनि छ । अहिलेसम्म सक्कली औषधी बनेको छैन ।
भाइरसको बाह्य रूप किरीट अर्थात् श्रीपेचजस्तै भएकाले अङ्ग्रेजीमा उक्त नाम दिइएको थियो । त्यसलाई नेपालीमा “किरीटाकार विषाणु” वा “किरीट विषाणु” पनि भन्न सकिन्छ । तर कोरोनाभाइरस नै प्रचलित र सजिलै बुझिने नाम हो ।
सन् २०१९ को डिसेम्बरमा चीनको वुहान शहरमा चमेरो र कोब्राबाट  मानिसमा संक्रमण गर्न थालेको भनिएको  भाइरस सो समूहमा राख्न मिल्ने नयाँ भाइरस भएको पत्ता लाग्यो । चीनको वुहान नजिकै पशुपक्षी व्यापार हुने एउटा बजारमा पहिलो पटक यसको संक्रमण देखिएको उक्त भाइरस केही महिनामै विश्वभरी फैलियो । उक्त भाइरसको वैज्ञानिक नाम सार्स–कोभ–२ (क्बचक(ऋयख्(द्द) हो। सङ्क्रमणबाट हुने रोगलाई कोभिड–१९ (ऋयखष्म(ज्ञढ) भनिन्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्