IMG-LOGO

बीपी राजमार्ग अझै अवरुद्ध वैकल्पिक मार्गको प्रयोगमा सास्ती 

 मंगल, असोज २२, २०८१  – टाइम्स टीम

       रोशी खोलामा अविरल वर्षाका कारण आएको बाढीले कटुञ्जे मुनीको सडक ठाउँ ठाउँमा बगाउँदा बीपी राजमार्ग अवरुद्ध भएको छ । बाढी आएको यत्तिका दिन हुँदा पनि बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छैन । सम्बन्धित निकाए भन्छ– अझै ३ देखि ४ दिन लाग्नेछ । सम्बन्धित अधिकारीले यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेका छन् । दशैको मुखमा सडक अवरुद्ध हुँदा यात्रुहरुलाई निक्कै सास्ती भएको छ ।   

       अधिकारीहरूले भकुण्डेवेशीबाट तेमाल, खैरेनी हुँदै मध्यपहाडी राजमार्गको सित्खा, खुर्कोट, नेपालथोक, रामेछाप, सुनापतिलाई जोड्ने मार्ग सञ्चालनमा रहेको जानकारी दिएका छन् । वैकल्पिक मार्ग सुरक्षित र सञ्चालनमा रहेको हुँदा यात्रुलाई उक्त मार्गको प्रयोग गर्न आह्वान गरिएको छ । बीपी राजमार्ग मर्मत सम्पन्न भएपछि मात्र पुनः सञ्चालनमा आउने बताइन्छ ।       

       बीपी राजमार्ग राजधानी काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने राजमार्ग हो । यसलाई बनेपा–सिन्धुली–बर्दिवास या मध्य पहाडी राजमार्ग सडक भनेर पनि चिनिन्छ । जापानको सहयोग मा निर्मित यो राजमार्गलाइ देशको एक उत्कृष्ट राजमार्गको रुपमा चिनिदै आएको छ  ।

       जिल्ला विपद् व्यवस्थापन समिति, काभ्रे धुलिखेल, नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीको टोली परी चालन गरेर स्काभेटर, डोजरको सहायताबाट बाढी पहिरोले अवरुद्ध गरेको सडक खोल्न भरपुर प्रयास गरिएको कुरा प्रमुख जिल्ला अधिकारी उमशकुमार ढकालले बताउनु भयो । प्रजिअ ढकालले सिन्घुली रामेछाप जोड्ने वि.पी. राजमार्ग र पुस्पलाल राज मार्गको सुनकोशी नदीमाथि नेपाली सेनाको टोलिले बेली बृज जडान कार्य आइतबारबाट शुरु गरेको बताउनु भयो । बाढी पहिरोले बगाएर लगेको पुल तत्काल निर्माण हुन नसक्ने हुदाँ यातायात सञ्चालनमा कठीनाई छ । वैकल्पिक भनेर प्रचार गरीएको भकुण्डे तेमाल सडकको अवस्था निक्कै असहज छ ।

       वि.पी. राजमार्ग अन्तरगत काभ्रेको मंगलतारमा अभैm सयौंको संख्यामा बसहरु अलपत्र छन् । वैकल्पिक भनिएको सडकमा उच्च जोखिम छ । भ्याकुरे खोलाले कलभल्ट बगाई रोशी गाउँपालिका वडा नं. ११ डम्फुपार्क तथा वडा नं. ९ मंगलटार स्थितमा अलपत्र अवस्थामा रहेका चालक÷सहचालक, ५०० भन्दा बढी सवारी साधनहरुलाई मंगलटारबाट रोशी खोला पार गरी तेमाल गापा वडा नं. ७ कल्धार, भेटोल, कुरुबास, काङलिङ, पोखरी नारायणस्थान, कानपुर, भकुण्डे हुँदै धुलिखेल तर्फको लागि बैकल्पिक मार्ग सुचारु गर्न निरन्तर प्रयास भइरहेको छ । सो बैकल्पिक रुट खुल्न साथ तत्काल जानकारी गराइने छ ।

       साथै मंगलटारबाट सिन्धुलिको सिमानासम्मको करिब ७ किमि बाटो संचालन गर्न प्रयासरत रहेको भएता पनि केहि दिन लाग्न सक्ने, हाल काभ्रे स्थित बि.पी. राजमार्ग पूर्ण रुपमा संचालनमा असहजता रहेको कुरा जिल्ला प्रहरी कार्यलय काभ्रेको प्रमुख एसपी बसुन्धरा खड्काले जनकारी दिनु भयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्