विश्वमा फैलिएको कोरोनाभाइरस कोभिड १९ महामारीको सन्त्रासलदेशको अर्थतन्त्रमा नै ठुलो समस्यामा परेकाछ । मानवीय जीवनमा त्राहि त्राहि रहेको छ ।कोरोना संक्रमित दिन प्रतिदिन बढ्नु, कोरोनासंक्रमितबाट मृत्यु हुने संख्या एकसय बेसीभइसकेको छ । कोभिड १९ प्रकोप नियन्त्रण ररोकथामको लागि केन्द्र प्रदेश र स्थानीयसरकारले आ आफ्नो क्षेत्राधिकारमा रहेरकार्य गरिनुपर्छ गरिएको पनि छ । पहिलो कायभनेकै जनताको जीवनको रक्षा गर्ने हो । उक्तकार्य गर्न आगामी वर्षको नीति कार्यक्रमबजेटमा नै कोरोना संक्रमित झै लिन नदिने रस्वास्थ्यको पहँ ु च सबै म ा पु ¥ याउनगाउँपालिकाको ६ वटै वडामा स्वास्थ्य केन्दसञ्चालन गरिएको छ । जेष्ठ नागरिक,महिला तथा बालबालिकाहरुको घरघरमै गइस्वास्थ्य जाँच गरि सरकारले मापदण्ड गरेका दिएको ७० थरी औषधी निशुल्क वितरणगरिएको छ । सि.एम.ए र अनमी सहितको २४जनाको स्वास्थ्यकर्मीहरुले दैनिकरुपमा सेवाप्रवाह गरेका छन् । हरेक वडामा १ वटास्वास्थ्य संस्था हुनु पर्नेमा हामीले ६ वडामा ८वटा स्वास्थ्य केन्द्र सञ्चालित छन् । १५वेडको अस्पताल निर्माणको लागि जग्गाकाखोजी गरी आगामी वर्षमा निर्माण गर्ने लक्ष्यलिइएको छ । बेथानचोक गाउँपालिका वडा नं.४ को एकान्तबासमा एक महिलाको निधनभयो । यो दुखद घटना भयो नहुनु पर्ने थियाभयो । हामी सबै सम्यम हुनुपर्छ । मानवीयक्षति हुनु राम्रो होइन । यहि विषयलाई लिएरअर्को दुर्घटना निम्तीनु हँुदैन । स्वास्थ्य संस्थातोडफोड भए । यो कार्य ठिक होइन । कोहीकसैले यसलाई राजनितिक लाभ हानी हेनबेला हैन । मानवीय समवेदनालाई बुझेर कायगरिनुपर्छ । त्यसको छानबीन गर्न समिती गठनगरेको छ । प्रहरी प्रशासनबाट पनि सत्य तथ्यछानबिन होस । स्वास्थ्यका कर्मचारी होस याअन्य कोही कसैले नराम्रो गरेछ भनसत्य तथ्यको आधारमा कारबाही होसभन्न चाहन्छु । हामी जननिर्वाचितभइसकेपछि बेथानचोकगाउँपालिकाको समग्र विकासमा सुधारआएको अवस्था छ । १९ वर्ष सम्मजनप्रतिनिधि नभइ कर्मचारी वर्गले हाँकेकाथिए । जनअपेक्षा अनुरुपको विकास हुनसकेको थिएन । अहिले पनि जनताहरुकाविकास प्रतिको तिव्र चाहना छ । विकासकासवालहरुलाई जनचाहना आवश्यकता र स्रोतसाधनको सिमिततालाई ध्यान दिएर शिक्षा,स्वास्थ्य , खानेपानी भौतिक संरचनाकानिर्माण सडक तथा पूर्वाधार विकासललाई नप्रमुख आधार मानेर विगतका ३ वर्ष बितेकाछन् । नयाँ सडक सञ्जाल बिस्तार, केहिक्षेत्रमा ग्राबेलिब गरी सडक स्तरउन्नती पनिगरिएको छ । जनताहरुलाई छिटो छरितो सेवासुविधा प्रदान गर्ने सवालमा कर्मचारी वर्ग,उपप्रमुख सरिता लामिछान, वडाकाजनप्रतिनिधिहरु सबैको सहकार्य एकताबाटसेवा प्रवाहमा सहजता प्रदान गरिएको छ ।निर्वार्चित भएको पहिलो वर्षमा ७५ प्रतिशत,दोस्रो वर्षमा ८० प्रतिशत र तेश्रो वर्षमा ७५प्रतिशत पूजीगत खर्च भई विकास निर्माणकाकार्यहरु सम्पन्न भएका छन् । आ.व०७६÷०७७ मा कोरोना भाइरस कोभिड १९को कारण प्रभावित भइ कार्यमा केहिसिथिलता आयो । सम्पन्न नभएका योजनाहरुक्रमागत रुपमा गरिने छ । आ.व २०७७÷०७८को नीति कार्य क्रम बजेट पारित भइसकेको छ। ५० करोडको बजेट प्रस्तुत गरियो ।स्वास्थ्यको पहुँच सबैमा पु¥याउने र विश्वमाफैलिएको कोरोना भाइरस कोभिडकासन्त्रासले असर गरेको छ । मानवीय जीवनकारक्षाको लागि प्रधानता दिएर बजेट प्रस्तुतगरिएको छ । शिक्षामा गुणस्तीयता प्रदान गन२९ वटा सामुदायिक विद्यालयमा कम्प्युटरशिक्षा प्रदान गर्ने, शिक्षकहरुलाई समय सापेक्षतालिमको प्रबन्ध गरिएको छ । सबै विद्यालयर सबै वडामा इन्टरनेटको प्रबन्ध गरिने छ ।कृषिलाई व्यवसायिकरण गरिने छ । कृषिउपजमा वृद्धि ल्याउन, कृषि औजार प्रविधिबिउ विजन अनुदानमा हरेक वडाबाट गतवषवितरण गरियो । आगामी वर्ष पनि निरन्तरतादिइ कार्य गरिने छ । कृषिमा फड्को मार्न, कृषिपशुपालन व्यवसाय दुधजन्य पदार्थबाटउत्पादीत वस्तुलाई उद्योगसँग जोडेररोजगारको श्रृजना गरिनेछ । घरेलु तथा सानाउद्योगलाई प्रोत्साहित दिई अघि बढिने छ ।महिला सशक्तिकरण गर्न महिलादिदिबहिनीहरुलाई स्वरोजगार मुलक हुने गरीउचित तालिम दिइ घरेलु उद्योग सञ्चालनगरी उद्यमी व्यवसायि बनाइने छ । निम्नवर्गिय दलित जनजाति पिछडिएका वर्गहरुकाजीवनस्तर माथि उकास्न लागि परिने छ ।दिगो लक्ष्य प्राप्तीको लागि १ घर १ धारा जडानअभियानलाई जारी राखी आगामी वर्ष भित्रसबै गाउँपालिका नागरिकहरुलाई स्वच्छगुणस्तरीय खानेपानी उपलब्ध गराइने छ । ३नं. वडामा आधा कार्य सम्पन्न भएको छ । ४नं. वडाको चलालमा ३ सय घर धुरीमा धाराजडान भएको छ । भुग्देउमा खानेपानीको धेरसमस्या छ । त्यहाँका सबै जनताहरुलाइआगामी २ वर्ष भित्र खानेपानी पु¥याइने छ ।७० प्रतिशत कार्य सकिएको छ । बाँकीकार्यलाई तिव्रता दिइने छ । हरेक वडाकामोटर बाटो सडक बाटो ग्राबेल गर्ने र नालाकटान गरी व्यवस्थित गरिने छ । पूर्वाधारविकासमा फड्को मार्ने गरी कार्य गरिने छ ।वडा नं. १ र ६ मा बाटोको निक्कै समस्या छ ।निर्वाचित भएको ३ वर्षमा ५ किलो मिटरबाटो कालोपत्रे गर्ने कार्य भएको छ । संघीयसरकारले विनियोजन गरेको बजेटबाटढुब्खर्क क्षेत्र भित्रको ४० प्रतिशत सडकनिर्माण कार्य सम्पन्न भएको छ । आगामी वषदेखि थप कार्य गरी बाटो बिस्तार गनकालोपत्रे गर्ने कार्यलाई निरन्तरता दिइने छ ।पर्यटन क्षेत्रको विकासलाई व्यवसायीकरणगर्न लागि परिने छ । मुक्तिनाथ महादेव थान,बेथानचोक नारायण थान क्षेत्रपाल महांकालमन्दिर जाने ठाउँमा ढुंगाको सिडी छन् ।तीनहरुलाई मनमोहक बनाउन पर्यटकीयक्षेत्रको विकास गरिने छ । भुग्देउमहांकालबाट नमोबुद्ध जाने सडक निर्माणकार्यलाई तिव्रता दिइ कार्य अघि बढाइने छ ।
