IMG-LOGO

जीवन उपयोगी, विश्वबजारमा बिक्ने शिक्षा प्रदान गरेका छौं

 मंगल, भदौ ४, २०८१  इन्दु थापा प्रिन्सिपल, बेलर इन्टरनेश्नल एकेडेमी, बनेपा, काभ्रे

          विगत १० वर्ष देखि बेलर इन्टरनेश्नल एकेडेमी बनेपाको प्रिन्सिपलको जिम्मेवारी बहन गर्नुभएकी इन्दु थापा जीवनको समृद्धिको यात्रा शैक्षिक उपलब्धी हाँसिल गरेर कर्ममा रुपान्तरण भएपछि हुने तर्क गर्नु हुन्छ । सामान्य जीवन यापन, सकारात्मक सोच, जीवउपयोगी, व्यवहारिक, उच्च प्रविधिको विकास सहितको शिक्षा ग्रहण गरेको खण्डमा बेरोजगार बस्नु पर्ने अवस्था आउने छैन भन्ने धारणा राख्नु हुन्छ बेलर इन्टरनेश्नल एकेडेमीको प्रिन्सिपल थापा । उहाँ काठमाण्डौँ विश्व विद्यालयमा एजुकेश्नल लिडरसिपमा एमफिलको अध्ययन गर्दै हुनुहुन्छ । किड्स क्यास्टल देखि उच्च शिक्षा अध्ययनको अवसर भएको बेलर स्कुलमा शैक्षिक स्तरीयता, समग्र शैक्षिक अवस्था भावियोजनाको सवालमा रेडियो एवीसीमा विद्यालयको प्रिन्सिपल थापासँग गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

          आजकाल के कार्यमा व्यस्त हुनुहुन्छ ?

          राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेसँगै उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरु विषय र कलेज छनौटको अभियानमा लागेको हुँदा हाम्रो बेलर स्कूलमा किड्स क्यास्टल देखि उच्च शिक्षा अध्ययनको लागि उपयुक्त शैक्षिक वातावरण छ । विद्यार्थीहरुको लागि शैािक्षक वातावरण तयारीमा जुटेको छ । म विगत १० वर्ष देखि विद्यालयमा शैक्षिक गुणस्तर वृद्धिको लागि आफू निरन्तर लागेको छु ।

          राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशनमा समग्र नतिजा ५३ प्रतिशत उतीर्ण गर्न सक्यो, हाम्रो बेलर स्कूलको अवस्था कस्तो रह्यो ?

          हरेक संस्थागत शैक्षिक संस्थाको उद्देश्य भनेको विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धि गर्ने नै हुन्छ । हाम्रो शैक्षिक संस्था वेलर स्कूलले अभिभावक वर्ग, विद्यार्थीहरुको रुची बमोजीम सृजनात्मक जीवन उपयोगी प्रविधिको विकास सहितको शिक्षा प्रदान गरेका छौँ । यहाँले उठाउनु भएको जिज्ञाशा, समग्र देशको शैक्षिक अवस्थामा ५३ प्रतिशत नतिजा आएको छ भने हाम्रो विद्यालयमा व्यवस्थापन, विज्ञान संकायका विद्यार्थीहरुले राम्रो जीपीए ल्याई सफलता हाँसिल गरेका छन् ।

          बेलर इन्टरनेश्नल एकेडेमीको शैक्षिक विशेषताको बारेमा बताइदिनुसन् ।

          “बाल केन्द्रीत शिक्षण सिकाई, प्लेग्रुप, किड्स क्यास्टल देखि उच्च शिक्षा सम्म अध्ययन गर्ने अवसर छ । विद्यार्थीहरुको चौतर्फी विकास, सृजनात्मक शिक्षण सिकाईमा जोड, गुणस्तरीय जीवन उपयोगी व्यवहारिक शिक्षा प्रदान गरिएको छ । अनुभवि, समय सापेक्ष शिक्षण सिकाई क्षमता भएका शिक्षकहरुबाट अध्यापन हुने, स्वच्छ वातावरण, व्यवस्थितकक्षा कोठा, स्मार्ट बोर्डको प्रयोगबाट अध्यापन हुने, विद्यार्थीहरुको आवश्यकताको आधारमा उपयुक्त लाइव्रेरीको प्रवन्ध विज्ञान संकाय अध्ययन गर्ने विद्यार्थीहरुको उपयुक्त प्रयोग शालाको व्यवस्था, सिकेका विषय वस्तुलाई व्यवहारमा उतार्न प्रोजेक्टवर्कको प्रबन्ध, सिनियर एनसीसी प्रोग्राम ९ल्ऋऋ एचयनचबm०, एसीसीए प्रोग्राम ९ब्ऋऋब् एचयनचबm०, मेरिट बेस स्कलर सिपको प्रवन्ध, नेपाल आर्मी इम्लाइड, विज्ञान संकाय र व्यवस्थापन संकायमा फिजीक्स, बायोलोजी, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिजम विजीनेश स्टडिज अध्ययन गर्न सक्ने छन् । व्याचलर लेवलमा द्यद्यक् भर्ना धामाधम लिइदै छ ।”

          शिक्षण सिकाईमा प्रभावकारीता ल्याउन भए गरेका प्रयासहरु ?

          शिक्षण सिकाईमा प्रभावकारीता ल्याउन विद्यार्थीहरुको अनुशासन, चरित्र, व्यवहार सबैले अर्थ राख्छ । यी माथिका सवालमा साथै नैतिक शिक्षा दिनु अपरिहार्य छ । शिक्षकहरुले विद्यार्थीहरुलाई कक्षा कोठामा सिकाएका विषयहरुको सैद्धान्तिक ज्ञान मात्र हैन फिल्ड मै गएर त्यसको उपयोगीता प्रभावकारीता व्यवहारीकता सबैको अभ्यास गराउने गरिएको छ । विद्यार्थीहरुलाई सिप सहितको शिक्षा हामीले प्रदान गरेका छौँ । अतिरिक्त क्रियाकलापमा फुटबल, भलिबल, बास्केट बल, एनसीसी तालिम, गीत, संगीत, विद्यार्थीहरुको नेतृत्व व्यक्तित्व विकास गर्न अन्तर विद्यालय स्तरीय प्रतियोगिता क्षमता अभिवृद्धि प्रतियोगीता गर्ने गरेका छौँ । विद्यार्थीहरुले रमाई रमाई पढ्ने वातावरण हाम्रो विद्यालयका अनुभवी शिक्षकहरुको युनिटीको मेहनत सक्रियता, व्यवस्थापन टिम सबैको प्रयासबाट बेलर स्कुलले शैक्षिक गुणस्तर वृद्धिमा अपार सफलता पाएको छ । यो सफलता अभिभावकहरुको सत विश्वास विद्यार्थीहरुको शिक्षण सिकाईमा भएको उल्लेखनीय सुधारले देशको नमुना, विद्यालय बन्न सकेको छ । अन्तराष्ट्रिय स्तरको शैक्षिक क्रियाकलाप, अतिरिक्त सृजनशिलता कायम सहितको शिक्षा प्रदान गर्न हाम्रो प्रयास निरन्तर रहने छ ।

          प्रिन्सिपल भई जिम्मेवारी समालेको आफ्नो अनुभुति बताउनुसन्  ?

          काभ्रे जिल्लाको संस्थागत शैक्षिक संस्थामा महिला प्रिन्सिपल नगन्य मात्रामा छन् । आफू प्रिन्सिपल भई अभिभावक, विद्यार्थीहरुको गुनासो, टिप्पणीको कुराकानी गर्दा प्राम्भमा त कता कता असहज जस्तो अनुभुति हुन्थ्यो । १÷२ वर्ष वितेपछि अभिभावक र विद्यार्थीसँग घुलभिल गरेर उहाँहरुको समस्यालाई समाधान गर्दै उहाँहरुको अधिकतम शैक्षिक सुधारका सवाललाई विद्यालयको स्रोत साधनलाई अधिकतम प्रयोग गरेर अभिभावक र विद्यार्थीहरुको मुहारमा हाँसो र खुसि ल्याउन सकेकोमा म आफैले एक विद्यालयको प्रिन्सिपल मात्र नभई विद्यार्थीहरुको शैक्षिक स्तरीयता कायम गरी राष्ट्रको सर्र्वाङ्गीण विकासमा योगदान गर्ने विद्यार्थी उत्पादन गर्न सकेकोमा गर्व लागेको छ । समुदायहरुले पनि प्रेरणा दिदै सुझाव दिदै अघि बढ्न पाउँदा म निक्कै हार्षित छु ।

          शिक्षण सिकाईमा भन्दा बेसी अतिरिक्त क्रियाकलापमा बढी केन्द्रीत भई बेलर स्कुलले हाइफाई ग¥यो भन्नेहरुको जमात निक्कै छन् नि उनीहरुलाई के भन्नु हुन्छ ?

          “हरेक बालबालिकाहरुको आप्mनै किसीमको प्रतिभा, क्षमता हुन्छ । उनीहरुको रुची अनुसार विद्यार्थी केन्द्रीत शिक्षण सिकाई गर्नुपर्छ । पाठ्यक्रमको विकास अनुरुप केन्द्रीकृत गर्दै बालबालिकाको सृजना र प्रतिभालाई प्रोत्साहित गरेर नै अघि बढेका छौँ । कुनै बालबालिका खेलकुद फुटबल, भलिबल, बास्केटबलमा लगाव छ त्यसमै लागेर आफ्नो जीवनलाई अघि बढाउन चाहन्छ भने त्यसै गर्न दिनुपर्छ । गीत, संगीत, नृत्य कुनैन कुनैमा  आफ्नो प्रतिभालाई उजगार गरेर त्यसैमा दख्खलता हाँसिल गर्न चाहन्छ भने सोही अनुसार विद्यार्थीलाई अध्ययनको साथै अतिरिक्त क्रियाकलापमा समेत पोख्त बनाउन सक्ने शैक्षिक वातावरण निर्माण गरी पाठ्यक्रम विकास गर्न संघ, प्रदेश र स्थानीय सरकार कटीबद्ध भई शैक्षिक सुधार गर्ने शैक्षिक नीति बनाउन आवश्यक छ । बाहीर देखिदाँ हाइफाइ जस्तो देखिए पनि हामीले विद्यार्थीहरुको मनोभावना अनुसार नै शिक्षा ग्रहण गर्ने अवसर प्रदान गरेका छौँ ।”

          अधिकांश संस्थागत विद्यालय अधिक शुल्क लिन्छन् । शिक्षक तथा प्रशासनिक क्षेत्रमा कार्य गर्ने कर्मचारीहरुलाई योग्यता क्षमता, अनुरुप तलब सेवा सुविधा दिन कन्जुस्याँई गरेको विषय बेला बेला बाहिर आउने गर्छ । हाम्रो बेलर स्कूलले दीर्घ सेवी शिक्षकलाई थप सेवा सुविधा दिएको छ की ?

          हामीले सरकारले निधारण गरेको शुल्क भन्दा बेसी लिने गरेका छैनौँ । अरु संस्थागत विद्यालयले के कस्तो ग¥यो राज्यका निकायहरुले अुनगमन गर्ने कुरा हो । हामीले प्रशासनिक तथा शिक्षक वर्गले निरन्तर ५ वर्ष सेवा गरेपछि राज्यको पेन्सन प्लान जस्तै शिक्षकहरुको लागि कोष निर्माण गरी कार्य प्रारम्भ गरि सकेका छौँ । हरेक आइतबार शिक्षकहरुलाई समय सापेक्ष आवश्यक पर्ने शैक्षिक तालिमको प्रवन्ध गरिएको छ । शिक्षक शिक्षक बीचको सिकाई आदान प्रदान अनुभवी दिग्ज शैक्षिक व्यक्तित्वबाट तालिम प्रदान गरिएको छ ।

          अन्त्यमा केहि भन्नु छ की ?

          विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने हाम्रो मुख्य लक्ष्य हो । सिम्पल लिभिङ हाई थिङ्कीङ हुनु पर्छ । विद्यार्थीहरुको शैक्षिक उपलब्धिमा  हाम्रो ध्यान केन्द्रीत छ । उद्यमशिलताको विकाससँग जोड्ने शिक्षा जीवन उपयोगी सिप सहितको विश्व बजारमा विक्ने शिक्षा प्रदान गर्न आवश्यक छ सोही अनुसार शिक्षा प्रदान गर्न सबै लागौँ भन्न चाहन्छु । यसमा सरकार समुदाय सबै लाग्नुपर्छ । हाम्रो बेलर स्कुलमा विज्ञान संकाय र व्यवस्थापन संकायमा तथा उच्च शिक्षा अध्ययनका लागि व्याचलर लेवलमा द्यद्यक् भर्ना अभियान तिव्र रुपमा अघि बढेको छ । अभिभावक र विद्यार्थीहरुलाई विद्यालय भ्रमण गर्न हार्दिक आह्वान गर्दछु ।

प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्