IMG-LOGO

सिप सहितको दक्ष जनशक्ति उत्पादन गरेका छौं

 मंगल, सावन २२, २०८१  राजिव श्रेष्ठ सहायक प्रिन्सिपल, संकल्प कलेज, बनेपा, काभ्रे

          विगत २३ सालदेखि निरन्तर शिक्षण सेवामा लागि पर्नुभएका एमबिएस ९ःद्यक्० शैक्षिक योग्यता हँसिल गर्नुृभएका रजिव श्रेष्ठ संकल्प कलेज, बनेपाको सहायक प्रिन्सिपलको जिम्मेवारी सम्हाल्नुभएको छ । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालनमा रहेको संकल्प कलेजमा शिक्षण सेवामा लामो अनुभव बटुलेका चेतना विष्टको  नेतृत्वमा ७ जनाको सशक्त टिमले व्यवस्थित ढङ्खबाट गुणस्तिरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ सञ्चालन भएको संकल्प कलेमा ब्याच्लर इन होटल म्यानेजमेन्ट (द्यज्ः) र ब्याच्लर इन इन्फरमेशन म्यानेजमेन्ट (द्यक्ष्ः) विद्यार्थीहरुले अध्ययन गर्ने अवसर प्राप्त गर्न सक्छन् । राजधानी काठमाण्डौबाट २६ किमी नजिकै रहेको मध्यपहाडी जिल्लाकै व्यापारीक नगरी बनेपामा नीजी क्षेत्रबाट सञ्चालित कलेज र पब्लीक कलेजहरु गरी आधा दर्जन बेसी छन् तर पनि यहाँहरुले ४ वर्षे व्याच्लर लेवलको कलेज सञ्चालन गर्नुभयो मिसन, भिजन, नयाँ शैक्षिक योजना के छन भन्ने सन्दर्भमा कलेजका सहायक प्रिन्सिपल रजीव श्रेष्ठसँग रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

          आजकाल के कार्यमा व्यस्त हुनुहुन्छ ?

          भर्खरै मात्र राष्ट्रिय परीक्षा वोर्डले कक्षा १२ को नतिजा सार्वजनिक ग¥यो । ५३ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । उत्तीर्ण सब उच्च शिक्षा अध्ययन गर्न योग्य भएका छन् । भर्ना अभियानको पूर्व तयारीमा हामी जुटेका छौँ । विगत १ वर्ष अघि बनेपाको जनगालमा संकल्प कलेज सञ्चालनमा ल्याएका छौँ । उक्त कलेजमा म सहायक प्रिन्सिपलको जिम्मेवारी समालेको छु । काभ्रे जिल्लामा पहिलो पटक स्नातक तहको, व्याजलर इन होटल म्यानेजमेन्ट ९द्यज्ः०, स्नातक तहकै व्याचलर इन इन्फरमेशन म्यानेजमेन्ट ९द्यक्ष्ः० विषयको अध्यापन गराउने अनुमति पत्र त्रिभुवन विश्व विद्यालयले प्रदान गरेको छ । त्रिभुवन विश्वविद्यालयले लिने प्रवेश परीक्षा ९ऋःब्त्० उतीर्ण गरेपछि मात्र उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरुलाई सोही विषयलाई आधार निर्माण गरी विद्यार्थीहरु अध्यापन गराएका छौँ ।

          व्याचलर इन होटल म्यानेजमेन्ट ९द्यज्ः० र व्याचलर इन इन्फरमेशन ९द्यक्ष्ः० विषयको महत्व तथा विशेषताहरुको बारेमा बताइदिनुसन् ?

          होटल म्यानेजमेन्टमा ४ वर्षको कोर्ष पुरा गरी दक्षता हाँसिल गरेपछि उक्त विद्यार्थीले सेवा मुलक संस्था कम्पनी होटलमा वेटर, होटलको म्यानेजर बन्ने अवसर प्राप्त हुन्छ । प्राविधिक विषयको अध्ययन पुरा गरेपछि बेरोजगार बस्नु पर्ने छैन् । रोजगारीको लागि बिदेश भौतारीनु पर्ने छैन । होटल व्यवसायमा संलग्न भई आफैँ कार्य गरी मनग्य आय आर्जन गरी आत्मनिर्भर हुन सक्छ । त्यस्तै गरी व्याचलर इन इन्फरमेशन ९द्यक्ष्ः० मा दक्षता हाँसिल गरी सफलता प्राप्त गर्ने विद्यार्थीले बेरोजगार हुनु पर्ने छैन् । बैँक तथा वित्तीय संस्थामा कार्य गर्ने अवसर प्राप्त हुन्छ । सफ्टवेयर इन्जीनियर, सिस्टम एनलाईष्ट, नेटवर्क म्यानेजर, सफ्टवेयर प्रोग्रामर सिस्टम एड्मिनिष्ट्रेटर, आइटी फ्यासीलिटी, कम्प्युटरीङ, कम्प्युटर अफिसर, वेभ डेभलपर प्रोग्रामर र म्यानेजर अफिसर आदिमा रोजगारीको अवसर छ ।

          संकल्प कलेज नै विद्यार्थीहरुको रोजाई हुनु पर्ने कारण ?

          काभ्रे जिल्लामा नै पहिलो कलेजको रुपमा त्रिभुवन विश्व विद्यालय सम्बन्धन प्राप्त संकल्प कलेजमा द्यज्ः र द्यक्ष्ः को लागि उचित गन्तव्य, उत्कृष्ट शिक्षा उचित शुल्कमा, राजधानी जाने आउने समायको बचत, राम्रो शैक्षिक वातावरण भएको, शिक्षासँगै रोजगारीको अवसर, समय सापेक्ष सीपमुलक तालिम तथा प्रोफेशनल कोर्ष प्रदान गरिने, अहिलेको बजार माग अनुरुपको सूचना प्रविधि तथा हस्पीटालिटी सेक्टरमा दक्ष जनशक्ति तयार गराउने, रिसर्च, आइडिया स्टुडीयो मार्पmत, सफ्ट स्किल्स, ट्यालेन्ट हन्ट आइडिया स्टुडियो जस्ता कार्यक्रम मार्फत विद्यार्थीहरुको चौतर्फि विकास गराउने र प्रशस्त तथा आधुनिक सुविधा सहितको खेल मैदान हाम्रो कलेज प्राङ्गगणमा छ । जहाँ विद्यार्थीहरुले सृजनशिल शिक्षा सहित व्यवहारिक ज्ञान सिप र दक्षता हाँसिल गर्न सक्ने भएको कारण विद्यार्थीको रोजाई संकल्प कलेज हो भन्न सकिन्छ ।

          कक्षा १२ अध्ययन सकेका अधिकांस विद्यार्थीहरुको रोजाई अध्ययनका लागि विदेश पलायन बढ्यो । यसलाई रोक्न नीजि क्षेत्रबाट सञ्चालित कलेजहरुले किन सकेनन् ?

          नीजि क्षेत्रबाट सञ्चालित कलेजहरु प्राविधिक शिक्षा र व्यवहारीक शिक्षा प्रदान गर्न आफ्नो श्रम र सिप सहित मैदानमा उत्रेका  छन् । राष्ट्रको लागि दक्ष जनशक्ति उत्पादनको लागि हाम्रो सत प्रयास हो, राज्यले स्वदेशमै रोजगारीको अवसर सृजना गरेर विद्यार्थीहरुलाई विदेश पलायन रोक्ने नीति ल्याउन सक्नु पर्छ । जुन देशले युवा दक्ष जनशक्ति प्रयोग गर्न सक्छ त्यो देश समृद्ध बन्छ । हामीले उदाहारणका लागि युरोपीयन कन्ट्री लण्डन, बेलजीयम हेर्न सक्छौँ, आर्थिक सम्पन्नताको हिसावमा अमेरिका त्यस्तै गरी चिन औद्योगिक क्षेत्रको विकासमा फड्को मारेका छन् । जनु युवा दक्ष जनशक्तिको प्रयोगले सम्पन्ता हाँसिल गरेको हो ।

          नीजि क्षेत्रमा सञ्चालित कलेजहरुले विद्यार्थीहरुको लागि पढ्दै गर्दै गर्ने अवसरको लागि ध्यान केन्द्रीत गर्नुपर्छ भन्ने ठान्नु भएको छैन ?

          हामीले हाम्रो शैक्षिक संस्थाबाट पहिलो र दोश्रो सेमेस्टर अध्ययन पुरा गरेका सफलता हाँसिल गरेका विद्यार्थीहरुको लागि विभिन्न आइटी कम्पनी, विभिन्न संघ संस्था होटलहरुसँग समन्वय गरी पार्ट टाइम काम गर्ने वातावरण तयार गरेका छौँ । विहान ७ बजेदेखि १२ बजे सम्म पढ्ने अरु टाइम काम गर्ने अवस्थाको सृजना गरेका छौँ ।

          कक्षा १२ उतीर्ण गरेका विद्यार्थीहरुलाई के सुझाब दिन चाहनुहुन्छ ?

          काभ्रे जिल्ला राजधानीबाट ३० किमी नजिक जिल्ला सदरमुकाममा पर्छ । हाम्रो संकल्प कलेज गुणस्तरीय व्यवहारीक शिक्षा दिनका लागि परेको छ । यहाँ नीजि क्षेत्रबाट सञ्चालित कलेज, सामुदायिक क्याम्पस भौतिक पूर्वाधारको हिसावले सम्पन्नता र अनुभवी दक्ष शिक्षकहरुबाट अध्यापन गरिएको छ नै भन्ने कु्रा शैक्षिक विकासबाट भएको उपलब्धीबाट जानकारी लिन सकिन्छ । विद्यार्थीहरुले कक्षा १२ मा आफूले प्राप्त गरेको न्एब् आफ्नो अध्ययन गर्न सक्ने क्षमता, आर्थिक अवस्था सबैलाई नियालेर काभ्रेमा स्थापीत कलेजहरु भ्रमण गर्ने आफ्नो अभिभावक सहित कलेज भ्रमण गर्ने, आफ्नो रुचि केमा छ विज्ञान, व्यवस्थापन, मानविकी संकायमा दक्षता हाँसिल गर्न सकिन्छ । त्यस्तै प्राविधिक व्यवहारीक ज्ञान हाँसिल गरी विश्व बजारमा विक्ने सृजनशील सिप सहितको ज्ञान हाँसिल गर्नुपर्छ । स्वदेश र विदेश दुबैमा रोजगारीको अवसर प्राप्त गर्ने प्राविधिक विषय छनौट गरी अध्ययन गरौँ पछि नपछुताऔँ । प्राविधिक दक्षता हाँसिल गरे पछि विषय विज्ञता हाँसिल गरे सँगै सम्बन्धित क्षेत्रमा रोजगारी प्राप्त गरी जीवनलाई समृद्ध बनाउन सकिन्छ । हाम्रो संकल्प कलेजमा द्यज्ः र द्यक्ष्ः अध्ययन गर्ने अवसर छ । कलेज भ्रमणको लागि आह्वान गर्न चाहन्छु । शैक्षिक वातावरण विद्यार्थीहरुको चौतर्फी विकास गर्न हाम्रो क्याम्पस व्यवस्थापन टिम, दिग्गज अनुभवी शैक्षिक टिम, व्यवहारीक ज्ञान सिपको विकास सहितको शिक्षा प्रदान गर्न हामी तयार छौँ । हाम्रो कलेजमा अध्ययन गर्न आग्रह गर्दछु । प्रविधि मैत्री कक्षा कोठा स्मार्ट बोर्ड प्रयोगमा ल्याइ विद्यार्थीहरुलाई गराउँदै आएका छौं । हामीकोमा राम्रो खेल मैदान छ । भलिवल, बाँस्केटबल, व्याडमिण्टन खेलबाट शारिरीक व्यायम देखि जीवनलाई उर्जाशिल बनाउन अतिरिक्त क्रियाकलाप गर्ने अवसर हामीकोमा छ भन्ने चाहन्छु ।

प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्