IMG-LOGO

न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरेका छौं

 मंगल, असार २६, २०८१  रामप्रसाद तिमल्सिना प्रिन्सिपल, एबिएम स्कुल, बनेपा

     विगत २५ वर्ष देखि निरन्तर शिक्षण सेवामा लाग्नुभएका रामप्रसाद तिमल्सिनाले मिडिया इन्स्टिच्युड सञ्चालन गरी विद्यार्थीहरुको लागि ट्युसन र ल्याङ्ग्वेज कक्षा सञ्चालनबाट सेवा सुरु गर्नुभयो । २०६० सालमा एविएम स्थापना गरी शिक्षा क्षेत्रमा लगानी गरी परिवार सहित शिक्षा क्षेत्रलाई कर्म थलो बनाउनुएको छ ।

     बाल केन्द्रित शिक्षण सिकाई प्लेगु्रप देखि माध्यामिक तह कक्षा ११ र १२ सम्म अध्ययन गर्ने अवसर रहेको छ । कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायको पढाई हुने यस विद्यालयमा २०८० सलको एसईई परीक्षामा सतप्रतिसत विद्यार्थी उत्तीर्ण गर्न सफल भएको छ । समग्रमा भन्नुपर्दा संस्थागत र सामुदायिक विद्यालयहरुको २०८० को एसईई परीक्षाको नतिजा प्रकाशनमा ४८ प्रतिशत मात्र विद्यार्थी कक्षा ११ मा अध्ययन गर्न योग्य भएका छन् । सामुदायिकमा सरकारले र संस्थागतमा लगानीकर्ताले शिक्षा क्षेत्रमा गरेको लगानी प्रतिफलको अवस्थालाई हेर्दा निराशजनक भयो । कसरी शैक्षिक अवस्था सुधार गर्न सम्भव छ भन्ने सवालमा एविएम स्कुलका प्रिन्सिपल रामप्रसाद तिमल्सिनासँग रेडियो एवीसीमा गरिएकोे कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

     एविएम स्कुलको शैक्षिक स्तरीयतालाई कुन रुपमा नियाल्न सकिन्छ ? एसईई परीक्षाको नतिजाको नतिजा पछि भर्ना अभियान कसरी सञ्चालन भईरहेको छ ?

२०६० सालमा स्थापित हाम्रो स्कुल बाल केन्द्रित शिक्षण सिकाई प्रदान गर्दै २१ औं वर्षमा प्रवेश गरेको छ । अभिभावक र विद्यार्थीहरुको चाहानालाई परिपूर्ति गर्ने अभियान हाम्रो जारी छ । सूचना प्रविधिको युग समय सापेक्षा वर्तमान परिपेक्षलाई आत्मसात गर्दै विज्ञान संकाय, जीवन उपयोगी, व्यवस्थापकिय कार्यलाई थप मजबुद बनाउन, व्यवस्थापन संकाय, समाजिक रुपान्तरण, सामाजिक विकासका लागि मानविकी संकाय, देशको स्वतन्त्रता समानता, शान्ति, अयन चयन विकास र समृद्धिको यात्राको गन्तव्यमा पु¥याउने हेतुले कानुन संकायको अध्ययन गर्ने अवसर प्रदान गरेका छौं । अभिभावक वर्गको लगानी गर्ने क्षमता, विद्यार्थीहरुको अध्ययन गर्ने क्षमता, शिक्षक वर्गको तालिम अनुभव दक्षताको अवस्थालाई नियालेर विज्ञान, व्यवस्थापन, कानुन र मानवीकी संकायको पढाई हुन्छ । हिजोको दिन सम्म कक्षा ११ मा अध्ययनका लागि १ सय ५० जना विद्यार्थीहरु भर्ना भएका छन् ।

     अभिभावक र विद्यार्थीहरुको रोजाई एविएम स्कुल हुनुपर्ने कारण ?

हाम्रो स्कुलमा अभिभावक र विद्यार्थीहरुको आवस्यकता, चाहाना र औचित्यको आधारमा यातायातको व्यवस्था, जीवन उपयोगी शिक्षा ग्रहण गर्ने वातावरण, पढेका विषयवस्तुलाई व्यवहारमा उर्तान निरन्तर अभ्यास, सिकाईलाई सुक्ष्म बनाउने ढङ्गको विश्लेषण गरेर विद्यार्थीहरुको सिकाई ग्रहण गर्ने क्षमता अनुसार शिक्षक वर्गले सोहि अनुसार शिक्षण सिकाई गर्ने, सूचना प्रविधिको उच्चतम प्रयोग गरी राष्ट्रिय र अन्तराष्ट्रिय बजारमा बिक्ने शिक्षा हामीले प्रदान गरेका छौं । विद्यार्थीहरको चौतर्फी विकास, सृजनात्मक शिक्षा प्रदान गर्ने शैक्षिक थलोको विकास गरेका छौं ।

     वर्षभरी अध्ययन पुरा गरेको विद्यार्थी परीक्षामा अनुत्तिर्ण भई माथिल्लो कक्षामा अध्ययन गर्न अयोग्य भयो, शिक्षक, अभिभावक र विद्यार्थी को बढी जिम्मेवार हुन्छ ? कमजोरी कस्को ठान्नुहुन्छ ?

पाठ्यक्रमको विकास अनुसार राज्यको नीति नियम बमोजीम शैक्षिक संस्थामा विद्यार्थीले अध्ययन पुरा गरेपछि विद्यार्थीकोे सिकाई उपलब्धी हाँसिल गरेर सफलता प्राप्त गर्नु पर्ने हो । अन्तराष्ट्रिय गे्रडिङ (न्एब्) प्रणली नेपालमा पनि लागू गरेको हो । विद्यार्थीहरुले आफूले सिकेको विषयवस्तुलाई व्यवहारमा उतार्न सक्नु महत्वपूर्ण कार्य हो । एउटा कक्षामा ४० जना विद्यार्थीहरु मध्ये सबै उत्तिकै तेज तिव्र भएका हुन्छन् भन्ने छैन । कुनै विद्यार्थी अङ्गे्रजीमा र विज्ञान विषयमा बढी जान्ने हुन सक्छ । कोही नेपाली र समाजिक विषयमा बढी जान्ने हुन सक्छ । हरेक व्यक्तिमा आ आफ्नै  खालको रुची प्रतिभा र क्षमता हुन्छ । उक्त क्षमतालाई चिनेर सो व्यक्ति विद्यार्थीको लागि शिक्षकले शिक्षण सिकाई गर्न सक्नुपर्छ । शिक्षा प्रदान गर्ने सवालमा शिक्षक बढी जिम्मेवार ५० प्रतिशत जिम्मेवार, अभिभावक, विद्यार्थी दुवै बराबरी जिम्मेवारी भई कार्य ग।ेमा सफलता हाँसिल हुन्छ । जस्तै ३ देखि ५ वर्ष, ७ देखि १४ वर्ष उमेरका  र १४ देखि २१ वर्षका व्यक्तिहरुको, बालक युवा दुवैको क्षमता चिनेर अध्यापन गराउनुपर्छ ।

     संस्थागत विद्यालयका प्रमुख चुनौती के छन् ?

माध्यामिक तहसम्मको शिक्षाको विकास, स्तरीयता कायम गर्ने, नियमन गर्ने निकाय स्थानीय तहको सरकार छ । सरकारको सामुदायिक र संस्थागत विद्यालयहरुलाई शैक्षिक गुणस्तिरीयता वृद्धिमा खेलेको भूमिकाको आधारमा प्रोत्साहित गर्ने परम्पराको विकास भएको पाइँृदैन । राम्रो गर्नेलाई पुरस्कृत गर्ने र नराम्रो गर्नेलाई दण्ड गर्ने अवस्था सृजना गर्नुप¥यो । संस्थागत विद्यालयहरुले शैक्षिक विकासमा, असल, समाज निर्माणमा खेलेको भूमिकालाई देख्नु, शिक्षा क्षेत्रमा गरेको लगानी, पुँजीको सुरक्षित गर्ने वातावरण छैन । सहकारी र बैंकबाट ऋण लिएर शिक्षा क्षेत्रमा लगानी गरेर प्राइमरी तहमा प्रति विद्यालयले १० जना माध्यामिक तहसम्म १२ देखि १५ जनालाई रोजगारी दिएको विषयलाई मुल्यङ्कन गरिदैन । अधिक कमायो भन्ने किसिमबाट हेरिनु उचित हैन । सामुदायिक विद्यालयमा सरकारको लगानी राम्रो छ । सोहि अनुसार शिक्षामा उपलब्धी प्राप्त गरेको छैन । संस्थागत विद्यालयहरुमा अध्ययन गरी सफतला हाँसिल गरेका विद्यार्थीहरु नै बेसी अब्बल छन् । संस्थागत विद्यालयका शिक्षकहरुलाई स्थानीय सरकारले समय सापेक्ष तालिम र विद्यार्थीहरुको खेलकुद क्षेत्रको विकासमा सहयोग गरेमा शैक्षिक उन्नती हुन्छ ।

     संस्थागत विद्यालयका सञ्चालकहरु मनग्य कमाउने अनि शिक्षण सिकाई गर्ने शिक्षकहरु कर्मचारीहरुलाई उचित पारिश्रमिक दिईँदैन भन्ने आरोप लगाउने गरेको छ । हाम्रोमा त्यस्तो थप सुविधा दिएको छ त ?

आफ्नो श्रम, सिप , घरखेत बन्दकी राखेर शिक्षामा लगानी गरेर शैक्षिक  संस्था सञ्चालन गरेको हुन्छ । त्यसको लेखा जोखा नगर्ने ? लगानी गरेअनुसार मनग्य कमाई छैन । वर्तमान अवस्थामा घरपरिवारलाई हाँसो र खुसी साथ जीउने, अध्ययन अध्यापन गराउने कार्य भएको छ । राज्यले निर्धाणर गरेको वर्गीकरण अनुसार शुल्क लिएर अध्यापन गराएका छौं । काम गर्ने शिक्षक र कर्मचारीलाई श्रम ऐनले तोकेअनुसार तलब हामीले दिएका छौं । हाम्रो विद्यालयमा अध्यापन गराउने शिक्षक र कर्मचारीका विद्यार्थीलाई निःशुल्क शिक्षा विगत लामो समय सम्म कार्य गर्ने शिक्षक कर्मचारीहरुलाई १० प्रतिशत कोष स्थापना गरी बचत गर्ने गरेको छ ।

     अन्त्यमा केहि भन्नुहुन्छ की ? अभिभावक र विद्यार्थीलाई के सुझाव दिनुहुन्छ ?

न्यूतम शुल्कमा स्तरीय शिक्षा प्रदान गर्नु हाम्रो मुल उद्धेश्य हो । शिक्षको उदयमान क्षेत्रको  विकास गर्न नै निरन्तर हाम्रो व्यवस्थापन टिम, शिक्षक र कर्मचारी वर्ग, मिहेनतका साथ लाग्नुभएको छ । विद्यार्थीहरुको शैक्षिक विकासमा स्तरीयता कायम गर्न हामी लागेका छौं । अभिभावक वर्गको पनि विश्वास भएकै कारणले हामीले २१ औं वर्ष प्रवेश गरिसकेका छौं । भक्तपुर, सिन्धुपाल्चोक, काभे्रका १३ पालिकाका विद्यार्थीहरु हाम्रो विद्यालयमा विद्यार्थीहरु अध्ययन गर्न आउनुभएको छ । यातायाको व्यवस्था, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरेका छौं । शैक्षिक सत्र २०८१को लागि कक्षा ११ मा भर्ना अभियान सूचारु छ । विद्यालयको शैक्षिक वातावरण हेरेर विद्यालय छनोट गर्न अनुरोध गर्दछु । अभिभावक र विद्यार्थीले आफ्नो स्तर आफ्नो पढ्ने क्षमता अनुसार विषय छनोट गर्न सुझाव दिन्छु ।

प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यापाने

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्