२०५१ साल देखि शिक्षण सेवामा लाग्नु भएकी निशा मानन्धर २०७८ चैत्र देखि चैतन्य माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुभएको छ । सामुदायिक विद्यालयमा सरकारको लगानी प¥याप्त लगानी गरेको हुँदाहँदै पनि शैक्षिक अवस्था सुधार्न नसक्नु, २०८० सालको एसईई परीक्षाको नतिजालाई नियाल्दा समग्र शैक्षिक अवस्था निराशाजनक छ भन्ने कुरा ४८ प्रतिशत मात्र विद्यार्थी उत्र्तीण भएको राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको नतिजाबाट प्रस्ट हुन्छ । सोही सन्दर्भलाई जोड्दै चैतन्य माविमा अध्ययन गरी यस वर्षको एसईई परीक्षामा ३१ जना सहभागी भएको मध्ये १६ जनाले सफलता हाँसिल गरेका छन् भने प्रतिशतमा ५१ दशमलव ६१ प्रतिशत उत्र्तिण भएका छन् । सामुदायिक विद्यालयको शैक्षिक स्तरीयता कायम हुन शिक्षक वर्ग, अभिभावक वर्ग र विद्यार्थीहरु उत्तीकै जिम्मेवारी छ । सबैले आ–आप्mनो जिम्मेवारी, दायित्व कर्तव्य निर्वाह गर्नुपर्छ राज्यका तत्तत निकायले हरेक माध्यमिक विद्यालयमा विषयगत शिक्षक दरवन्दी पुरा गरेको खण्डमा शैक्षिक सुधार सम्भव छ भन्ने तर्क गर्नुहुन्छ प्रअ मानन्धर । सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्न अब के गर्नु पर्ला भन्ने सन्दर्भमा चैतन्य मा.वि बनेपाको प्रधानाध्यपक निशा मानन्धरसँग रेडियो एवीसी ८९.८ मेगाहर्जमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
आज भोलि के कार्यमा व्यस्त हुनुहुन्छ ?
विगत ३१ वर्षदेखि शिक्षण सेवामा लागेको व्यक्ति विद्यालयको शैक्षिक अवस्थामा थप सुधार ल्याउने सवालमा व्यस्त छु । भरखरै एसईई परीक्षा २०८०को नतिजा सार्वजनिक भएको छ । चैतन्य मा.विमा कक्षा ११मा व्यवस्थापन संकाययमा भर्ना धमाधम खुलेको छ । हाम्रो शिक्षक टिम नै सक्रिय भएर विद्यार्थीलाई विद्यालयमा भर्नाहुने वातावरण निर्माण तिर लागेका छौं ।
राष्ट्रिय परिक्षा बोर्डले एसईईको परीक्षा २०८० को नतिजा सार्वजनिक गरेकोमा आधा भन्दा वेसी ५२ प्रतिशत अनुत्तिर्ण हुनु भनेको सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्केको निक्कै खस्केको छ नी ?
सामुदायिक द्यिालयको शैक्षिक गुणस्तर खस्कनुमा धेरै कारण छन् । एसईई परीक्षाको नतिजामा आधा भन्दा बढी अनुत्तिर्ण हुनु कदापी राम्रो होईन । एस्ईईमा सहभागी ४ लाख ६४ हजार ६ सय ६५ विद्यार्थी मध्ये २ लाख २२ हजार ४ सय ७२ जना माात्र कक्षा ११ मा अध्ययन गर्न योग्य ठहरिएका छन् । २ लाख ४२ हजार ३ सय १३ विद्यार्थी “नन गे्रडेड” (एनजी) अर्थात ५२ प्रतिशत अनुत्तिर्ण भएका छन् । दुई विषयमा नन् गे्रडेड १ लाख १५ हजार ८ सय ३४ विद्यार्थीले भने गे्रड वृद्धि परीक्षामा सफल भई गे्रड वृद्धि गर्न सकेमा मात्र कक्षा ११ मा अध्ययन गर्ने अवसर प्राप्त गर्नेछन् । राष्ट्रिय परिक्षा बोर्डले लेटर गे्रडिङ निर्देशिका २०७८ अनुसार आधा भन्दा बेसी सफलता हाँसिल गर्न सकेनन् । प्रत्येक विषयमा १.६ जिपीए भन्दा कम ल्याउने विद्यार्थी नन गे्रडेडमा परेका छन् । कारण के हो भन्दा प्रत्येक विषयमा सैद्धान्तिक र प्रयोगात्मक तर्पmको प्राप्ताङ्क न्यूनतम ३५ प्रतिशत ल्याउनु पर्ने मापदण्ड कायम ग¥यो । यस अघि सैदान्तिक र प्रयोगात्मक गरी ३५ प्रतिशत अंक ल्याए उत्तीर्ण हुने व्यवस्था थियो । विद्यालयमा लेटर गे्रडिङ पद्धति २०७२ मा सुरु भएको हो । चैतन्य माविको हकमा यस वर्षको एसईईमा ३१ जनाले सहभागिता जनाएका मध्ये १६ जना उत्तीर्ण भए । आगामी १ महिना पछि हुने परीक्षामा सबैले परीक्षा दिन पाउनेछन् । परीक्षा बोर्डले सबै विषयमा अनुत्तीर्ण भएकाहरुले समेत परीक्षा दिन पाउने व्यवस्था गरेको छ ।
विगतमा स्थानीयहरुको चासो र सकारात्मक चिन्तन हुनु, बालबालिकाहरु सामुदायिक विद्यालयमा अध्यापन गराउन रुचाउने अवस्था थियो । अहिले त्यसको ठिक विपरीत अधिकांस विद्यार्थीहरु संस्थागत विद्यालयमा पढ्न पठाउनुको कारण पत्ता लगाई अघि बढ्न ढिला भएन र ?
नेपाल सरकारले माध्यमिक तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क शिक्षाको महत्वहिन ठानेर देखासेखीको भरमा अधिक शुल्क लिने संस्थागत विद्यालयमा संस्थागत विद्यालयमा अध्यापन गराउनेको भिड बढ्दै गयो । सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरु लोक सेवा पास गरेका, दक्ष अनुभवी तालिम प्राप्त हुन्छन् । विद्यार्थीहरुलाई संस्कार सहितको समाजिकरणमा समेत समाहित हुने वातावरण तयार गरी अध्यापन गराइएको हुन्छ । अंगे्रजी विषयमा राम्रो दख्खलका लागि मात्रै संस्थागत विद्यालयमा दगुर्नु पर्ने अवस्था छैन । अधिक शुल्क तिरेर शुल्क तिरेपछि त्यसको महत्व बढ्ने अभिभावकले आफ्ना बाबुनानीहरुको शैक्षिक अभिभावकले आफ्ना बाबुनानीहरुको शैक्षिक क्रियाकलापमा चासो राख्ने, दैनिक गृहकार्य गरेको नगरेको हेर्ने तर सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरु निम्न आयस्तर भएका कम्जोर वर्गका छोराछोरी अध्ययन गर्ने थलोको रुपमा हेर्न थालियो, त्यहि अनुसार समाज अघि बढिरहेको देखिन्छ । यसलाई हाम्रो समाजले नियनल्नु प¥यो । केन्द्र, प्रदेश र स्थानीय सरकारले पनि विद्यालयको शैक्षिक स्तर वृद्धि गर्न पढ्दै गर्दैको नीति अघि सारेर सिप सहित व्यवहारिक ज्ञान दिने प्रबन्ध गर्न जरुरी छ । शिक्षक वर्गले पनि निक्कै मिहेनत गर्नुपर्ने छ । १० देखि ४ बजे सम्म समय बिताउने मात्र हैन विद्यार्थी वर्गको मनोभावना बुझेर अध्यापन गराउनुप¥यो ।
अभिभावकले पनि विद्यालयमा बालबालिका पठाइ दिएर मात्रै भएन शैक्षिक सामाग्रीको बन्दोबस्त गरिदिने विद्यार्थी नियमित विद्यालय गएको नगएको अवस्था देखि सबै याद गर्नुपर्छ ।
तपाई प्रधानाध्यापक भएपछि शैक्षिक सुधर भएका ५ कार्य के के छन् ?
व्यवस्थित लाईबे्ररीको व्यस्था, शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउन प्रविधिको विकासलाई आत्मसात गरी बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा आइसीटीको प्रयोग गरी प्रोजेक्टरबाट कक्षा सञ्चालन, रोटरी क्लब अफ काभे्र बनेपाको सहयोगमा विद्यालयको हाता भित्र पानीको धारा जडान गरी शुद्ध पिउने पानी उपलब्ध गर्ने कार्य गरीयो । कक्षा कोठा थप व्यवस्थित गरिएको छ । विद्यालय हाता भित्र ढुङ्गा विछ्याइएको छ । कक्षा कोठामा वाल फाइनको व्यवस्था छ । विज्ञान ल्यावमा थप प्रबन्ध गरिएको छ । अभिभावकसँग शैक्षिक सुधारको लागि अन्तरक्रिया गरिएको छ । माध्यमिक तहको शिक्षा स्थानीय सरकारको प्रत्यक्ष निगरानीमा रहने हुँदा शैक्षिक स्तरीय विकासमा केहि मात्र सहयोग प्राप्त भएको छ । शिक्षामा सरकारले लगानी बढाउनुपर्छ अनुगमनको दायरा अघि बढाउनुपर्ने छ ।
शैक्षिक स्तरवृद्धि गर्न विद्यालयका लागि आवश्यक सामाग्री शैक्षिक क्षेत्रको समस्या ?
भौतिक पूर्वाधार तर्फ दुईवटा भवन छन् । पुरानो र नयाँ भवन भएपनि पनि पुगेको छैन । ४ कोठाको भवन आवश्यक छ । विगतका डेक्स बेन्च पुरानो भएर बस्न अयोग्य भईकेको छ । विद्यार्थीलाई बस्न असहज भएको छ, स्थानीय सरकाले शैक्षिक स्तर वृद्धिका लागि भौतिक पूर्वाधार निर्माण र आवस्यकताका आधारमा डेक्स बेन्चका लागि बजेट उपलब्ध गराउनु पर्छ । विषयगत शिक्षकहरुको आवश्यक छ । दरबन्दी फुलफिल छैन । माध्यामिक दरबन्दी थपिदिनुपर्छ । प्रदेश सरकारले स्कुल बसको व्यवस्था गरिदिए शैक्षिक गुणस्तर वृद्धिममा मद्धत पुग्छ ।
अन्त्यमा विद्यार्थी र अभिभावक वर्गलाई के भन्न चाहानुहुन्छ ?
अङगे्रजी माध्यामबाट पढाउँदैमा मात्रै संस्थागत विद्यालय राम्रो हुने हैन । हामीले कम्जोर भएका विद्यार्थीहरको लागि अतिरिक्त कक्षा लिएर अध्यपन गराएका छौं । त्यसले विद्यार्थीको शैक्षिक अवस्थामा सुधार ल्याएको छ । हाम्रो विद्यालयमा अध्ययन सफलता गरेका विद्यार्थीहरु सरकारी निकाय, उच्चपदस्त कर्मचारी, संघसंस्थामा नेतृत्व गरी कार्य सम्पादन गरेका छन् । गत वर्ष मात्र कक्षा १२ संगित मैनाली सर्वोकृष्ट हुन सफल भएकी छिन् । जिल्ला स्थित खेलकुदमा समेत विद्यार्थीहरुले सफलता हाँसिल गरेका छन् । नयाँ भर्ना खुलिसकेको छ । विद्यालयको शैक्षिक अवस्था बुझेर आप्mना सन्ततीलाई अध्ययापन गराउन अनुरोध गर्न चाहान्छु ।
प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने