IMG-LOGO

व्यवसायीहरुको सारथीको रुपमा वाणिज्यसंघलाई स्थापीत गर्नेछु

 मंगल, जेठ १५, २०८१  राजन मानन्धर काभे्र उद्योग वाणिज्य संघ, अध्यक्षको प्रत्यासी

     बनेपा नगरपालिका वडा नं ८ पिता दानबहादुर मानन्धर तथा माता विष्णुदेवी मानन्धरका छोरा राजन मानन्धरको जन्म २०२१ सालमा भएको हो । काभे्र उद्योग वाणिज्य संघमा विगत ३० वर्षदेखि लाग्नुभएका राजन दुईपटक उपाध्यक्ष समेत हुनुभई हाल विशिष्ट आमन्त्रीत सदस्यको रुपमा रहेर जिम्मेवारी सम्हाल्नु भएको छ  । मानन्धर कुलमा जन्मनुभएका राजन सालिन स्वभावका व्यवसायीका रुपमा परिचित हुनुहुन्छ । आगामी जेष्ठ १९ गते हुने काभे्र उद्योग वाणिज्य संघको ४२ औं साधारण सभा तथा अधिवेशनमा अध्यक्षको प्रत्यासीको घोषणा गर्नुभएका राजन मानन्धरसँग उद्योग वाणिज्य संघलाई गतिशिल ढङ्गबाट अघि बढाउने नयाँ योजना व्यवसायीहरुको हक हितमा कार्य गर्ने दृढ संकल्प केके छन् भन्ने सन्दर्भमा रेडियो एवीसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

     आगामी जेठ १९ गते हुने काभे्र उद्योग वाणिज्य महासंघको ४२ औं साधारण सभामा अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभयो संघलाई गतिशिल ढङ्गबाट अघि बढाउने योजना के छन् ?

विगत ३० वर्ष देखि काभे्र उद्योग वाणिज्य महासंघमा आवद्ध भएँ । २७ वर्षदेखि निरन्तर घरेलु उद्योग, साना तथा मझौला व्यापार व्यवसायमा लाग्नेहरुका व्यवसायिक हितमा कार्य गर्दै आएँ । सानै उमेर देखि तेल पेलेर व्यवसाय गर्दै खाद्य सामाग्री, हार्डवयेर पसल, र वाईनको समेत उद्योग सञ्चालन गर्दै आएको छु । व्यवसायीहरुको समस्यालाई मसिनो ढङ्गबाट बुझ्न सकेको छु । नियम कानुनको अधिनमा रहेर स्वच्छ ढङ्गबाट व्यापार व्यवसाय गरी गुणस्तर युक्त वस्तुको विक्रि गरी नाफा आर्जन गरी राज्यलाई कर बुझाउने गर्नु व्यवसायीहरुको दायित्व हो । त्यसको लागि म निरन्तर लाग्छु । काभे्र जिल्ला अपार सम्भावना भएको जिल्ला हो । कृषि उपजको उत्पादन, यसको बजारीकरण, दुग्धजन्य पदार्थको उत्पादन, पोल्ट्री व्यवसाय सबैको सम्भावना रहेको छ । यसलाई व्यवसायिक तवरबाट उत्पादित बस्तुहरुलाई उद्योगसँग जोडि रोजगारीको सृजनाको लागि सहजीकरण र सुरक्षाको प्रत्याभूती प्रदान गर्ने सवालमा संघ, सरकार, प्रदेश, स्थानीय सरकार र केन्द्रिय उद्योग वाणिज्य महासंघ संघ सँग  समन्वयकारी भूमिका निर्वाह गर्न मेरो उमेदवारी हो । उत्पादनमा आत्मनिर्भर नभई अर्थतन्त्र बलियो हुन सक्दैन । ग्रामीण अर्थतन्त्र मजवुद बनाउन उत्पादनलाई उद्योगसँग जोड्नु पर्छ । काभे्रका हरेक पालिकाहरुले आ आफ्नो क्षेत्रका सम्भावनालाई नियालेर उत्पादनलाई उद्योसँग जोड्ने उद्यममैत्री कानुन निर्माण गर्न आवस्यक रहेको छ । युवा उद्यमी व्यवसायीहरुलार्य प्रोत्साहित गर्न,  विदेश पलायन रोक्न, लगानीको उचित वातावरण तयार गर्न स्थानीय सरकारलाई झकझकाउने कार्य गर्नु आवश्यक छ । हाम्रो उद्योग वाणिज्य संघको टिम त्यसमा लाग्छ । कर प्रणाली, कानुनका सन्दर्भमा व्यवसायीहरुलाई सचेतनाको आवश्यक छ । सो को विषयमा निरन्तर साको जानकारी गराउन पर्छ त्यो हामी गराउँछौं ।

     तपाईँ जित्ने आधार के छन् ?

विगत ४० वर्ष देखि साना तथा घरेलु व्यवसाय सञ्चालन गर्दै आएको उद्यमी व्यवसायी हँु । सुरुमा तेल पेलेर व्यवसाय, खाद्य सामाग्री र डिबि हार्डवयेर समेत सञ्चालन गरी २५ जनालार्य रोजगारी दिन सकेको छु । काभे्रमा जहाँ जहाँ घरेलु तथा साना उद्योग सञ्चालन गर्न सकिने सम्भावना छ । उक्त क्षेत्रमा उद्योग स्थापना गर्न पे्ररित गर्न स्थानीय सरकार प्रदेश सरकारलाई वजेट विनियोजन गन मेरो नेतृत्वको टिम सशक्त भई लाग्नेछ भन्ने विस्वास दिलाउन चाहान्छु । उद्योगी, व्यवसायी, व्यापारी, सबैको सत विस्वासले मलाई काभे्र उद्योग वाणिज्य संघमा दुईपटक उपाध्यक्ष, विसिष्ट आमन्त्रीत सदस्य भएर कार्य गर्ने अवसर दिनु भयो । मैले मेरो योज्ञता दक्षताले भ्याए सम्म व्यवसायीहरुको व्यापारिक हितमा कार्य गर्दै आएँ । संघका विगतका सबै नेतृत्वलाई समेत सघाउँदै आएको व्यवसायी हुँ । अब मलाई नेतृत्वमा जाने सहज वातावरण तय गरिदिनु हुन्छ भन्ने विस्वास लिएको छु । खुद्रा तथा होलसेल व्यवसायीहरुको समस्यालाई सामाधान गर्न मेरो ध्यान केन्द्रित हुनेछ ।

     बनेपा नगर भित्र अरनिको राजमार्ग भित्र होलसेल व्यापार व्यवसाय गर्न निक्कै समस्या छ । यातायातका साधनको अव्यवस्थित पार्किङ छ । निर्माण समाग्री, खाद्य समाग्री लोड अनलोडको समस्या छ । खोइ त अहिलेसम्म उद्योग वाणिज्य संघले सहजिकरण गरेको ?

यहाँले उठाउनुभएको होलसेल व्यवसायीहरुको समस्या निक्कै गम्भीर छ । यस अघिको राजेन्द्र पसछेंको नेतृत्वमा यस विषयमा छलफल भएको हो । समस्याको सामाधानको मार्ग पहिल्याउन पहल कदमी गरियो । उपलब्धी हाँसिल हुन सकेको छैन । मेरो नेतृत्वमा आएको टिमले यो समस्यालाई सामाधान गर्ने पहिलो योजना हुनेछ । योजना यहि हुनेछ जुन मेरो सोच छ । कलीमाटी, कलेश्वर बजारलाई जुन किसिमबाट व्यवस्थित गरिएको छ । त्यहि अनुसार हाम्रो काभे्रको बनेपा, धुलिखेल, पनौती, पाँचखाल मण्डनदेउपुर, नमोबुद्ध, लगाएतका बजार क्षत्रमा होलसेल व्यवसायलाई व्यापार व्यवसाय गर्न सहजता प्रदान र्ग लाग्नेछु । त्यसै गरी साना तथा घरेलु उद्योग, उद्यमी, सबै व्यवसायीहरुको वृहत्तर हितमा मेरो ध्यान केन्द्रित हुने छ ।

     नेतृत्वमा जाने कर्मकाण्डी  कार्य गर्ने, आर्थिक मन्दी, अधिक घर भडाले व्यवसाय गर्नै नसक्ने हुँदा समेत उद्योग वाणिज्य संघ मुकदर्शक बन्यो, व्यवसायीहरुको आरोप छ नी यसलाई के भन्नुहुन्छ ?

विश्वमा नै आर्थिक मन्दी छ । हाम्रो जस्तो सानो मुलुक उत्पादनमा आत्मनिर्भर छैन । अपर्याप्त अर्थतन्त्र छ । राजनीतिक अस्थीरता, राज्यले उद्यमी व्यवसायी कानुन बनाउन, लगानीको सुरक्षा गर्ने वातावरण तय नगर्दा समस्या छ । आगामी दिनमा यस्तो नहोला भन्न चाहान्छु । उद्योगी व्यवसायीहरुका लागि सहुलियत व्याजदरमा ऋण, नोक्सान भएमा कर छुटको व्यवस्था गर्ने, केन्द्रिय उद्योग वाणिज्य महासंघ केन्द्र, प्रदेश, र स्थानीय सरकारलाई त्यस खालको वातावरण तय गर्न हामी लाग्ने छौं । राजेन्द्र पसछेंको नेतृत्वमा मात्र हैन यस अघिको सबै नेतृत्वमा बसेर कार्य गर्दै आएको छु । २ वर्षको अन्तरालमा पनि कफी खेती, लप्सी खेती, दुग्ध जन्य पदार्थ उत्पादन, घरेलु तथा साना उद्योलाई स्थायित्व दिन, महिलन सशक्तिकरण, कपाल काट्ने तालिम, राष्ट्रिय कर प्रणाली, नयाँँ नियमका सन्दर्भमा व्यवसायीहरुलाई जानकारी दिने कार्य गरेको छ । जहाँसम्म् घरभाडा अधिक, व्यवसायी धराप भन्ने सवालमा उद्योग वाणिज्य संघ मात्र नभई राज्यका तीनै तहका सरकारहरुले उद्यम व्यवसायको स्थायित्वमा सहयोग गर्नु पर्छ । हाम्रो व्यवसायीहरुको साझा संघ व्यापारी, व्यवसायी, उपभोक्ता सबैको हितलाई मध्यनजर गर्दै हातेमालो गरी अघि बढ्न चाहान्छु ।

     अन्त्यमा केहि भन्नु छ की ?

उद्यमी, व्यवसायी, व्यापारीहरु सबैले आफ्नो मतको सहि प्रयोग गर्नुहुने छ । म आफू नेतृत्वमा दावी गरेको छु । व्यवसायीहरु सबैले मेरो क्रियाकलाप नियाल्नुभएको छ । नेतृत्वमा विजयी गराउन मद्धत गर्नुहोस । यहाँहरुले आजका दिनसम्म जुन खालको विस्वास प्राप्त गर्नुभएको छ मलाई कार्य गर्ने हौशला भएको छ । नेतृत्वमा पुग्ने अवसर दिनुहोस यहाँहरुले दिएको जिम्मेवारी म पुरा गर्ने छु ।

प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्