प्रधानाध्यापक, पुण्य माध्यमिक विद्यालय, पनौती
३३ वर्ष निरन्तर शिक्षण पेशामा लाग्नु भएकी सरस्वती कणेलले माध्यमिक तहसम्मको अध्ययन इन्दे्रश्वर मा. वि. पनौतीमा गर्नुभयो । २०३९ सालमा एस.एल.सि उत्तीर्ण गर्नुभई शिक्षण सेवामा २०४८ सालदेखि लाग्नु भयो । २०५१ सालमा स्थायी हुनुभएको सरस्वती कणेल २०५३ देखि पुण्य माविमा अध्यापन गराउँदै आउनुभएको र २०७३ साल वैशाख २ गते देखि पनौती भेगको सामुदायिक विद्यालयको पहिलो प्रधानाध्यापकको रुपमा पुण्य मा.वि पनौतीमा जिम्मेवारी सम्हालेर शिक्षण सेवा गर्दै आउनुभएको छ । हक्की स्वभावकी सरस्वती कणेलले शिक्षा संकायमा मास्टर डिग्री गर्नुभएको छ । शिक्षक अभिभावक संघ, अभिभावक र शिक्षक वर्गको सामुहिक एकता, क्रियाशिलता भए सँगै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि गर्न सकिने तर्क गर्नुहुन्छ । हाम्रो विद्यालयमा सामुहिक एकताको प्रयासबाट विद्यालयको शैक्षिक स्तरमा वृद्धि गर्न सकिएको बताउनुहुन्छ प्रधानाध्यापक कणेल । पनौती नगरमा सामुदायिक विद्यालय ३४ वटा र संस्थागत विद्यालय २२ वटा सञ्चालनमा छन् । शैक्षिक सत्र २०८१ मा कक्षा ८ मा पनौत िनगर भित्रका विद्यालयले ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण गर्न सफल भएको छ । महिला शिक्षक समाजकी अध्यक्ष समेत रहनुभएकी पुण्य माविकी प्रधानाध्यापक कणेलसँग विद्यालयको समग्र शैक्षिक अवस्था, भावी योजनाको बारेमा रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
पुण्यवती मावि पनौतीको शैक्षिक अवस्थाको बारेमा बताईदिनुहोस् न ?
म आफु प्रधानाध्यापक हुनु पूर्व हाम्रो विद्यालयमा माध्यामिक तहसम्म एक सय विद्यार्थीहरु अध्ययनरत थिए । म २०७६ वैशाख २ गते देखि प्र.अको जिम्मेवारी प्राप्त भएदेखि विद्यार्थीहरुको सङ्ख्यात्मक वृद्धिगर्न तिर ध्यान केन्द्रित गरें । स्थानीय, लब्ध प्रतिष्ठित, बुद्धिजीवी, सामाजिक संघ संस्था, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक वर्गहरुको साथ र सहयोगबाट २ सय ३३ विद्यार्थी पु¥याउन सफल भयौं । नयाँ शैक्षिक सत्र २०८१ मा अरु २ सय ५० विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयले वाल केन्द्रित शिक्षण सिकाई देखि सृजनात्मक शिक्षा प्रदान गरेको छ ।
प्रधानाध्यापकको जिम्मेवारी प्राप्त गर्दा कस्तो अनुभूति गर्नुभयो ?
प्रमुख जिम्मेवारी प्राप्त गर्नु भनेको चुनौती र अवसर दुवै हो भन्ने म ठान्दछु । पनौती नगर भित्रका १२ वटा माध्यामिक तहका विद्यालयहरु मध्येमा म पहिलो प्र.अ हुन पाउँदा गर्वको महशुस गरें । २०७६ मा जिम्मेवारी सम्हाल्दाका वखत कोभिड १९ प्रकोपले मानवीय स्वास्थ्यमा आर्थिक, सामाजिक र शैक्षिक अवस्थालाई नराम्ररी विगारेको थियो । यो बेला विद्यालयको शैक्षिक अवस्थामा निक्कै नकारात्मक प्रभाव पा¥यो । सबै शिक्षक टिमको साथमा स्थानीय समाजिक संघ संस्था बुद्धिजिवीहरु सबैलाई आग्रह अनुरोध गर्दा विद्यालयको शैक्षिक अवस्थालाई सुधार ल्याउन सबैको सहयोग रह्यो । लायन्स क्लव अफ बुरुण्डी, आपसका लागि समाज, प्रयास नेपाल, पास चिल्ड्रेन होम, सिवन पसथली, रोटरी क्लब अफ धुलिखेल काभे्र र लायन्स क्लव अफ भक्तपुरले समेत शैक्षिक अवस्थामा सुधार ल्याउन सहयोग पु¥याउनुभयो । स्थानीय, बुद्धिजिवी, शिक्षा पे्रमीहरुले गरिव तथा जेहन्दार विद्यालय पोशाक र शैक्षिक सामाग्रीप्रदान गर्नुभयो । सँगै विद्यालयको शैक्षिक प्रगतिमा सबैको सहयोग पाउँदा काम गर्न हौसला मिलेको छ ।
विद्यालयको शैक्षिक सुधारमा गरेका प्रयासहरु बारे बताइदिनुस न ?
स्मार्ट बोर्डको प्रयोग गरी प्रविधी मैत्री शिक्षण सिकाईको थालनी, शिशु कक्षा देखि ३ कक्षा सम्म स्मार्ट टिभिको प्रबन्ध । गणित, विज्ञान र कम्प्युटर ल्याब , उचित लाइबे्ररीको व्यवस्था, विद्यार्थीहरुको लागि शुद्ध पिउने पानीको व्यवस्था साथै चिसो र तातो पिउने पानीको व्यवस्था, इसिडी नयाँ सिकाइ विधिको प्रारम्भ, कक्षा ९ र १० का विद्यार्थीलाई स्मार्ट बोर्डको प्रयोगबाट शिक्षण सिकाई गरिएको छ । शैक्षिक सुधारका लागि अभिभावकसँग अन्तरक्रिया, हाजिरी उपस्थितिको सूचना बोर्डमा उल्येख गर्ने, कम्जोर विद्यार्थीहरुका लागि अतिरिक्त कक्षा सञ्चालन गरि शिक्षण सिकाइमा प्रभावकारीता ल्याउने कार्य गरिएको छ । गत वर्षको एस.ईई परीक्षमा समेत सतप्रतिशत विद्यार्थी उत्तिर्ण गर्न सफल भइएको छ । त्रैमासिक परीक्षको व्यवस्था गरिएको छ ।
शैक्षिक क्षेत्रको विकासको लागि स्थानीय सरकारले कस्तो खालको सहयोग प्राप्त गरेको छ ?
पनौती नगरपालिकाले शिक्षक दरबन्दी मिलान गर्दा ढिलै भएपनि स्थायी शिक्षक दरवन्दी मिलान दिएको छ । विद्यालयको शिक्षको विकासमा थोरै भनेपनि सहयोग उपलब्ध गराएको छ । पनौती नगरपालिका वडा नं ७ का अध्यक्ष संविन ताम्राकारले गत वर्ष ५ लाख र यस आर्थिक वर्ष तीन लाख बजेट उपलब्ध गराएर विद्यालयको शैक्षिक उपलब्धी प्राप्तको लागि सहयोग गर्नुभएको छ । कक्षा १ देखि ५ सम्मका लागि खाजाको प्रबन्ध गरिएको छ । स्थानीय सरकारले बक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुको लागि पनि खाजा खाने प्रबन्ध गरिदिए राम्रो हुन्छ भन्न चाहान्छु ।
सामुदायिक विद्यालयका अधिकांश शिक्षकहरु अल्छी छन्, सरकारी सेवा उपभोग गरेर आप्mना छोराछोरी संस्थागत विद्यालयमा पढाउने गरेका छन् यो त आफैं भित्र अविस्वास गर्ने अनि धोका भएन र ?
राम्रो शिक्षा दिक्षा कहाँ र कसरी गराउने भन्ने मानवको नैसरर्गीक अधिकार हुन्छ । त्यस अनुसार सामुदायि र संस्थागत दुवैमा जहाँ पढाएपनि हुन्छ भन्ने लाग्छ । त्यसो त शिक्षकहरुलाई मात्र किन राज्यको सेवा सुविधा भोग गर्ने कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु प¥यो ? उच्च पदस्त कर्मचारीका छोराछोरी विदेश पढाउन हुने शिक्षकलाई मात्र पेल्न भएन नी ? शिक्षक र कर्मचारी दुवैका छोराछोरी सामुदायिक विद्यालयमा पढाउने कार्य गरौं । त्यस्तो निति निर्माण गरी कार्यन्वयन गर्न राज्यलाई कस्ले छेक्छ र ?
केन्द्र, प्रदेश र स्थानीय सरकारको शिक्षा क्षेत्रमा गरिने लगानी कस्तो हुनुपर्छ भन्ने ठान्नुहुन्छ ?
रोजगारी सृजना गर्ने, गरिखाने शिक्षामा राज्यले लगानी गर्नुप¥यो । उद्यमसिलताको विकास गरी राज्यले रोजगारी वढाउनुपर्छ । युवा जनशक्ति विदेश जानबाट रोक्नुपर्छ । पढ्दै गर्दै गर्ने प्रवन्ध गर्न ढिला भैसक्यो । प्राविधिक दक्ष जनशक्ति उत्पादन गरी सो जनशक्ति देशैमा उपयोग गर्ने अवस्था हुनुपर्छ । विगतका वर्षमा कुल बजेटको १२ प्रतिशत शिक्षामा लगानी गरिएको छ । कम्तीमा कुल बजेटको २० प्रतिशत बजेट शिक्षामा लगानी गर्नु प¥यो । प्रदेश सरकारले माध्यामिक विद्यालय सञ्चालन गर्ने सबै विद्यालयमा बसको व्यवस्था, राम्रो कार्य गर्ने शिक्षकहरुलाई पुरस्कृत र गलत गर्नेलाई दण्डित गर्ने व्यवस्था हुनप¥यो । । स्थानीय सरकारले माध्यामिक तहको शिक्षा प्रदान गर्ने विद्यालयहरुको अनुगमन गर्नुप¥यो । प्रा.वि र माध्यामिक विद्यालयको आवश्यकताको आधारमा शैक्षिक विकासका लागी वार्षिक बजेट उपलब्ध गराउनु आवश्यक छ ।
अन्त्यमा केहि भन्नु हुन्छ की ?
अभिभावकहरुले आफ्ना बालबालिकाहरुको शिक्षण सिकाईको अवस्था के कस्तो छ बुझ्ने, बेला बेलामा विद्यालय आउने, त्यसैगरी आफ्ना बालबालिकाहरुको लागि घरमा नियमित गृहकार्य ग¥यो कि गरेन त्यसको हेरचाह गर्ने गर्नुप¥यो । वर्षमा एकपटक मात्र विद्यालय गएर मेरो छोराछोरीको पढाई राम्रो भयो भएन भन्ने हैन । समयसमयमा शैक्षिक क्रियाकलापको आवस्था नियालेर अघि बढ्न अनुरोध गर्दछु । हाम्रो पुण्य मा.विका शिक्षक वर्ग सबैको मिहेनत र सक्रियता, निरन्तरता, व्यवस्थापन टिम, शिक्षा पे्रमी सबैको सतप्रयास राम्रो रहेको छ । आगामी दिनमा थप सहयोगको अपेक्षा राख्दछु । म आफैं पनि राष्ट्रिय शिक्षा पुरस्कार २०७६ र पनौती जेसीजबाट समेत आफू सम्मानित हुन पाउँदा काम गर्न थप उर्जा मिलेको छ । त्यस्तै स्थानीय सरकारले आ आफ्नो स्थानीय तहमा राम्रो शिक्षण सिकाई गर्ने शिक्षकहरुलाई प्रोत्साहित गरेको खण्डमा शिक्षा क्षेत्रमा थप सुधार हुने अपेक्षा गर्न सकिन्छ भन्न चाहान्छु ।