IMG-LOGO

मुटुको सुरक्षा गरे हुन्छ जीवनको रक्षा

 मंगल, चैत ६, २०८०  – डा. प्रकाश राज रेग्मी बरिष्ठ मुटु रोग विशेषज्ञ

 

        २०४२ सालमा युक्रेनबाट मुटुरोगको विशेषज्ञता हाँसिल गर्नुभएका डा. प्रकाश राज रेग्मीले सयौं मुटुरोगीहरुको ज्यान जोगाउनुभएको छ । लामो कद, हाँसिलो चेहराका डा. रेग्मी मुटुरोगीहरुको सारथी बन्दै आउनुभएको छ । सामाजिक सेवा भावले ओतपोत हुनुभएका रेग्मी सामाजिक अभियानता हुनुहुन्छ । देशकै सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालमा २०७६ साल सम्म मुटुरोग विभाग प्रमुख भएर कार्य गर्नुभयो । २५ वर्ष अघि देखि बनेपाको हार्ट फाउन्डेशनमा काभे्र जिल्ला लगायत आसपासका जिल्लाका मुटुरोगीहरुको उपचारमा सहयोग पु¥याउनुभएको छ । हाल विगत ४ वर्षदेखि नेपाल हार्ट क्लिनिक धोविघाट पाटनमा सेवा सञ्चालन गर्नुभएको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानका पूर्व अध्यक्ष भई जिम्मेवारी सम्हाल्नुभएको छ । उहाँ सँग मुटुको राम्रो हेरचाह कसरी गर्ने, मुटुको सुरक्षा जीवनको रक्षा कसरी गर्न सकिन्छ, मुटु रोग लाग्न नदिन के गर्नु पर्छ भन्ने सवालमा मुटुरोग विशेषज्ञ डा. रेग्मीको साथमा रेडियो एबिसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

        आजभोलि के कार्यमा व्यस्त हुनुहुन्छ ?

नेपाल हार्ट क्लिनिक सञ्चालन गरिरहेको छु । मुटुरोग लाग्न नदिने अभियान मुटु जोगाउ अभियानको थालनी गर्ने कार्य भएको छ । स्वस्थ्य शरीरको लागि योगाध्यान गर्न जरुरी छ । तन्दुरुस्ती जीवन जीउन सकारात्मक सोच्ने , आफू हाँस्ने अरुलाई हँसाएर राम्रो कार्य गर्ने अरुलाई प्रोत्साहन दिनु पर्छ मेरो जीवन यसैगरी वितेको छ ।

        मुटुरोग कस्तो खालको रोग हो ? यसलाई कसरी जोगाउन सकिन्छ ?

पे्रम, भावना र आनन्दको प्रतिकको रुपमा लिईने मुटु भएको मानव तथा जनावरमा स्वाचालित र शक्तिसाली मांसपेशीले बनेको रगत पम्प गरी शरिरको कोष कोष सम्म पु¥याउन मद्धत पु¥याउने महत्वपूर्ण अंग हो । शरिरलाई स्वस्थ्य राख्न नियमित व्यायाम अथवा दैनिक १ घण्टा हिड्ने गर्नु पर्दछ । जसले गर्दा रक्तचापलाई नियन्त्रणमा राख्छ । छिटोछिटो स्वाँस्वाँ हुनेगरी र हलुका पसीना आउनेगरी हिडडुल गर्नु उपयुक्त हुन्छ । स्वस्थ्य आहारको सेवनले जसमा खाना, फलफुल, सागसब्जी, सलाद, आदीको प्रयोग बढी गर्नुपर्छ । चिल्लो, नुनिलो, गुलियो, खानाको प्रयोग ५ देखि १० मिमि अफ मर्करी सम्म रक्तचाप घट्न सक्छ । मोटोपन घटाउने, मदिरा र चुरोट सेवनमा रोक, मानसिक तनावमा कमी गरेको खण्डमा मुटुलाई जोगाउन सकिन्छ । मुटुको सुरक्षा जीवनको रक्षा हुन सक्छ ।

        उच्च रक्तचापको औषधीको विकल्प के हुन सक्छ ?

उच्च रक्तचापमा औषधीको प्रयोग हरेक व्यक्तिलाई सहजै स्वीकार्य हुन सक्दैन । औषधीको साइड इफेक्टको डर, निरन्तर प्रयोग गर्ने झनझट, आर्थिक भार, अरुले के भन्ला भनेर परि आदि प्रमुख कारण मानिन्छ । ३ महिना देखि ६ महिना सम्म जीवन शैलिमा सुधार ल्याए उच्च रक्तचाप नियन्त्रणमा ल्याउन सकिन्छ । दैनिक आधि देखि एक घण्टा हिँडडुल गर्नु, स्वास्थ्य आहारको सेवन, फलफुल सागसब्जी सलाद आदीको प्रयोग बढी गर्ने, कार्बोहाईडे्रड भएका भात, नुनिलो, अमिलो, पिरो, खानाको प्रयोग कम गर्ने, मदिरा, मादक पदार्थ, चुरोट सेवनमा रोक, मोटोपन घटाउने, रक्तचाप हुँदा रक्सी सेवन गरे उच्च रक्तचाप मष्तिस्कघात, बे्रन हेम्रेज हुन सक्दछ । त्यसैगरी मानसिक तनाबकमा कमि ल्याउन सक्नुपर्छ । अहिले ४० वर्ष मुनिका रक्तचाप अचानक बढ्न थालेको छ । स्वभाव, काम गर्ने शैलीमा परिवर्तन ल्याउन सक्नुपर्छ । 

        ट्राईग्लीसेराइड (त्न्) नियन्त्रण गर्न कसरी सम्भव छ ?

सैचुरेटेड फ्याट र ट्रान्स फ्याटको प्रयोगलाई न्यून गर्नुपर्छ । जंक फुडलाई कम गर्ने, मासु, दुध, कम खाने, सागसब्जी बढी खाने, भात कम खाने, तेल कम खाने, अण्डाको पहेंलो भागले कोलेस्ट्रोल बढाउँछ । उच्च कोलेस्ट्रोल भएकाले पहेंलो भाग खानु हुँदैन । अण्डाको सेतो भाग जति खाएपनि हुन्छ । कुखुराको मासु कम खाने, रातो मासु नखाने, जंकफुड नखाने, मिठाई, गुलियो खाना कम खाने, चिया कफि कम खाने, मदिरा सेवन नगर्ने, मदिरा सेवनले कोलेस्ट्रोल बढाउँछ र जीउलाई मोटोमा परिणत गर्छ ।

        स्वस्थ्य रहन, मुटुलाई बचाउन के सन्देश दिन चाहानुहुन्छ ?

नियमित व्याम गरौं, सकारात्मक सोचौं, जीवनलाई सुखमय बनाऔं, सत्कर्म गरौं, जीवन अमुल्य छ  बााँचन्जेल समाजको लागि केहि न केहि गरौं । फलफुलको सेवन बढी गरौं । मेवामा भिटामि ए, वि, सी र पोटासियम पाईन्छ यसको सेवनले उच्च रक्तचापलाई नियन्त्रण गर्न  फाइदा पुग्छ । मेवा मधुमेहका रोगील समेत खान मिल्छ । स्याउ खानाले मधुमेह स्नायु रोगहरु क्यानसर रोगको खतरा पनि कम हुन्छ । मुटुमा रगत जम्नबाट रोक्छ । रोग निरोधक क्षमतालाई बढाउँछ ।

प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्