IMG-LOGO

खेलकुद क्षेत्रको स्तरीय विकस गरी जिल्ला र राष्ट्रको नाम उच्च राख्ने हाम्रो अभियान

 मंगल, असोज ३०, २०८०  नरेशराज कायस्थ संयोजक, मार्शल आर्ट, बनेपा महोत्सव २०८०

     बनेपा–५ पिता सूर्यराज कायस्थ ÷माता रुकमणी कायस्थको छोरा नरेशराज कायस्थ २०४५ सालदेखि सितेरीयो कराँतेमा संलगन भई खेलकुद क्षेत्रमा प्रवेश गर्नुभएको हो । काभे्र तेक्वान्डो एकेडेमीका उपाध्यक्ष, काभे्र इलेक्ट्रोनिक्समा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । बनेपा ब्वाईज क्लवको कोषाध्यक्ष हुनुहुन्छ र हाल २०८० असोज १९ देखि कात्र्तिक ४ सम्म सञ्चालन हुने बनेपा महोत्सवको व्यवस्थापकीय प्रबन्ध, खेलकुद क्षेत्रकै मार्शल आर्ट प्रतियोगिताको बारेमा बनेपा महोत्सव २०८० मार्शल आर्ट संयोजक नरेशराज कायस्थ सँग गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

     आजकल के कार्यमा व्यस्त हुनुहुन्छ ?

विगत ३ वर्षदेखि तेक्वान्दो खेलको विकास सितेरीयो कराँते खेलबाट जिल्लाको पहिचान बनाउँदै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा भएको प्रतियोगितामा काभे्रका खेलाडीहरुलाई सहभागी गराएर कराँतेमा उत्कृष्टता हाँसिल गराउने अभियानमा हाम्रो काभे्र कराँते नेतृत्व सहित हामी लागी परेका छौं । विगत दुई हप्ता देखि बनेपा ब्वाइज क्लव (टिम विविसी)को आयोजनामा बनेपामा २०८० असोज १९ गतेदेखि महोत्सव भइरहेको छ । त्ससमा म क्लवको कोषाध्यक्षको हैसियतले कार्यक्रममा मार्शल आर्टको संयोजकको जिम्मेवारी प्राप्त भएकले उक्त भूमिकामा रहेर खेलकुद क्षेत्रको विकासलाई सहयोग पुग्ने गरी आफ्नो कला र सिपको प्रयोग गरी काभे्र जिल्लामा खेल पे्रमीहरुलाई बढीभन्दा बढी सहभागी गराएर कार्यक्रमलाई सफल बनाउने अभियानमा जुटेको छु ।

     बनेपा महोत्सवले काभे्रली नागरिकहरुलाई के दिन सकेको छ भनेर बुझ्ने ?

“कला, संस्कृतिको जगेर्ना, खेलकुद क्षेत्रको विकास स्तरवृति, काभे्र जिल्लाका राष्ट्रिय स्तरका कलाहरुको प्रतिभालाई उजागर गर्ने कार्यमा सहयोग पुगेको छ । भलिबल, फुटबल, नृत्य प्रतियोगिता, रेस्लीङ, कराँते प्रतियोगिता, गरी खेलकुद क्षेत्रको गुणस्तरीय विकास गर्न एकतावद्ध भएको छ । “राष्ट्रको लागि खेलकुद र स्वास्थ्यको लागि खेलकुद” भन्ने नारालाई बनेपा ब्वाईज क्लबको टिमले शसक्त ढङ्गबाट अगाडी बढाउने योजनाका साथ कार्य अगाडी बढाएको छ । सस्तो बजार, कृषि जन्य उपजको बजारीकरण, व्यापार व्यवसायको प्रवर्धन, जुनियर भलिबल, जुनियर फुटबल, प्रतियोगिता गरेर खेलकुद विकासमा समेत उल्लेखनीय प्रगतिको बाटोमा अघि बढेको छ । ”

     तपाईं बनेपा ब्वाइज क्लबको कोषाध्यक्ष हुनुहुन्छ । महोत्सवको सञ्चालनको लागि आर्थिक जोहो कसरी गर्नुभएको छ ?

 महोत्सवको आम्दानीको श्रोत भनेको स्टल विक्रीको भाडा, टिकट शुल्क नै हो । १ सय ३० वटा स्टल छन् । त्यसैगरी टिकट शुल्क रु ७०, विद्यार्थी सहुलियत शुल्क रु ५० , जेष्ठ नागरिक र असाहय बालबालिकाहरुलाई निःशुल्क गरिएको छ । उक्त कारोबारबाट खर्च गरी १० लाख जति आम्दानी बचत गर्न सकिन्छ भन्ने लाग्छ ।

     महोत्सवबाट बचेको रकम के गर्ने सोच बनाएको छ ?

बनेपा महोत्सव चौंथा संस्करण गरिएको हो यस अघि बचत भएको रकम नै  खेलकुद क्षेत्रको स्तरीय विकासमा खर्च गरिएको छ । आगामी दिनमा टिम विविसीले खेलकुद क्षेत्रको गुणस्तरीय विकास गर्न क्षमतावान फुटबल खेलाडी निर्माण गरि काभे्र जिल्ला बनेपा र राष्ट्रिय रुपमानै नाम राख्ने गरि योजनावद्ध ढङ्गबाट हामी अघि बढेका छौं । जिल्ला स्तरीय र अन्तर जिल्ला फुटबल प्रतियोगितामा टिम बिबिसीले भाग लिई कार्य गर्दै आएको छ । 

     बनेपा महोत्सव २०८० को मार्सल आर्ट प्रतियोगिताको संयोजक हुनुहुन्छ कार्यक्रमको योजना कासरी अघि बढाउनुभएको छ ?

काभे्र जिल्लाव्यापी आइ.टि एफ तेक्वान्डो प्रतियोगिता २०८०, जिल्लाभरीबाट ८ वटा डोजाङले भाग लिने छन् । प्रत्येक डोजाङबाट २५ देखि ३० जना प्रतियोगिहरुको सहभागिता हुने छ । त्यसमा रेफ्री १५ जना रहनेछन् । काठमाडौं र भक्तपरुबाट पनि रेफ्री आउनेछन् । स्वंसेवीहरु १० देखि १५ जनासम्म हुनेछन् भने १५ देखि ६० केजी तौलको ९ वटा समूहमा विभाजन गरेर खेलाइने छ । उक्त तेक्वान्डो प्रतियोगीता असोज ३० गते र कात्र्तिक १ गते हुने छ ।

     काभे्र कराँते एकेडेमीको उपाध्यक्ष हुनुहुन्छ अहिलेसम्म जिल्लाले के कार्य गर्नसक्यो ?

२०७९ साल हेटौंडामा  भएको प्रदेश  स्तरीय प्रतियोगीतामा नशेरराज कायस्थ प्रशिक्षक भएर गएँ र पदकको आधारमा काभे्र दोश्रो हुन सफल भयो । त्यसैगरी रामेछापमा भएको नेक्सल प्रतियोगितामा पदकको आधारमा तेश्रो भयो । २०८० सालमा हेटौंडामा भएको प्रदेश स्तरीय प्रतियोगीतामा पदकको आधारमा पहिलो हुन सफल भयो । २०८० सालमा ऐसियन प्रतियोगितामा भारतको हैदरावादमा भएको खेलमा नेपालकै नाम राख्न सफल भयो ।

     अन्त्यमा केहि  भन्नुहुन्छ की ?

खेलकुद क्षेत्रको विकासबाट जिल्ला र देशकै नाम राख्ने हाम्रो उद्देश्य होे र “राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद” भन्ने नारालाई व्यवहारमै लागु गर्न हाम्रो काभे्र आइटीएफ तेक्वान्डो एकेडेमीको नेतृत्व सहितको टोली सशक्त रुपमै लागेको छ भन्न चाहन्छु ।

प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्