IMG-LOGO

जनप्रतिनिधि र कर्मचारीको समन्वयमा मात्र विकास र समृद्धि

 मंगल, सावन १३, २०७७  रमेश प्रसाद न्यौपाने

कोभिड १९ प्रकोपले विश्व अर्थतन्त्रलाई नै चुनौती दिएको छ । नेपालमा त झन असर नपर्ने कुरै भएन । देशको अर्थतन्त्रलाई सहि दिशा निर्देशन गर्न सरकारले मौद्रिक नितिले एक खालको आशा जगाएको छ । ग्रामीण अर्थतन्त्रलाई माथि उकास्ने उत्पादन र उद्योगसँग जोड्ने गरी केन्द्र, प्रदेश र स्थानीय सरकारहरुले नीति कार्यक्रम बजेट ल्याउने कार्य भएको छ । संवैधानिक व्यवस्था अनुरुप पाँचखाल नगरपालिकाले निर्धारित समयमै ९९ करोड ३३ लाखको बजेट सार्वजनिकरण गरेको छ । पाँचखाल नगर कृषि शहरको रुपमा विकसितभएकोनगरपालिकाहो।किसानहरुको मुख्य आय स्रोत नै कृषि र पशुपालन व्यवसाय हो । व्यापार व्यवसाय दोश्रोमा मात्र पर्छ । कृषि उत्पादनलाई व्यवसायिकरण गर्न कृषकहरुलाई प्रोत्साहित गरी उत्पादनमा वृद्धि ल्याउन वैज्ञानिक खेती प्रणाली अवलम्बन गर्न कृषकहरुलाई उन्नत जातको बिउ विजन प्रदान गरिएको छ । व्यवसायिक पशुपालन चक्लाबन्दीमा खेती गर्ने, भुमि बैंकको स्थापना, एक घर एक धारा जडान गरी नगरबासीलाई गुणस्तरीय पिउने पानी उपलब्ध गराउन सुनकोशी खानेपानी आयोजना सम्झौता भएको छ अब निरन्तर कार्य अघि बढ्छ । खानेपानीको अति समस्या भएको क्षेत्रमा भुमि मुनिबाट डिपबोरिङ गरेर जनतालाई पानी उपभोग गर्न दिइएको छ । नगरभित्रका सबै सडक सञ्जाल पीच गर्ने योजना अघि सारिएको छ । कृषकहरुले उत्पादनगरेकाकृषि उपज दुग्ध जन्य पदार्थ बजारसम्म १२ महिना सहज ढंगबाट यातायात सञ्चालन गरि  पुर्याउन सकोस भनेर त्यही अनुसारबजेट विनियोजनगरिएको छ । एक वडा एक पिच सडक अवधारणा अघि सारेर कार्य अघि बढेको छ । १३ वटै वडामा स्वास्थ्य सेवाको पहँुच पुर्याउन स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । पूर्वाधार विकास, प्रशासनीक भवन निर्माण, स्वास्थ्यको लागिभवननिर्माण,वडाकार्यालयहरुको भवन निर्माण कार्यलाई निरन्तरता दिइएको छ । पाँचखाल नगरभित्रका संस्थागत तथा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धिको लागि आवश्यक कदम चालिएको छ । सामुदायिकविद्यालयहरुगाभ्नुपर्नेगाभिएको छ । दरबन्दी अपुग भएको विद्यालयमा दरबन्दी मिलान गरिएको छ । कृषि विश्व विद्यालय, मदन भण्डारी विश्व विद्यालय निर्माण हुने तयारी अघि बढेको छ । महिलाहरुको सिप विकास गरी आय आर्जनसँग जोड्न महिला हरितग्राम निर्माण कार्य अघि बढेको छ । विदेशबाट स्वदेश फर्केका युवाहरुलाई रोजगार प्रदान गर्न सिप र पूजीको प्रयोग गर्न प्रेरित गरिएको छ । युवा वर्गलाई राष्ट्रप्रति जिम्मेवार बनाउन कुलतबाट जोगाउन समाज प्रति जवाफदेहि बनाउन जागरुकता ल्याउने कार्यक्रम गरिएको छ । महिला स्वारेजगार कार्यक्रम लागु गर्न प्रत्येक वडालाई दुई दुई लाख बजेट विनियोजन गरिएको छ । युवा वर्ग महिला बालबालिका, जेष्ठ नागरिक सबैकोलागिसुन्तुलनमिलाउर बजेट विनियोजन गरिएको छ । गत आर्थिक वर्षमा ५२ प्रतिशत पूंजीगत खर्च गरियो । ४ सय योजना छनौट भएकोमा ३ सय योजनाहरु सम्पन्न भए । ४८ प्रतिशत सञ्चालन खर्च भएको छ ।  
वार्षिक ३ करोड आन्तरिक श्रोत छ । आगामी वर्ष सत प्रतिशत आयश्रोत बढाउन राजश्व समिती निर्माण गरेका छौ । आगामी वर्ष पनि भौतिक पूर्वाधारको विकास, कृषि पशुपालन व्यवसाय स्वास्थ्यको पहुँच सबैमा पुर्याउन जनप्रतिनिधिहरुको समन्वयात्मक भूमिकाखेलेर नया संघीय व्यवस्थालाई सफल बनाउन सबै मिल्नुपर्छ । जनताहरुलाई बढी भन्दा बढी सेवा सुविधा छिटो छरितो सेवा प्रदान गर्नुपर्छ । सबैको सहकार्यबाट विकास समृद्धि सम्भव छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्