IMG-LOGO

सबैको ध्यान संसदमा

 मंगल, फागुन १८, २०७७  ---

   प्रतिनिधि सभाको पुणर्स्थापनापछि सबैको ध्यान संसदमा छ । प्रधानमन्त्री खड्गप्रसाद ओलीले गत पुस ५ गते प्रतिनिधि सभाको बिघटन गर्ने सिफारिस राष्टपतिले कार्यान्यन गरेपछि मुलुकमा ६६ दिन अनिश्चय र अस्थिरतामा बितेका  थिए  । सत्ताधारी दल नेकपा ओली र दाहाल ( न्नेपाल समुहमा विभाजित भएर ओली पक्ष चुनाव गराउने र प्रचण्ड ( माधाव पक्ष प्रतिनिधि सभाको पुनस्र्थापनाका पक्षमा लागेका थिए  । प्रम ओलीको कदम असंबैधानिक त छदै थियो उनि निरंकुशताको बाटोमा हिडेका थिए । फागुन ११ गते सर्बोच्चको फैशालाले प्रधानमन्त्री र राष्टपतिको कदमलाई असम्बैधानिक भन्दै प्रतिनिधि सभाको पुस्र्थापना मात्र गरेन मितिनै तोकेर १३ दिन भित्र संसद बोलाउन प्रधानमन्त्री , राष्टपति सभामुखका नाममा परमादेश जारी गर्यो । सर्बोच्चको फैसला पछि प्रधानमत्री ओलीले राजिनामा दिन्छन भन्ने  आम नागरिकमा जुन अनुमान थियो त्यो असत्य भएको छ । सडकमा आन्दोलन गरिरहेका प्रचण्ड ( माधव समुह अव संसदमा लड्न पुगेका छन् । अबको छिनोफानो सबै संसदले गर्ने भएको छ । प्रधानमन्त्री खड्गप्रसाद ओलीले सजिल्यै राजिनामा दिनेवाला छैनन्  । संबिधानमा नै नभएको प्रतिनिधि सभाको बिगथान गर्ने प्रधानमन्त्रीको असंबैधानिक कदमलाइ सर्बोच्चले बदर गर्ने फैसला पछि प्रधानमन्त्री  माथि   नैतिकताको प्रश्न उठाउन  पनि नमिल्ने भएको छ  किनभने प्रधानमन्त्री नै नैतिक भए पो । इज्जतवालालाई पो बेइजतको डर बिजतिलाई इज्जतको के डर । ओलीको हठले राजनीतिमा आदर्श , नैतिक मूल्य मान्यताले सरम मानिरहेको हुनुपर्छ । भोली  संसदले के निणर्य गर्ला त्यो आफ्ना ठाउमा छ तर प्रधानमन्त्री ओलीमा अलिकता नैतिकताअलिकता नैतिकता भएको भए राजनीतिले अर्को कोर्ष लिन्थ्यो   । अहिले राजनीति पुस ५ को अघिल्लो दिनमा फर्किएको छ झन् जटिल भएर । प्रधानमन्त्री ओलीको व्यक्तित्व दिनप्रतिदिन खस्किदै गएको छ । प्रम ओलीको  खस्कदो साख संगै ओलीका पछि लाग्ने ब्यक्तिगतहरुको राजतीति नै दाउमा परेको छ । भोली संसदले ओलीलाई प्रधानमन्त्रीबाट बेइज्जत पुर्वक निकालेको खण्डमा ओली समुहको राजनीति के हुन्छ ? समय अझै छ ओली नजिकका सल्लाकार , नेता कार्यकर्ताले  सम्मानजनक बहिर्गमन गराएको खण्डमा नेकपाको भबिष्य पनि रहन सक्न्ने आशा गर्न सकिन्छ । तर प्रधानमन्त्रीको चरित्र त्यो देखिन्न ।     हाम्रा प्रधानमन्त्री खड्गप्रसाद ओलीमा सामन्तवादी सोच छ । अरुलाई अपमान गर्ने, ग्रिराउने, अराजनीतिक शब्दले गाली गर्ने र छुच्चो स्वभावका ओली ठ्याक्कै सामन्तवादी मानसिकता र स्वाभाव भएका मान्छे हुन्  । सामन्त टुट्न सक्छन तर झुक्कं सक्दैनन । राजा विरेन्द्र र ज्ञानेन्द्र भन्दा पनि खड्गप्रसाद ओली खतरनाक छन् । उनि आफ्नै पार्टी नेकपासंग मिलेका र झुकेका भए अहिलको परिस्थिती आउँदैन थियो । सर्वोच्चले उनको कदमलाई बदर गर्नु पर्दैन थियो । हाम्रा पहिलेका राजाहरु सास्कृतिक सामन्तवादका थिए । उनीहरुलाई जनताको भन्दापनि आफ्नो बंशले शासन गर्नुपर्छ, राजतन्त्रको  निरन्तरताको चिन्ता र धर्मको डर हुन्थ्यो । यी जैविक सामन्तवादका नायक ओली झन् निर्लज्ज र खतरनाक भएर आएका छन्  । ओलीमा शालीनता , शिष्टता ,भद्रता,  अनुशासन ,संयमता र नैतिकता खोज्नु हामी नेपाली जनताको मुर्खता हो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्