IMG-LOGO

लोकतन्त्रमाथि ‘कु’

 मंगल, पौष ७, २०७७  ---

लोकतान्त्रिक शासन व्यवस्थाको प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति बिद्या भण्डारी मिलेर चीरहरण गरेका छन् । यो २०१७ साल पुस १ गते राजा महेन्द्रले प्रजातन्त्रलाई अपहरण गरे भन्दा पनि २०७७ पुस ५ को कदम झन् डरलाग्दो छ । २०१७ पुस १ को राजा महेन्द्रको कदमले देश ५० बर्ष पछि परेको थियो ओली बिद्याको कदमले सय बर्ष पछाडि पर्ने निश्चित छ । तर पनि  देशमा सर्वोच्च अदालत बाँकी छ हेरौं त्यसको निणर्य भोलिका दिनमा कस्तो आउँछ । पक्कै पनि प्रधानमन्त्री र राष्ट्रपतिको विरुद्ध सर्वोच्च अदालतमा  रिट परेको छ त्यो रिटलाई २०५१ सालका तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको मध्यावधि चुनाव गर्ने निणर्यलाइ सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायले झै उल्टाई दिए भने यो देशमा लोकतन्त्र बच्ला नत्र फेरि प्रतिगमन यात्रामा देश गयो ।      आज बिक्रम सम्बत २०७७ भए पनि देश राजनीतिक रूपमा २०५१ मा पुगेको छ । महिना पनि उहि पुस छ । मौसम चिसो भए पनि राजनीतिक अवस्था अत्यन्तै गरम र तरल छ । हिजो राजा महेन्द्रको कदमले २००७ सालमा ल्याएको प्रजातन्त्र २०१७ पुस १ गते गयो । अहिले ओली बिद्या कदमले सवाल लोकतन्त्र रहने हो की होइन भन्ने कुरा छ । पुरानो  पार्टी नेपाली काङ्ग्रेसले कम्युनिस्ट आए पछि स्वच्छन्द र अधिनायकवाद आउँछ अनि त्यो बेला  रुन पनि पाइदैन भनेको प्रमाणित भएको छ । नेकपाको बिबादले लोकतन्त्रको चीरहरण मात्र भएको छैन  पछिल्ला दिनमा राजावादीको प्रदर्शन र प्रधानमन्त्री अनि राष्ट्रपतिको पछिल्लो हर्कतले धेरै  कुराको संकेत गरेको छ । यो बेला सत्ताधारी नेकपा भित्रको ओली इतरपक्ष र नेपाली काङ्ग्रेस एकजुट भएर वर्तमान अवस्थाको सामना गर्नु गम्भीर चुनौती हो । सर्वत्ररूपमा यो संविधान २०७२ को विरुद्ध छ । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र जनता समाजवादी दलले खुलेर ओली बिद्याको कदमलाई बिरोध गरेका छन् ।     अहिले मध्यावदी चुनाव आवस्यक छैन  । नेकपालाइ ५ बर्ष चलाउन बामगठबन्धनलाई जनताले मत दिएका हुन् । यो मतको ओली र बिद्याले ठाडो अपमान मात्र गरेका छैनन् । हस्तिनापुरको भारी राजसभामा द्रौपदीको चीरहरण गरे जस्तै नेपाली जनताले बलिदान पूर्वक ल्याएको गणतन्त्रलाई सिध्याउने खेल भएको छ । हुन त संसद विघटन हुनै पथ्र्यो भयो  सिफारिसकर्ता ओली प्रमाणीकरण गर्ने बिद्या राम्रो भयो। प्रधानमन्त्रीको यो अधिकारलाई कुण्ठित गर्न पाइन्न । राष्ट्रपति प्रधानमन्त्रको खल्तीको जस्तो सजिलै प्रमाणित । कम्युनिस्टलाई यो लोकतान्त्रिक शासन  बोकाको मुखमा कुभिन्डो जस्तै थियो त्यसमा पनि ओलीको राज  । यो लोकतन्त्रको के माया ?अचम्म त झन्डै तीन वर्ष कसरी अडियो भन्ने लाग्छ वामपन्थीहरूलाई बहुमत कसरी फापोस ? भैँसी उत्तानो पर्यो भने अत्तालिएर मर्छ किनभने भैँसीले आकास देखेकै हुँदैन । त्यत्रो आकासले थिच्यो भने के गर्ने होला भनेरै भैँसी अत्तालिन्छ र अनि मर्छ । यो लोक अनुभव हो । काङ्ग्रेसका गिरिजाप्रसाद कोइरालाले थाम्न नसक्या बहुमत ओलीले कसरी थाम्न सक्छ्न ? इतिहास घरीघरी दोहोरिनु दुःखद मात्र होइन नेपाली जनताको लागि अभिसाफ हो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्