अमेरिका र इजरायलले ईरानमाथि आक्रमण गरेर ईरानका सर्वोच्च नेता अलि खामेनी सहित थुप्रै वरिष्ठ नेताको हत्या गरेपछि त्यसको जवाफी कार्वाही ईरानले थालेको छ । ईरानले अरब बहराइन युएई अमेरिकी सुरक्षा केन्द्रमा निशाना बनाउदै इजरायल माथि पनि आक्रमण गरेको छ । ईरान र ईरानी जनता आफ्ना सर्वोच्च नेता खामेनी मारिएकोमा आक्रोशित र भावविह्वल छन् । ईरानले अमेरिकी आक्रमणको डटेर प्रतिरोध मात्रै होइन प्रतिशोध लिने देखिन्छ । त्यो प्रतिशोधमा रुस र चीन ईरान पक्षमा भए के होला ? त्यो परिस्थिति आए विश्वयुद्धको रुप लिनेछ । आयातोल्लाह अली खामेनीको अन्त्यलाई अमेरिका र इजरायलले आप्mनो रणनीतिक विजय माने होलान् तर, यसले इरानभित्र प्रतिशोधको यस्तो आगो बालेको छ, जसलाई निभाउन अब कुनै पनि अन्तर्राष्ट्रिय मध्यस्थता पर्याप्त हुने छैन । यो द्वन्द्वले विश्वलाई अनिश्चित र खतरनाक युद्ध तर्फ धकेल्नेछ, जहाँ एकातिर अमेरिका र इजरायल हुनेछन् भने अर्कोतिर रुस र चीनको बलियो मौन समर्थनमा इरानले अमेरिका सँग युद्ध लडिरहनेछ र तेस्रो विश्व युद्धको शंखनाद गर्नेछ । विश्व दुई ध्रुर्वमा बाँडिदा त्यो भयावह युद्धको कल्पना पनि गर्न सकिने छैन । उसै त युक्रेन–रुस युद्धले थिलथिलो भएको विश्व अर्थब्यवस्था झन् कल््पना बाहिरको नतिजाहरु देखिने छन् । अमेरिका जहिले पनि आफ्नो साम्राज्य चलाउने नियतले यि युद्धहरु थोपरिरहेको छ । आफ्ना विरोधिलाई पटक्कै सहन नसक्ने अमेरिका चीनको विकास र उसको प्रभाव रोक्न नै यि युद्ध चलाइरहेको छ । शोभियत संघको विखण्डन पछि मैमत्त भएको अमेरिकाका कारण विश्वका स्वाभिमानी मुलुक र जनताले दुःख पाइरहेका हुन् । अमेरिकाले स्वतन्त्र राष्ट्रहरु माथि यो वा त्यो नाममा गरिने कुनै पनि आक्रमणको सबै मिलेर विरोध गर्नुपर्छ । अमेरिकालाई सबै प्रकारका युद्ध रोक्न दवाब दिनु आजको विश्वको आवश्यकता हो ।
