IMG-LOGO

टिकटमा ओलीको मनपरि

 मंगल, माघ ७, २०८२  --

       नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको एकलौटी मनपरि चलेको छ । आगामी चुनावका लागि टिकट वितरण कार्य हेर्दा एमाले पार्टी ओलीको प्रोपाइटरसीप दुकान जस्तै देखियो । आम कार्यकर्ताको भावना विपरित ओलीले पार्टी भित्रका आफ्ना विरोधिलाई पुरै बढारेर रद्दीको टोकरीमा फाले । ओलीको यो हर्कतको परिणाम आगामी निर्वाचन परिणामले पक्कै देखाउने छ ।      पछिल्ला राजनीतिक घटनाक्रम स्पस्ट संकेत गरेको छ एमाले पहिलो संविधानसभा निर्वाचनताकाको जस्तै तेस्रो पार्टी बन्ने देखियो । पार्टीको आन्तरिक कारणले सायद त्यति सिट पनि नआउने छाँट स्पष्ट देखियो । हाम्रो अनुमानित बिश्लेषण अहिलेसम्म प्राय मिल्दै आएको छ । त्यसपछि मात्रै ओलीले चेत्ने छन् कि ? हुन त हठ र अहमकारी प्रवृत्तिका मान्छेहरु पशुको जति पनि चेत हुँदैन भन्छन् । ओली प्रवृत्ति भनेको तानाशाही र सामन्ती नै देखियो । उनी पार्टी भित्र यतिबिघ्न अनुदार होलान् भनेर कसैले सोचेको पनि थिएन । उनको जिद्दी र आत्मकेन्द्रित परिणाम नै एमालेलाई रसातलमा पु¥याउने छ ।      लोकतन्त्रको मूल मर्म प्रतिस्पर्धा, सहमति र आलोचनालाई स्वाभाविक रूपमा स्वीकार गर्नु हो । तर ओली र उनको भजन मण्डलीको व्यवहारमा त्यो सहिष्णुता देखिएन । लोकतान्त्रिक प्रतिस्पर्धालाई वैचारिक बहसको रूपमा लिनुपर्नेमा व्यक्तिगत बदला, रिस र प्रतिशोधको भावनाले निर्देशित नेतृत्वले देशलाई गम्भीर क्षति त पु¥याईसक्यो नै अझै दीर्घकालीन रूपमा एमाले पार्टी र देश दुवैलाई क्षति पु¥याउँने छ । एउटा नेता जन्मन र त्यो नेता समयानुकूल छ कि छैन भन्ने कुरा बोली र व्यबहारबाट थाहा हुन्छ । मनि मसलका सुण्ड मुण्डलाई जनतामा अगाडि सारेर जनताबाट अनुमोदित होलान् र म सत्तामा गएर सबैलाई ठीक पारिदिन्छु भन्ने सोच अधिनायकवाद हो । यही सोचले ओली ग्रसित छन् अब एमालेलाई कसैले हराउनै पर्दैन कांग्रेसको भन्दा महारोग ओलीले एमालेमा सल्काए । हामी आशा गर्छौ कि चुनाव पछिको परिणामले एमालेमा नवयुवाले बिद्रोह गर्नेछन् । ओली एमाले भित्रबाट कांग्रेसका शेरबहादुर देउवा जसरी मिल्काइने छन् ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्