IMG-LOGO

प्रकाशकीय

 मंगल, माघ ७, २०८२  ३० वर्षको अविरल यात्रा

        हामी यो अङ्क देखि ३० वटा माघमा प्रवेश गरेका छौं अर्थात ३० औ वर्ष प्रवेश । म सम्झन्छु वर्ष १ अङ्क १ को त्यो माघ अति उत्साहित, प्रतिबद्ध र लामो रेसको घोडाको झैं त्यो अठोटको प्रतिफल हो । यतिका वर्षहरुको निरन्तरता । यो आरोह अवरोहमा साथ दिने र दुःख दिने सबै पात्रहरुलाई एक पल्ट स्मृतिको पहाड चढ्न बाध्य भएको छु । हाम्रो समाज ट्याग भिराउने र गाउँले गाइदिन माहिर छ । निन्दा चर्चो र अफवाहलाई सजिल्यै पत्याइदिने हाम्रो समाज अझै जागरुक भइसकेको छैन । तीस वर्ष अघि त झन् कस्तो थियो भोग्ने म र यतिबेलासम्म साथ दिने सहकर्मीहरुलाई थाहा छ । ३० वर्ष सम्म साथ सहयोग, विज्ञापन दिने, पत्रिका पढिदिने सम्पूर्ण पाठक र शुभचिन्तक सबैमा हार्दिक कृतज्ञता प्रकट गद्र्छु ।         मुलुकको भविष्य अझै अध्यारो सुरुङ्ग भित्र छ । ३० वर्ष अघि माओवादी सशस्त्र विद्रोहमा थियो त्यो भन्दा ठूलो जनविद्रोह जेन्जी पुस्ताको आह्वानमा भदौ २३ मा भयो २४ गते योजनाबद्ध रूपमा विदेशी शक्तिले नेपाल ध्वस्त गर्ने योजनाका साथ व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा हमला ग¥यो । हाम्रा धरोहर र संरचनाका साथै निजी सरकारी राजनीतिक पार्टीका कार्यलयलाई खरानी बनायो । सेनाको सुझबुझपूर्ण निर्णयले संविधान बच्यो र नागरिक सरकार बन्न सक्यो । २१ फागुनमा निर्वाचन हुँदैछ । निर्वाचन पछि अध्यारो सुरुङ्गबाट मुलुक निस्कन्छ भन्ने हामीले बिश्वास लिएका छांै । सबै मिलेर  निर्वाचन सम्पन्न गर्नु र मुलुकलाई अध्यारोबाट उज्यालो तर्फ लैजानु हामी सबैको कर्तव्य हो ।         ३० वर्षको यो यात्रामा फेरि सबैसङ्ग संगै बसेर अन्तरक्रिया गर्ने रहर छ । त्यसैका लागि यो वर्ष एउटा अवसर जुटाएर नेपाल आउने र काभ्रेमा नेपाली मोफसल पत्रिकामार्फत समाजले अब के पाउनु पर्छ भन्ने विषयमा चिन्तन मनन गर्ने कार्यमा सम्बन्धित सबैलाई एउटा योजना बनाउन आग्रह गर्दै सुझाव र सल्लाहको अपेक्षा गरेको छु । सत्य समाचार सन्तुलित विचार पस्किएको काभ्रे टाइम्सलाई शुभकामना दिनुहुने सबैमा हार्दिक नमन । – आर एल श्रमजीवी प्रकाशक तथा प्रधानसम्पादक    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्