श्री अरनिको नमुना बचत तथा ऋण सहकारी संस्था लिमिटेड गठ्ठाघर भक्तपुरले चन्द्रकिरण सेवाकेन्द्र बनेपामा रहेका शेयर सदस्यहरु सँग गत शनिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सेवाकेन्द्रमा आवद्द ३ सय ४० शेयर सदस्यहरुमध्ये करिव ६० जना शेयर सदस्यहरुसँग केन्द्रको केन्द्रिय सल्लाहकार संयोजक हरिकृष्ण सापकोटाले शेयर सदस्यहरुलाई संस्थाले प्रदान गरेका सेवा सुविधा, भविष्यको योजना, लाभ र सरल सुलभ तथा सहज रुपमा शेयर सदस्यहरुलाई आवश्यकता अनुसार अन्य सहकारीहरु भन्दा सहुलियत दरमा कर्जा प्रवाह गर्ने लगायत शेयर सदस्यहरुको दायित्व, कर्मचारी, संचालक समिति, उप–समिति तथा काठमाडौं, भक्तपुर, ललितपुर क्षेत्रबाट सेवालाई व्यापक विस्तार गर्ने लगायतका बारेमा जानकारी दिनु भएको थियो । उपसमिति सदस्य रामप्रसाद तिमल्सिनाले कार्यक्रम संचालन गर्नुभएको थियो भने बनेपा सेवाकेन्द्रका प्रमुख दिपेन्द्र खरेलले संस्थाका शेयर सदस्यहरुलाई स्वागत गर्नुभयो ।
अरनिको नमुना बचत तथा ऋण सहकारी संस्था लिमिटेड गठ्ठाघर भक्तपुरबाट अध्यक्ष रामहरि फुयाल, सचिव गुणराज घिमिरे, कोषाध्यक्ष गोविन्दराज घिमिरे, केन्द्रबाट निमित्त व्यवस्थापक उचित श्रेष्ठ लगायतको उपस्थिति रहेको कार्यक्रम बनेपा सेवाकेन्द्र उपसमिति संयोजक रामशरण घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो ।
