काभ्रे जिल्लामा नै अत्याधुनिक मेसिनको प्रयोग र अन्तराष्ट्रिय स्तरको मापदण्ड पालना गरी सुप्रिम डेन्टल केयरको असोज २१ गते घटस्थापनाको दिन समुद्धघाटन गरिएको छ । वरिष्ठ दन्त विशेषज्ञ डाक्टरहरु, विशेष स्वास्थ्य प्राविधिक एवं दक्ष स्वास्थ्य कर्मचारीहरुबाट प्रत्यक्ष सेवा दिइने डेन्टल केयरमा मुख तथा हाइजिन सम्बन्धि सम्पूर्ण सेवाहरु रहने व्यवस्थापक भिम बञ्जाराले जानकारी दिनुभयो । उद्घाटनका अवसरमा एक दिने निशुल्क दन्त शिविर समेत आयोजना गरिएको थियो । बनेपाको गणेशथान चोकमा रहेको रेडक्रस भवनमा स्थापना गरिएको सुप्रिम डेन्टल केयरमा कृतिम दात राख्ने, गिजा सम्बन्धि सम्पूर्ण उपचार, दात निकाल्ने तथा मुखको शल्यक्रिया, दात भर्ने, दातको एक्सरे गर्ने, दातमा हिरा राख्ने, कस्मेटिक डेन्टिष्ट्रिको सेवाहरु सुपथ मूल्यमा रहेको डा. विप्लब अधिकारीले जानकारी दिनुभयो ।
