व्यापारिक नगरी बनेपामा द फेमेली मार्ट डिपार्टमेन्टल स्टोरको शुभारम्भ भएको छ । काभ्रे उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लक्ष्मीलाल राजभण्डारीले विजया दशमीको शुभारम्भसँगै असोज २० गते मार्टको उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय धुलिखेलका प्रमुख केशव पुडासैनी, काभ्रे उद्योग वाणिज्य संघका उपाध्यक्ष कैलाश पलाञ्चोके, युवा उद्यमी मञ्च काभ्रेका अध्यक्ष सरोज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
द फेमेली मार्ट डिपार्टमेन्टल स्टोरमा हरेक प्रकारका घरायसी, भान्छामा प्रयोग गरिने गुणस्तरीय सामाग्रीहरु सुपथ मुल्यमा खरिद गर्न सकिने सञ्चालक उमेशभक्त भोछिँभोयाले जानकारी दिनुभयो ।
