बनेपा, उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लि. बनेपाको १८ औँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष पूर्णप्रसाद पलाञ्चोकेको सभापतित्वमा सम्पन्न भयो । संस्थाका उपाध्यक्ष पुष्पकाजी श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा सचिव दिपेशरत्न शाक्यले प्रगति तथा भावि कार्ययोजना प्रस्तुतु गर्नुभयो । कोषाध्यक्ष लक्ष्मीलाल राजभण्डारीले आ.व. ०७७÷०७८ को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो । २ हजार ४ सय ७७ शेयर सदस्यबाट ५ करोड २५ लाख २८ हजार ४ सय शेयर पूँजी संकलन, ७६ करोड ३० लाख १० हजार ८ सय ३८ बचत निक्षेप संकलन, ५५ करोड ३७ लाख ७९ हजार ६ सय ४ ऋण बाँकी रहेको छ । ९ करोड ३१ लाख ६२ हजार ६ सय ८३ कुल आम्दानी गर्न सकेको छ । संस्थाले कोभिड १९ प्रकोप अवधिभर व्यापार व्यवसायमा असर गरेकोले उक्त अवधिभर व्याजमा ५ प्रतिशत छुटको प्रवन्ध, नीति, विधि र प्रविधिको उच्चतम प्रयोग गरी शेयर सदस्यहरुलाई छिटो सेवा सुविधा प्रदान गरेको कुरा संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त थापाले जानकारी दिनुभयो । संस्थाले सदस्य मृत्यु राहत प्रदान गर्नु देखि कृषि तथा व्यापार व्यवसायमा सहुलियत दरमा ऋण प्रवाह गरेको जनाएको छ । लेखासुपरीवेक्षण समितिका संयोजक शान्तिराज कायस्थले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
