IMG-LOGO

हिमाल साकोसको आम्दानी ५८ लाख ४० हजार

 मंगल, कार्तिक ९, २०७८  -

 

       बनेपा, हमाल बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको १४ औँ वार्षिक साधारण सभा संस्थाका सल्लाहाकार रमेश प्रसाद हुमागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रमेश हुमागाईले सहकारी क्षेत्रको विकासले जनताका जिवनस्तरमा आर्थिक परिवर्तन ल्याउन सकेको उल्येख गर्नुभयो । संस्थाका सचिव हुद्धराज तिमल्सिनाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष रमेश प्रसाद न्यौपानेले आ.व. २०७७÷०७८ को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो । लेखा सुपरीवेक्षण समितिका संयोजक प्रकाश तिमल्सिनाले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । २ सय ६३ शेयर सदस्यबाट ६४ लाख २६ हजार पूँजी संकलन, २ करोड ९२ लाख ६८ हजार बचत निक्षेप संकलन, ३ करोड ३१ लाख ५३ हजार ४६ ऋण लगानी गरेर ४९ लाख ९ हजार २ व्याज आम्दानी गरेको छ । संस्थाको कुल आम्दानी भने ५८ लाख ४० हजार ५ सय ३४ रहेको छ । संस्थाका अध्यक्ष नारायण प्रसाद तिमल्सिनाले स्वागत मन्तव्य दिदैँ भन्नुभयो । हिमाल साकोसले सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकतालाई पूर्ति गर्न निरन्तर लागि परेको धारणा राख्नुभयो । कार्यक्रममा बनेपा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष बलराम अधिकारीको आतिथ्यता रहेको कार्यक्रममा शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्