व्यापारिक नगरी बनेपाको चारदोबाटोमा इन्द्ररत्न कस्मेटिक स्टोरको उद्घाटन शुक्रबार भएको छ । ७० वर्षिय बृद्धा इन्द्रमाया जस्पाउले स्टोरको उद्घाटन गर्नुभयो । एकै छानामुनी कस्मेटिकका ब्राण्डेड सामाग्रीहरु पाउन सक्ने सञ्चालक निरञ्जन जस्पाउको भनाइ रहेको छ । काठमाण्डौँ सम्म ब्राण्डेड सामाग्री खोज्न जाने ग्राहकलाई बनेपामै सुविधा दिने उद्देश्यले एक करोडको लगानीमा स्टोर खोलिएको उहाँले बताउनुभयो । दशैँ तिहारको उपलक्ष्यमा थोक तथा खुद्रा खरिदमा ५ देखि २० प्रतिशत सम्म छुटको व्यवस्था समेत गरिएको छ ।
