बनेपा, पानस बचत तथा ऋण सहकारी संस्था लि को १३ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । बनेपाका सक्रिय जुझारु युवा बर्ग र व्यवसायीहरुले सञ्चालन गरेको संस्थाको शेयर पूँजी १ करोड ९७ हजार संकलन गर्न सफल भएको छ । ७ करोड ९२ लाख ९३ बचत निक्षेप संकलन, विभिन्न कोषमा ३५ लाख ५० हजार ९ सय ७३ रहेको छ । ६ करोड ३० लाख २३ हजार ५ सय २८ कुल ऋण लगानी गरेको संस्थाका प्रवन्धक रोषन मानन्धरले जानकारी दिनुभयो । २ हजार २ सय १९ कुल सदस्य संख्या रहेको संस्थाले ९ करोड ७१ लाख ८३ हजार ५ सय ७२ कुल कारोवार गरेको छ । संस्थाले लगानी गरेर १ करोड ३० लाख ८४ हजार ५ सय ८४ कुल आम्दानी गर्न सफल भएको छ । संस्थाका उपाध्यक्ष विजेन्द्र पोटेले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा लेखा संयोजक हरी गोपाल बैद्यले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । सचिव पुस्कर रंजितकारले प्रगति प्रतिवेदन तथा भावि कार्ययोजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष सुमन बैद्यले आ.व. ०७७÷०७८ को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थाका अध्यक्ष सुशन राजबंशीको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त साधारण सभाले सुशन राजवंशीको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ । उपाध्यक्ष विजेन्द्र पोटे, सचिव पुष्कर रंजितकार, कोषाध्यक्ष सुमन वैद्य, सञ्चालक सदस्यहरु श्याम सेवाचार्य, ईश्वर महाजु र राजु पहि श्रेष्ठ तथा लेखा तथा सुपरिवेक्षण समितिको संयोजक हरिगोपाल वैद्य तथा सदस्यहरु रामेश्वर महाजु र अमृत सेवाचार्य रहनु भएको छ ।
