युवा बचत तथा ऋण सहकारी संस्था लि. ले २३ औ वार्षिक साधारण सभा तथा २५ औ वार्षिक उत्सव सम्पन्न गरेको छ । काभ्रेपलान्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को सभा हलमा सम्पन्न भयो । संस्थाका अध्यक्ष उदयराम कायस्थको सभापतित्व रहेको थियो भने बनेपा नगरपालिकाका वरिष्ठ राजस्व अधिकृत ध्रुवराज नेपाल प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा संस्थाको २५ औँ स्थापना दिवसको अवसरमा निर्मित संस्था सम्बन्धी वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो । सोही अवसरमा संस्थाले आफ्ना सदस्यहरूमध्येबाट उत्कृष्ट कारोबारकर्ता, उत्कृष्ट मासिक बचतकर्ता, उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट ऋणी लगायतलाई सम्मान पनि गरेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ध्रुवराज नेपालले युवा साकोसले सहकारी ऐन, नियमको पूर्ण पालना गरी आफ्ना सदस्यहरूको सेवा गरिरहेको कुरा संस्थाको वार्षिक प्रतिवेदनबाट प्रष्ट हुने बताउनुभयो ।
त्यसैगरी युवा बचत तथा ऋण सहकारी संस्था लि. र स्याउरिदेवी बहुउद्देश्यीय सहकारी संस्था लि. बीच एकीकरणका लागि संयुक्त साधारण सभा पनि सम्पन्न भएको छ । काभ्रे जिल्लाको तेमाल गाउपालिका तथा रोशी गाउपालिका कार्यक्षेत्र रहेको स्याउरिदेवी बहुउद्देश्यीय सहकारी संस्था र काभ्रे जिल्लाभरि कार्यक्षेत्र रहेको युवा साकोस बीच एकीकरण भएकोे हो । संयुक्त साधारण सभामा बोल्दै युवा साकोसका सचिव सरोज कुमार तिमल्सेनाले दुवै संस्थाका सदस्यहरूलाई अझ धेरै सुविधा दिलाउनका लागि एकीकरण गर्न लागिएको बताउनुभयो । त्यसैगरी स्याउरिदेवी बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष यज्ञ प्रसाद पन्त लगायतले बोल्नु भएको थियो । संस्थाका प्रबन्धक निश्चल सापकोटाले सहकारी संस्थाले सदस्यहरुको बृहत्तर आर्थिक हितलाई ध्यान केन्द्रीत गरेको उल्येख गर्नुभयो ।
