IMG-LOGO

स्वर्णलक्ष्मी साकोसको आम्दानी १ करोड ९४ लाख

 मंगल, असोज १९, २०७८  --

बनेपा, स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था ले बनेपाको १२ औँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष कृष्णलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न भयो । २ हजार १ सय ११ शेयर सदस्यबाट २ करोड २० लाख  ६० हजार ३ सय शेयर रकम संकलन गरेको छ । १३ करोड ६३ लाख ५५ हजार २ सय १० बचत निक्षेप संकलन, १० करोड ६६ लाख ११ हजार ९ सय ९६ कर्जा लगानी,  १७ लाख ९२ हजार ४ स य८ सम्पती रहेको छ । संस्थाले लगानी गरेर १ करोड ९४ लाख ७१ हजार ८ सय ९ कुल आम्दनी गर्न सफल भएको कुरा संस्थाका प्रवन्धक रोहिष कायस्थले बताउनुभयो । सचिव इस्वर कुमार श्रेष्ठले प्रगति तथा भावि कार्ययोजना र कोषाध्यक्ष भिम प्रसाद ढकालले आ.व. ०७७÷०७८ को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो । लेखा सुपरिवेक्षण  समितिका संयोजक विकास कुमार श्रेष्ठले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थाका उपाध्यक्ष विकास श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको कार्यक्रमको संस्थाका कानुनी सल्लाहकार रमेश प्रसाद हुमागाईको आतिथ्यता रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्