बनेपा, क्यापीटल बचत तथा ऋण सहकारी संस्था लि.को ११ औँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष शेरवहादुर तामाङको सभापतित्वमा सम्पन्न भयो । ३ हजार ४ सय ४२ शेयर सदस्यबाट ४ करोड ३१ लाख ५७ हजार ७ सय शेयर पूँजी संकलन, ३९ करोड २९ लाख ९३ हजार ३ सय २३ ऋण लगानी गरी ६ करोड ७६ लाख १८ हजार ६ सय २३ कुल आम्दानी रहेको छ । त्यस्तै गरी ४४ करोड ९ लाख ४८ हाजर ५४ बचत निक्षेप संकलन गरेको छ । संस्थाका सचिव फ्रेमबहादुर तामाङले प्रगति तथा भावि कार्य योजना कोषाध्यक्ष खेतराज सिटौलाले आ.व. ०७७÷०७८ को लेखापरीक्षण प्रतिवेदन र प्रस्तावीत बजेट प्रस्तुत गर्नुभयो । लेखा सुपरिवेक्षण समितिका संयोजक राजन श्रेष्ठले लेखा प्रतिवदन प्रस्तुत गर्नुभयो । ३९ लाख ४८ हजार ८ सय ८५ विभिन्न जगेडा कोष रहेको छ ।
