IMG-LOGO

आभाष बचतको आम्दानी १ करोड ८ लाख

 मंगल, असोज १९, २०७८  --

     बनेपा, आभाष बचत तथा ऋण सहकारी संस्था लि बनेपाको १२ औँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष दिनेशराज कायस्थको सभापतित्वमा सम्पन्न भयो । ४ हजार ३ सय ८४ सदस्य रहेको संस्थाको शेयर पूँजी ३ करोड ७० लाख २४ हजार १ सय रहेको छ भने कुल कारोबार ६५ करोड ८ लाख ४० हजार ५ सय ५७ रहेको छ । ५६ करोड ४१ लाख ९६ हजार ८ सय ३४ बचत संकलन गरेको छ भने ऋण लगानी ४८ करोड ८१ लाख २४ हजार ६ सय ४६ रहेको छ । संस्थाले लगानीबाट १ करोड ८ लाख २२ हजार  ९ स ५६ कुल आम्दानी गर्न सफल भएको संस्थाका प्रमुख व्यवस्थापक सुवास बैद्यले जानकारी दिनुभयो । सचिव प्रकाश कायस्थले प्रगति तथा भावि कार्य योजना प्रस्तुत गर्नुभयो । उक्त १२ औँ साधारण सभाले कोषाध्यक्षमा धर्मभक्त प्रधान र लेखा सुपरिवेक्षणमा समितिमा विकास बैद्यलाई निर्वाचित गरेको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्