बनेपा, सामुदायमा आधारित सहकारी संस्था बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि को २२ औँ वार्षिक साधारण कसभा संस्थाका अध्यक्ष कैैलाश केसीको सभापतित्वम सम्पन्न भयो । सचिव जयराम थापाले प्रगति तथा भावि कार्ययोजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष राधेश्याम केसीले आ.व. २०७७÷०७८ को लेखापरीक्षण प्रतिवेदन तथा आगामी वर्ष ०७८÷०७९ को प्रस्तावित बजेत प्रस्तुत गर्नुभयो । १४ हजार २ सय ९२ शेयर सदस्य बाट १० करोड २ लाख ७२ हजार ६ सय ४७ शेयर पुँजी संकलन गरेको छ । १ अर्ब १६ करोड २० लाख ७७ हजार ९ सय ७० बचत निक्षेप संकलन, १ अर्ब २ करोड १२ लाख १९ हजार ७ सय ८८ ऋण लगानी गरी ७ करोड ९८ लाख ७७ हजार १ सय ५२ कुल सञ्चालन आम्दानी गर्न सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत बिबेकराज ठकुरीले जनाकारी दिनुभयो । संस्थाले सदस्य हित कोष मार्फत राहत उपचार खर्च प्रदान गर्दै आएको छ । ७३ जनालाई सदस्यता मृत्युराहत बापत २० लाख ४५ हजार, २४ जना जटिल रोग उपचार खर्च वितरण बापत ४ लाख ७० हजार ९३ जना सुत्केरी उपचार खर्च बापत रु ४ लाख ५० हजार ३ जना देवी विपत्ती सहयोग वापत ३० हजार, नवदुलही भेटघाट कार्यक्रम १० जनालाई १० हजार प्रदान गरेको छ । रक्तदान कार्यक्रम, सहकारी शिक्षा कार्यक्रम, सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम महिला पुरुष दुबैलाई उद्यमशिल बनाउन अभिप्रेरित जस्ता देखि मृत्यु परान्त समेत सेवा सुविधा प्रदान गरेको कुरा संस्थाका निवर्तमान अध्यक्ष रामहरी केसीले बताउनुभयो ।
