IMG-LOGO

शुलभ साकोसको आम्दानी १ करोड २५ लाख

 मंगल, असोज १९, २०७८  --

शुलभ बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको ११ औँ वार्षिक साधारण सभा संस्थाका सल्लाहकार भागवत श्रेष्ठको प्रमुख आतिथ्यतामा शनिवार सम्पन्न भयो । संस्थाका अध्यक्ष विक्रम भैलले स्वागत मन्तव्य राख्दै भन्नुभयो, संस्थाले शेयर सदस्यहरुको आर्थिक उपार्जनमा सुधार ल्याउँदै, व्यापार व्यावसायमा समेत प्रबद्धन गरेर शुलभ साकोसले सबैको मन जित्न सकेको बताउनुभयो । सञ्चालक समिति, लेखा समिति, संस्थाका शेयर सदस्यहरु कर्मचारी वर्ग सबैको सहकार्य र एकताले सहकारी संस्थाको दिगोपन प्राप्त गर्न सकिने धारणा संस्थाका अध्यक्ष भैलले राख्नु भयो । संस्थाका प्रवन्धक रमेश श्रेष्ठले शुलभ साकोसले नीति विधि पद्धती र प्रणालीलाई अवलम्बन गरेर शेयर सदस्यहरुको उन्नती आर्थिक विकास र सांस्कृतिक आवश्यकतालाई परिपूर्ति गर्न निरन्तर लागि पर्ने बताउनुभयो । संस्थाका सचिव होम प्रसाद तिमल्सिनाले प्रगति  प्रतिवेदन तथा भावि कार्य योजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष दमन कुमार श्रेष्ठले संस्थाको वित्तीय अवस्थाको बारेमा जानकारी गराउनुभयो । लेखा सुपरीवेक्षण समिति संयोजक आरती श्रेष्ठले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । ३ हजार २ सय ६८ शेयर सदस्यबाट आ.व. ०७७÷०७८ मा २ करोड ५० लाख २६ हजार ६ सय शेयर पूँजी संकलन, ४२ करोड ७ लाख ३७ हजार ८ सय ५७ बचत संकलन, ४४ करोड २१ लाख ६१ हजार ८ सय ६३ ऋण लगानी गरेर १ करोड २५ लाख ४७ हजार २ सय ५९ आम्दानी गर्न सकेको छ । संस्थाका सचिव होम प्रसाद तिमल्सीनाले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्