काँठु गणेश बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको १८ औँ साधारणसभा संस्थाका सल्लाहकार नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष योगेन्द्र नाथ कर्माचार्यको प्रमुख अतिथिमा संस्थाका अध्यक्ष त्रिरत्न राजबाहकको सभापतित्वमा सम्पन्न भयो । संस्थाको साधारण सभा असोज १४ गते देखि असोज १६ गते सम्म भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष त्रिरत्न राजबहक, सचिब हरि गोपाल मानन्धरले आ.व २०७७÷२०७८ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व २०७८÷२०७९ को लागि बार्षिक योजना सहित प्रतिवेदन, कोषाध्यक्ष निर्मल मुस्याजुले आ.व २०७७÷२०७८ आर्थिक प्रतिवेदन तथा आ.व २०७८÷२०७९ को अनुमानित बजेट र लेखा सुपरिबेक्षण समितिका संयोजक दिपेन्द्र श्रेष्ठले लेखा सुपरिबेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । प्रतिवेदन अनुसार काँठु गणेश बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको आर्थिक वर्ष २०७७÷२०७८ मा कुल सदस्य संख्या १४२०, कुल शेयर पुँजी एक करोड छैसठ्ठि लाख छयालिस हजार, कुल बचत आठ करोड दुई लाख पाँच हजार दुई सय छब्बिस रुपैँया, कुल कर्जा आठ करोड उनान्अस्सी लाख चौतिस हजार दुई सय छब्बिस, कुल आम्दानी एक करोड तेत्तिस लाख पचासी हजार सात सय तेह्र रुपैँया भई कुल सम्पत्ती दश करोड उनान्अस्सी लाख अस्सी हजार एक सय पन्द्र रुपैँया रहेको छ । उक्त साधारण सभामा संस्थाका पदाधिकारी ,उप समितिका पदाधिकारीहरु र शेयर सदस्यको उपस्थिती रहेको थियो ।
