IMG-LOGO

झिगु भिन्तुना बचतको १ करोड २४ हजार आन्दानी

 मंगल, असोज १९, २०७८  --

     बनेपामा सञ्चालनमा रहेको झीगु भिन्तुना बचत तथा ऋण सहकारी संस्थाको १२ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले शेयर सदस्यहरुको आर्थिक विकासमा सकारात्मक परिवर्तन ल्याउन लागि परेकोले विश्वास जित्न सकेको कुरा संस्थाका प्रवन्ध सञ्चालक मनोज भैलले बताउनुभयो । ६२ लाख ४१ हजार ३ सय शेयर पूँजीरहेको संस्थाले ९ करोड १६ लाख ४४ हजार ३ सय ३५ बचत निक्षेप संकलन, ५ करोड ३२ लाख २५ हजार २ सय २७ कर्जा लगानी गरी १ करोड २४ हजार ८ सय ४५ कुल आम्दानी गर्न सकेको छ ।  संस्थाका उपाध्यक्ष उदय सिह मुस्याजुले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा कोषाध्यक्ष नविन कुमार साखले आ.व. ०७७÷०७८ को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो । सचिव मोजकुमार भैलले प्रगति प्रतिवेदन तथा भावी कार्य योजना प्रस्तुत गर्नुभयो । लेखा, संयोजक रामभक्त बैदारले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थाले संस्थापक शेयर सदस्यहरुको छोरा छोरीहरुलाई दिदैँ आएको झीगु भिन्तुना, शिक्षा ताम्रपत्र सागरनाथ बादे श्रेष्ठ र श्रीमती प्रविना जोशी बादेको छोरी शुभना वादे श्रेष्ठलाई प्रदान गरेको छ । संस्थाका अध्यक्ष सागरनाथ बादे श्रेष्ठको सभापतित्वमा सम्पन्न भयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्