IMG-LOGO

यु.एम बचतको अध्यक्षमा रामशरण

 मंगल, असोज १९, २०७८  --

     यु.एम बचत तथा ऋण सहकारी संस्था लि. बनेपा–१० को १० औँ वार्षिक साधारण सभाले रामशरण श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति चयन गरेको छ । उपाध्यक्ष रामदेवी श्रेष्ठ, सचिव मञ्जेश तौजले,  कोषाध्यक्ष राजाराम तौजले,सदस्यहरु समीर श्रेष्ठ, राजन श्रेष्ठ र रुसन श्रेष्ठ रहनु भएको  छ । लक्ष्मी नारायण श्रेष्ठको संयोजकत्वमा विक्रम मानन्धर र रुसा श्रेष्ठ रहनु भएको लेखा सुपरीवेक्षण समिति गठन गरेको छ ।  बनेपा नगरपालिका वडा नं १० का वडा अध्यक्ष चन्द्र बहादुर खडकाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष रामशरण श्रेष्ठले गर्नु भएको थियो । संस्थाका  सचिव रुसन श्रेष्ठले प्रगति प्रतिवेदन, कोषाध्यक्ष राजाराम तौजलेले लेखा परीक्षण प्रतिवेदन तथा प्रस्तावित बजेट प्रस्तुुत गर्नुभयो । ३ करोड ३६ लाख २७ हजार ५ सय शेयर पूँजी रहेको संस्थाको २० लाख ७२ हजजार १ सय १५ जगेडा कोष रहेको छ । ८ करोड २ लाख ६८ हजार ९ सय ४४ व्याज आम्दानी गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत रोषन श्रेष्ठले सिन्धुपाल्चोक र काभ्रेमा गरी ७ वटा सेवा कार्यालय सञ्चालन गरी शेयर सदस्यहरुलाई गुणस्तरीय वित्तीय सेवा उपलब्ध गराएको बताउनुभयो ।

      बीपी कÞोईराला लायन्स नेत्र अध्ययन केन्द्रका कार्यकारी निर्देशक डा सगुननारायण जोशीलाई रेयुकाई एइको मासुनागा अस्पतालले सम्मानका साथ हिजो स्वागत कार्यक्रम सम्पन्न गरेको छ । डा. जोशी अस्पतालका सल्लाहकार हुनुहुन्छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्