IMG-LOGO

नोवेल बचतको नाफा १० लाख ७३ हजार

 मंगल, कार्तिक २५, २०७७  --

 नोबेल बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको ८ औँ बार्षीक साधारण सभा संस्थाका अध्यक्ष राम सुन्दर श्रेष्ठको सभापतित्वमा सम्पन्न भयो । संस्थाका सचिव गोबर्धन कर्मचार्यले प्रगति तथा भावि कार्य योजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष राजकुमार बिस्टले लेखापरीक्षण प्रतिवेदन तथा बार्षिक बजेट प्रस्तुत गर्नुभयो । १ हजार १ सय ७९ शेयर सदस्यबाट १ करोड ८७ लाख २८ हजार ४ सय, १३ करोड ३६ लाख १८ हजार १ सय ९६ बचत निक्षेप संकलन, १२ करोड ५२ लाख ७३ हजार २ सय ३५ कर्जा लगानी गरेर संस्थाले १० लाख ७३ हजार ९ सय २९ खुद मुनाफा कमाउन सफल भएको छ । लेखा सुपरिवेक्षण समितिका संयोजक गोपाल प्रधानले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । उक्त साधारण सभामा १० बर्ष सेवा गरेका प्रमुख व्यवस्थापक नारायण गोपाल श्रेष्ठ पदक तथा कदरपत्र र नगदबाट पुरस्कृत गरीयो । ५ बर्षे सेवा गरेका सहायक पदका कर्मचारी श्रृस्टी अधिकारी र कनिस्ट सहायक श्रृजना माकजु कदर पत्र र नगदिद्वारा पुरस्कृत गरिएको थियो । ७६ लाख ९९ हजार ६ सय ४५ जगेडा तथा अन्य कोष रहेको छ । १५ लाख ५ हजार ५३ स्थिर सम्पति रहेको जनाएको छ । संस्थाका प्रमुख व्यवस्थापक नारायण गोपाल श्रेष्ठका अनुसार शेयर सदस्यहरुको जीवनमा हासो र खुशी ल्याउनु उद्यमी व्यवसायि बन्नउत्प्रेरित गरेको, आधुनिक प्रविधिमैत्री वित्तीय सेवा प्रदान गर्दै आएको बताउनु भयो । कार्यक्रममा संस्थाका सल्लाहकार रमेश प्रसाद हुमागाइ,उपाध्यक्ष माधव नारायण भैल, सञ्चालक समिति तथा शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्