IMG-LOGO

सामाजिक दुरी कायम गर्दै सारथीले गर्यो पाचौ बार्षिक साधारणसभा

 मंगल, कार्तिक २५, २०७७  --


धुलिखेल, सारथी बहुउद्देश्यीय सहकारी संस्था लि.ले पाचौ बार्षिका साधारणसभा तथा स्थापना दिवस कार्तिक २२ गतेका दिन संस्थाका अध्यक्ष दिलिप शर्माको शभापतित्वमा सम्पन्न गरेको छ । सहकारी विभागले जारी गरेको साधारणसभा सञ्चालन सम्वन्धि सूचनाका आधारमा शेयर सदस्यहरु माझ स्वास्थ्यका मापदण्ड पुरा गर्दै बागमती प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी उपाध्यक्ष श्री टिकाबल्दव सापकोटाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो । जिल्ला सहकारी संघ लि. का अध्यक्ष श्री विनोद पराजुलीज्यूको बिष्ोश आतिथ्यता तथा समाजसेवी रामप्रसाद अधिकारीज्यु तथा संस्थाका सल्लाहाकार श्री सकुल थापाज्यूको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समितिका सदस्यहरु, सेवा केन्द्र व्यवस्थापन समिति, कर्मचारी लगायत निर्णय प्रमाणित गर्ने प्रतिनिधिहरुको उपस्थितीमा संस्थाको हालसम्म भएका प्रगती विवरणहरु र भावी योजना, नीति तथा कार्यक्रमहरु प्रस्तुती सहित साधारणसभा सम्पन्न गरेको हो ।
सभामा हालसम्म संस्थाले उपलब्धि हासिल गरेको र सेवा प्रदान गरेको बिषयहरुका बारेमा संस्थाका अध्यक्ष श्री दिलिप शर्माले प्रस्तुतीकरण गर्दै आ. व. २०७६÷०७७ मा रु. १० करोड १३ लाखको बासलात सहित २७४५ जना शेयर सदस्य, ६५१ जना बाल सदस्य रहेको विवरण प्रस्तुत गर्नुभएको थियो । स्थापनाको पाचौ बार्षिक साधारण सभा मनाइ रहँदा संस्थाले निकै उपलब्धि हासिल गरेको र आगामी बर्ष संस्थाले १७ करोड बरावरको वासलात तयारीमा पर्याउने लक्ष्य सहित कार्यक्रमहरु प्रस्तुत गर्नुभएको हो । संस्थाले विभिन्न प्रकारका मोबाइल रिचार्ज, डिस होम बील भूक्तानी, खानेपानी महशुल, बिजुली महशुल तथा रेमिट सेवा सञ्चालन गर्दै आइरहेको छ । संस्थाले भर्खरै मात्र बनेपामा रहेको  बचत तथा ऋण सहकारी संस्थासँग एकिकरणको कार्य सम्पन्न गरेको छ भने सेवा केन्द्रको रुपमा कार्य सञ्चालन समेत गर्दै आइरहेको छ । यूवा तथा साना व्यवसायि स्वरोजगार कोषबाट २० जना ब्यक्तिहरुलाई स्वरोजगार बनाउने नीति अनुरुप सस्तो रशुलभ ब्याजदरमा ऋण समेत लगानी गर्दै आइरहेको संस्थाले सहकारी विभाद्धारा जारी गरेको सन्दर्भ ब्याजदरका आधारमा शेयर सदस्यहरुलाई ऋण लगानी गर्दै आइरहेको छ । संस्थाले आजकै दिन बागमती प्रदेश दुग्ध विकास बोर्डको कार्यकारी उपाध्यक्षमा मनोनयन हुनुभएकोमा संस्थाका सल्लाहाकार श्री टिकाबल्दब सापकोटालाई सम्मान कार्यक्रमको समेत आयोजना गरेको थियो । सम्मान पत्र ग्रहण गदै प्रमुख अतिथी सापकोटाले जिल्लाको सहकारी अभियान र स्वरोजगार बनाउने अभियानमा सहकारीको अहं भूमिका हुने बताउँदै जिल्लाको विकासमा सहकारी मार्फत हुने सम्पूर्ण कार्यहरु गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउँदै सम्मान प्रति संस्थाका सबैलाई धन्यबाद तथा आभार प्रकट गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तब्य सञ्चालक सदस्य रोशनी उपाध्याय तथा सञ्चालन सञ्चालक सदस्य विदुर गौतमले गर्नुभएको थियो । स.स्थाले स्थापनिा दिवसका अबसरमा केक काटी स्थापना दिवसलाई सम्झना समेत गरेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • kavretimesw@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्