IMG-LOGO

भोमी बहुउद्देश्य पुनः हरिशरण

 मंगल, कार्तिक २५, २०७७  --


भोमी बहुउद्देश्यीय सहकारी संस्था बनेपाको २२ औँ साधारण सभा संस्थाका अध्यक्ष हरिशरण श्रेष्ठको सभापतित्वमा सम्पन्न भयो । सचिव गणेशनारायण जोशीले प्रगति तथा भावि कार्य योजना प्रस्तुत गर्नुभयो । कोषध्यक्ष कान्छाकुमार श्रेष्ठले लेखा परिक्षण प्रतिवेदन तथा आगामी बर्षको बार्षिक बजेट प्रस्तुत गर्नुभयो । लेखा सुपरिवेक्षण समितिका संयोजक प्रदिप कुमार भैलले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । १ हजार ९ सय ६३ शेयर सदस्यबाट १ करोड १९ लाख २ सय २ शेयर पूँजी संकलन, ९ करोड १७ लाख ९० हजार ८६, ७ करोड ३६ लाख ७३ हजार ८८ निक्षेप संकलन, १ करोड १८ लाख ९९ हजार ९ सय ३६ आम्दानी गर्न सफल भएको छ । १७ लाख ४२ हजार ३ सय ४८ खुद मुनाफा कमाउन सफल भएको छ । उक्त साधारण सभाले हरिशरण श्रेष्ठको नेतृत्वमा ९ सदस्यी कार्य समिति निर्वाचित गरेको छ । उपाध्यक्ष हरिबहादुर श्रेष्ठ, सचिव कान्छाकुमार श्रेष्ठ, कोषाध्यक्ष गणेश नारायण जोशी, सहसचिव कैलाश श्रेष्ठ, सहस्यहरु सत्यनारायण भालु, मोहनकृष्ण श्रेष्ठ, रामबहादुर भालु र मिलनराज श्रेष्ठ रहनु भएको छ । प्रदिपकुमार भैलको संयोजकत्वमा सुरेन्द्र कायस्थ र सुन्दरप्रसाद कारांजित रहेको लेखा सुपरिवेक्षण समिति गठन भएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्