पानस बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको १२ औँ साधारण सभा संस्थाका अध्यक्ष सुशन राजवंशीको सभापतित्वमा सम्पन्न भयो । संस्थाका सचिब पुस्कर रज्जितकारले प्रगति तथा भावि कार्य योजना प्रस्तुत गर्नु भयो । कोषाध्यक्ष सुमन वैद्यले लेखापरीक्षण प्रतिवेदन तथा आगामी बर्षको बार्षिक बजेट प्रस्तुत गर्नु भयो । लेखा सुपरिवेक्षण समितिका संयोजक हरिगोपाल वैद्यले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भयो । ९ हजार २ सय ५९ शेयर सदस्यबाट ९३ लाख ७३ हजार ४ सय शेयर पुँजी संकलन, ७ करोड ८३ लाख ६१ हजार ९ सय ३६ बचत निक्षेप संकलन, १७ करोड १० लाख ४६ हजार ८ सय प२६ खुद मुनाफा कमाउन सफल भएको छ । २६ लाख ९७ हजार ६ सय ३२ जगेडा तथा अन्य कोष रहेको छ । संस्थाका प्रवन्धक रोशन मानन्धरले नीति,विधि र प्रविधिको उच्चतम प्रयोग गरेर संस्थागत सुशासन र सदस्यहरुको वृहत्तर आर्थिक उन्नतीमा संस्थाले सहयोग पु¥याएको बताउनु भयो ।
