IMG-LOGO

स्वर्णलक्ष्मी साकोसको मुनाफा २३ लाख ५८ हजार

 मंगल, कार्तिक २५, २०७७  ---


    स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. को ११ औँ बार्षिक साधारण सभा संस्थाका अध्यक्ष कृष्णलाल श्रेष्ठले प्रगति प्रतिवेदन तथा भाविकार्य योजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष भिम प्रसाद ढकालले लेखा परीक्षण प्रतिवेदन तथा आगामी बर्षको बजेट प्रस्तुत गर्नुभयो । लेखा सुपरीबेक्षण समितिका संयोजक विकास कुमार श्रेष्ठले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । २ हजार ४५ शेयर सदस्यबाट २ करोड ६ हजार शेयर पूँजी संकलन, १२ करोड ५३ लाख ९३ हजार ४ सय ४४ बचत निक्षेप संकलन, १० करोड २९ लाख ७९ हजार ७ सय ४२ ऋण लगानी गरी २ करोड ७ लाख ९२ हजार ६ सय ४५ आम्दानी र २३ लाख ५८ हजार २ सय १२ खुद मुनाफा कमाउन सफल भएको छ । संस्थाका प्रवन्धक रोहिण कायस्थले संस्थागत सुसाशन नीति विधि प्रविधिको उच्चतम प्रयोज गरी शेयर सदस्यहरुलाई उद्यमी व्यवसायी बनाउन संस्था लागि परेको बताउनु भयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्