चाँडपर्व नजिकिरहेको बेला बजार अनुगमनको कार्य तिव्र रुपमा अगाडि बढिरहेको छ । नयाँ आर्थिक वर्ष शुरु भए यता आईतबार सम्म ८ पटक बजार अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय धुलिखेलका प्रमुख केशव पुडासैनीले जानकारी दिनुभयो । जिरा, धनियाका प्याकेटमा कम तौल राखि विक्री गर्दै गरेका ५ जना व्यापारिलाई पक्राउ गरी सामान जफत गरिएका,े ५ वटा पसलमा लेभल नभएका सामान विक्री गरिएको भन्दै १०७ प्याकेट जिराको प्याकेट जफत गरिएको, २२ हजार बराबरको सामान नस्ट गरिएको बताइएको छ । उपत्यकामा म्याद नाघेका सामान आसपासका जिल्लामा लगेर रि–लेभलिङ गरिएको आशङ्कामा साँगा क्षेत्रमा समेत अनुगमन गरिएको तर केही पनि प्रमाण नभेटिएको पुडासैनिले जानकारी दिनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी हुमागाईको नेतृत्वमा ६ पटक सम्म गरिएको अनुगमन कार्य काभ्रेको रविओपी, कुशादेवी, पाँचखाल, पलाञ्चोक, खावा क्षेत्रमा सम्पन्न भएको र आगामि दिनमा पनि बजार अनुगमन कार्यलाई थप तिव्रता दिइने बताइएको छ ।
