एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था लि. को बाह्रौ बार्षिक साधारण सभा संस्थाका अध्यक्ष देवसागर लामाको सभापतित्वमा सम्पन्न भयो । सदस्यहरुले प्रतिबेदनको संकलन गर्दै साधारण सभा संस्थाको १८ करोडको सम्पत्ति तथा दायित्वमा पुग्न सफल भएको छ । संस्था संस्थागत लगायत अन्य कोष बृद्धिमा ६.४६ प्रतिशत पु¥याउन सफल भएको छ । बचत तथा ऋणमा १५ करोड बराबरको कारोबार भएको छ । यस आ.व.मा संस्थाले ३५ लाख २९ हजार बचत गर्न सफल भएको छ । यत्तिको प्रतिकुल परिस्थितीमा पनि संस्थाले सदस्यहरुको लागि प्रवाह गर्न सकेको सेवा सुविधा र सदस्यहरुले पनि संस्था प्रति देखाउँनु भएको माया र विश्वास अतुलनीय रहेको छ । वित्तिय सेवाको साथमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि सदस्यहरुको लागि संस्थाले स्थानीयस्त्तरमा सबल एंव सहज सहकारी संस्थाको रुपमा परिचय बनाएको कुरा संस्थाका प्रमुख कार्यकारी अधिकृत अरुण थापाले बताए । कार्यक्रममा १ हजार १ सय ५९ शेयर सदस्यको उपस्थिति रहेको थियो ।
