IMG-LOGO

हिमाल साकोसको नेतृत्वमा नारायण

 मंगल, कार्तिक ४, २०७७  ---


बनेपा,
    हिमाल बचत तथा ऋण सहकारी संस्था लि. को १३ औँ बार्षिक साधारण सभाले नारायण प्रसाद तिमल्सिनाको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरेको छ । उपाध्यक्ष शुभद्रा तिमल्स्निा, सचिव हुद्धराज तिमल्सिना कोशाध्यक्ष रमेश प्रसाद न्यौपाने, सदस्यहरुमा गणेश प्रसाद वडाल, देवकी सापकोटा प्रदिप गौतम रहनु भएको छ । त्यस्तै गरी प्रकाश तिमल्सिनाको संयोजकत्वमा मोतिराम तिमल्सिना र सरिता त्रिपाठी रहेको लेखा सुपरिवेक्षण समिति गठन गरेको छ । ५८ महिला र २ सय ८६ पुरुष गरी ३ सय ४४ शेयर सदस्यबाट ६० लाख ७७ हजार ४ सय शेयर पूँजी संकलन गरेको छ । १ करोड ९१ लाख ४१ हजार ६ सय ४ बचत निक्षेप संकलन गरी २ करोड ८६ लाख ६१ हजार ५ सय ७४ ऋण प्रवाह गरेको छ । संस्थाका सल्लाहकार रमेश प्रसाद हुमागाइको प्रमुख आतिथ्यत सम्पन्न कार्यक्रममा बनेपा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष बलराम अधिकारी संस्थाका संस्थापक अध्यक्ष नारायण तिमल्सिना लगाएतको आतिथ्यता रहेको थियो । निर्वाचन समितिकी संयोजक मञ्जु घिमिरेले निर्वाचित हिमाल साकोसका समितिलाई पद तथा गोपनीयताको सफथ खुवाइ प्रमाण पत्र प्रदान गर्नु भयो । निर्वाचन समिति सदस्य किशोर अधिकारी संस्थाका शेयर सदस्य लगायतको उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष देवराज दहालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्