IMG-LOGO

युवा साकोसको २२ औं साधारण सभा

 मंगल, कार्तिक ४, २०७७  ---


युवा बचत तथा ऋण सहकारी संस्था लि. को २४ औँ बार्षिक उत्सव तथा २२ औँ साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा सचिब सरोज तिमल्सेनाले सचिबको बार्षिक प्रतिवेदन, कोषध्यक्ष रामशरण राउतले आर्थिक प्रतिवेदन, संयोजक विकास पन्तले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । ६ हजार ८ सय २१ जना शेयर सदस्य रहेको संस्थाको शेयर पूँजी ४ करोड ३८ लाख ९६ हजार ९ सय, २९ करोड २१ लाख ८१ हजार १०८ बचत तथा निक्षेप, ७६ लाख १४ हजार ७५८ खुद मुनाफा रहेको बताइएको छ । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी सङ्लिका बरिष्ट उपाध्यक्ष इन्द्र प्रसाद अधिकारीको प्रमुुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिनाको आतिथ्यता रहेको थियो । संस्थाका अध्यक्ष उदयराम कायस्थको सभापतित्वमा कार्यक्रम सम्मन्न भएको थियो ।   

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्