IMG-LOGO

जग्गाको मूल्य ह्वात्तै घट्ने

 मंगल, असोज २७, २०७७  ---


कोभिड –१९ को महामारीले विश्व अर्थतन्त्र तहसनहस भएको असर अहिले विश्व शेयर बजारमा भारी मूल्य गिरावट आएको छ  । त्यसको असर घरजग्गा कारोबार (रियलस्टेट मार्केट)मा पनि  देखा परेको छ । विश्वको असर नेपालमा पनि पर्ने अर्थविदहरु बताउँछन । घरजग्गामा लगानी गर्दा सन २००८ मा अमेरिका स्थित केही बैंक टाट पल्टिए पछि विश्वब्यापी आर्थिक मन्दी आउँदा त नेपालमा  जग्गाको मुल्य ह्वात्तै घटेको थियो । पछि सरकारी मूल्यांकन भन्दा बढी मूल्यमा बेच्न नपाइने कानून आएपछि जग्गाको मूल्य घटेको थियो । कालोधनले जग्गाकारोबार गरेका कारण असहज तरिकाले जग्गाको मूल्य बढेको हो ।
भू–माफिया जग्गा दलालको मिलेमतोमा बैंकहरुले जथाभावी कर्जा लगानी गर्दा नेपालमा घर–जग्गाको भाउ आकाश पुगेको हो ।  खेतीयोग्य जमिन जथाभावी घडेरीको रुपमा बेच्ने र चर्को मूल्यमा जग्गाको कारोबार गर्ने क्रम नरोकिएको बेला यो कोरोनाका कारण घरजग्गा कारोबारमा सोचेभन्दा नराम्रो परिणाम ल्याउने निश्चित छ ।विश्व अर्थतन्त्रमा देखिएको असरले अर्थ मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय  नेपाल राष्ट्रबैंकले यसबारे सयुं्तm बैठक गरेका छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्