विगत ७ वर्षदेखि सञ्चालनमा रहेको आरम्भ अटो वर्कसप बनेपाले बढि माइलेज दिने जापानीज कम्पनी यमाहा स्कुटीको शुरुवात गरी बजारमा ल्याएको बिहिबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको हो । काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धरले उद्घाटन गर्नु भएको कार्यक्रममा महासचिव कैलाश पलाञ्चोके, काभ्रे युवा उद्यमी मञ्चका अध्यक्ष सरोजकाजी श्रेष्ठ सञ्चालक सदस्य अनिस प्रजापति, नेपाल पत्रकार महासंघ काभ्रेका उपाध्यक्ष रमेश प्रसाद न्यौपाने, न्यू मनकामना अटो वर्कसप पाँचखालका सञ्चालक दामोदर दुलाल लगायतको आतिथ्यता रहेको थियो । यमाहा रेजेटआर एफ आइ स्कुटी, १ सय २५ सिसि देखि ६ सय सिसि सम्मको खरिद गर्न सकिन्छ । चलाउन सजिलो उक्त स्कुटी तेल कम खपत हुने जनाएको छ । यमाहा कम्पनीको मोटरसाइकल १ सय १३ सिसि देखी १ सय ५० सिसिको मोटरसाइकल बिक्री गर्दै आएको कुरा बजार व्यवसपक सञ्जिव सुवालले बताउनुभयो । कार्यक्रमको सभापतित्व एवं आरम्भ अटो वर्कसपका प्रबन्ध निर्देशक बुद्धरत्न मानन्धरले विगत ७ वर्ष देखि मध्यपहाडी पूवीय जिल्लाहरुको व्यापारीक केन्द्र बनेपामा व्यवसाय सञ्चालन गरी ग्राहक वर्गको विस्वास जित्न सकेको वताउनु भयो । यमाहा कम्पनी र पार्ट पुर्जा सहजै रुपमा प्राप्त गर्न सकिने प्रवन्ध निर्देषक मानन्धरले बताउनु भयो ।
