IMG-LOGO

नेपाल उद्योग वाणिज्य महासंघमा सुरकृष्ण बैद्यको उम्मेदवारी घोषणा

 मंगल, सावन १३, २०७७  --

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य पदका लागि काभ्रेका उद्योगी व्यवसायी सुरकृष्ण वैद्यले उम्मेदवारी दिनु हुने भएको छ । बुधबार पत्रकार सम्मेलन एवं उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाले व्यवसायीक विकास र स्थायित्व, समृद्धिका लागि आफूले उम्मेदवारी दिने घोषणा गरेको बताउनु भयो । काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्षहरु कृष्ण गोपाल भैल, दियशरत्न शाक्य, लक्ष्मीराज राजभण्डारी, उद्योगी दिलिप कुमार श्रेष्ठ, पाचखाल उद्योग वाणिज्य संघका अध्यक्ष राजन कार्की, पनौती उद्योग वाणिज्य संघका महासचिव महेश पौडेल, धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जु कुमार कोजु, पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना लगायत सञ्चारकर्मी, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिको उपस्थिती रहेको थियो । यहि श्रावण २६ र २७ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय अधिवेशनमा जिल्ला नगर तर्फ केन्द्रिय सदस्यको लागि वैद्यले उम्मेदवारी दिनुहुने छ । यस अघि पनि उहाँ नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य हुनुहुन्थ्यो । तर कोरोना भाइरस कोभिड–१९ को कारण सरकारले २५ जना भन्दा बेसी भेला गर्न नपाइने भएकोले महासंघले निर्वाचन स्थगित गरेको छ ।
         यसैबीच उम्मेदवारी घोषणा कार्यक्रममा १२ वर्षअघि रुखबाट लडेर कम्मर भाचिएपछि थला परेकी लक्ष्मी कार्कीको परिवारलाई लकडाउन अवधिमा जीवनयापनमा समस्या परेको भन्दै सहयोग समेत गरिएको थियो । केन्द्रिय सदस्य सुरकृष्ण वैद्यले लक्ष्मी कार्कीको छोरीलाई अनलाइन शिक्षाको लागि मोबाइल हस्तान्तरण गर्नुभयो भने  काभ्रे उद्योग वाणिज्य संघले अध्यक्ष प्रकाश मानन्धर मार्फत १० हजार, बाग्मती टिपर व्यवसायी संघको तर्फबाट अध्यक्ष प्रेम लामाले १० हजार १ सय, काभ्रे बस प्रालीका तर्फबाट अध्यक्ष वर्ण शाक्यले १० हजार, होलसेल व्यवसायी संघका तर्फबाट शम्भु पौडेलले ११ हजार, होटल व्यवसायी महासंघका तर्फबाट कृष्ण श्रेष्ठले ६ हजार र पतञ्जली योग समितीका सरिता शाक्यको तर्फबाट १० हजार, पतञ्जली योग समिती काभ्रेबाट अध्यक्ष दमनकुमार श्रेष्ठले १० हजार ५ सय रुपैया, अमेरिकामा बसोवास गर्ने जयन्ती तौजलेले गु्रवेन तौजले मार्फत पठाउनु भएको २० हजार रुपैया, काभ्रे पुण्यवती यातायात प्रालीका तर्फबाट अध्यक्ष राजेश सुन्दर सैजुले १० हजार रुपैया लक्ष्मी कार्कीका छोरा सविन र छोरी सविनालाइ हस्तान्तरण गरिएको थियो । कक्षा ८ मा अध्ययन गर्ने सविन कार्की र उनकी दिदि कक्षा १० मा अध्ययन गर्ने सविना कार्कीलाइ थप सहयोग जुटाउन पहल गरिने व्यवसायीहरुले बताएका छन् । बनेपामा रहेको एबिएम स्कुलले दुबै बच्चाको विद्यालय तहको शिक्षा निशुल्क गर्ने प्रिन्सीपल रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो भने थप शिक्षाका लागि ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले सहयोग गर्ने प्रतिष्ठानका अध्यक्ष समेत रहेका उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण वैद्यले बताउनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्