बनेपा नगरपालिका वडा नं. ५ चप्लेटी बनेपा नगरपालिका र धुलिखेल नगरपालिकाको साँध सिमा पर्ने स्थान हो । चप्लेटी शब्द पहिले तयस स्थान तथा हाल हिँड्ने मुल बाटो भन्दा माथि साविक माथिको बाटोको घुम्ती भन्दा तल बाटोको माझमा पर्ने एउटा चिप्लो ढुंगा थियो । त्यही ढुंगाको नामबाट चप्लेटी हुन आई हाल चप्लेटी शब्द (स्थान) ले विशेष प्रशप पाएको यथार्थ हो । पहिलो २०२५/२०३० सालभन्दा पछि सम्म पनि रविबाट बनेपा आउदा (भारिवोकेर) थकाई मार्ने, केही छिन आराम गर्ने स्थान हो । बस्न हुने भारी विसाउन हुने पेटी बनाई राखेका थिए । उकालो सकिना साथ पानी खान ढुंगे धारा एउटा पनि थिए । हाल धारा र चिसो ढुंगाा काहाँ के भए यो थाहा भएन, खोजी गरिएन । पहिला पहिला चप्लेटी स्थान एक्लो र रात साँझ अलि डर लाग्ने विकट ठाउँ जस्तै थियो । हाल डर भने हटिसक्यो । अहिले आएर बनेपा वरपरका व्यक्ति विशेषका लागि सामान्य ठाउँ, सामान्य नामले चिनिसके चप्लेटी भनेर । “चप्लेटी” बनेपाको स्थानिय तथा आफ्नो स्वास्थ्यको ख्याल राख्ने व्यक्तिहरु एक विहानै चप्लेटी सम्म मर्निङ्गवाक् जाने नियम बनाई सकेका छन् । व्यक्तिको रुपमा भन्दा पनि विहान सधै पुग्नेमा समूहगत बनेपाका युवा समूह १२/१३ जनाको समूह नियमित रुपमा कुनै विहान १२/१३ हुन्छन् भने कुनै दिन विहान ५/६ जना मात्र भए पनि विहान ५ बजे चण्डेश्वरी पुुगी चप्लेटी सम्म अटुटु मर्निङ्गवाक्मा पुग्छन् । महिना पहिलो दिन यानी १ गते सक्रान्तीको दिन भने नाला करुणामय र नाला भगवति दर्शन गर्न जाने गर्दछन् । त्यस्तै विहान हिँडेर स्वास्थ्यको लाभ खातिर नाम समेत चर्चामा आई सकेको विहानी हिडाई चप्लेटी स्वास्थ्यको लागि हिडाई समूहको सक्दो व्यायम लेख्न आवश्यक ठान्दछु र दुईचार हरफ लेख्छु पनि । ४/५ वर्ष देखि “स्वास्थ्यको लागि विहानी हिडाई” एक समूह भई एउटा क्लवले छुट्टै किसिमको पहिचान बनाउन सफल भएका छन् । अतः उक्त समूले बैधानिकता प्राप्त (दर्ता) गरि पनि सकेका छन् । समूहमा पदीय दायित्व समेत जिम्मेवारी वहनमा बाँडफाँड गरी बेलाबेलामा भेला बैठक वसी बाल चित्रकला प्रतियोगिता कार्यक्रम मिनिहाईकिङ्गलाई हाइकिङ्ग जस्ता कार्य वर्षमा ५/७ वटा कार्यक्रमहरु गर्दै आइरहेका छन् । यस समूहले वर्ष वर्षमा चप्लेटीमा ने न्हूदया भिन्तुना कार्यक्रम म्हपूजाको दिन त्यस्तै असार १५ गते दहि चिउरा खाने वाड्ने, साउन १५ गते खिर खाने र वाड्ने कार्यक्रम पनि निरन्तर गर्दै आएको सर्वसाधारणमा घाम जतिकै छरलङ्ग छ । हाइकिङ्गहरुमा बनेपा-नमोबुद्ध पइदल कार्यक्रम राखी हाइकिङ्ग, वालाज्यू लामाचो हाइकिङ्ग, लाँकुरी भन्ज्याङ-फूलचोकी माई हाइकिङ्ग, वार्षिक रुपमा साँगा आसापुरी डोलेश्वर हाइकिङ्ग, बनेपा पनोती हाइकिङ्ग सम्झेका र सम्झन नसेका छन् होला । अब पनि फेरी शिवपुरी राष्ट्रिय निकुञ्जमा पर्ने बौद्यद्वारा हाईकिङ्गको तर्जुमा हुँदैछ । यस चप्लेटी समूहको अध्यक्षको जागिर सिलसिलामा रुकुम रोल्पामा सरुवा वढुवाको कारण केही समय हाइकिङ्गमा ब्रेक लागेको र पुनः कार्यक्रमहरु सुरु हँुन्दै अगाडि बढ्ने कार्य योजना जस्तो बनेपा नगरपालिका सिमा भित्रको प्राकृतिक सम्पदा सांस्कृतिक पुरातात्वीक स्थालको अवलोकन भ्रमण गरी पुस्तक तयार गर्ने तरखरमा छन् । यस समूह त्यसको तयारीको लागि १४ वडाका वडाध्यक्षज्यूहरु समेटी १४ वटै समूह गठन गरी १४ वटै वडामा परम्परा देखिका पुरातात्वीक सम्पदा र संस्कृतीहरुको विस्तिृत विवरण लेखन संकलनको कार्य सम्पन्न गर्न यस कार्य योजनाको लागि बनेपा नगरपालिकाले सहयोग र साथ दिने आश्वासन पाइसकेको बुझिन्छ । यस चप्लेटी समूह धर्म, लिङ्ग, वणर्, जाती, राजनैतीक भेद रहित छन् । यस समूहमा लागेर आफ्नो परिचय टिमवर्क भन्न पनि संकोच मान्ने व्यक्तिबाट अब आएर साधारण कार्यक्रम सञ्चालनमा उद्घोषक भई आफ्नो बोली बक्तव्य निखार ल्याएको पनि पाइयो । त्यस्तै बोली वक्तव्य, नाच, बोलाई शब्दमा स्पष्टता आदि प्रगति भएका छन् । यस समूहले आयोजना गरेका हाइकिङ्ग कार्यक्रममा उच्च पदस्थ व्यक्तिहरु जस्तो मा.विका शिक्षकहरु, इन्जिनियर, फोटोग्राफर, नाटककार व्यक्तिहरु, अफिसका हाकिम, कर्मचारीहरु, संघ संस्थाका कर्मचारीहरु, निवृत कर्मचारी, शिक्षकहरु लगायतले भाग लिई कार्यक्रम सफल हुन्छन् । हामी नेपाली धर्मका हिमायती र यस समूहले प्राय गरेर धार्मिक स्थललाई इंंगिततामा कार्यक्रम हाइकिङ्ग (पदयात्रा) राख्ने गरेका छन् । अझ आगामी दिनहरुमा लोकप्रि हुँदै प्रगति कार्यमा लमकिन प्रतिक्षा गर्दै (ॐ अीतस) ।
