IMG-LOGO

काभ्रेमा कन्या पूजा, इतिहास जोगाउँदै बनेपा ⁄

 मंगल, भदौ ७, २०७९  ---    जयदेश श्रेष्ठ

         बनेपा - कृष्ण अष्टमीको पावन अवसरमा बनेपामा गरिने कन्या पूजाको महिमा महत्वपुणर् छ । काभ्रेका अधिकांश नेवारी बस्तिहरुमा कन्या पुजा गरिन थालेको छ । १ सय२० वर्ष अघी देखीको इतिहास बोकेको कन्या पूजाको सुरुवात बनेपाको भोलखा टोलबाट गरिएको अनुमान रहेको छ । आज सम्म पनि भोलाखा गणेशलाई विधिबद्ध रूपमा पूजा गरी सुरु गरिने कन्या पूजा विगतका दुई वर्ष कोरोनाको कारणले स्थगित भएको थियो । कन्या पूजा प्रबन्ध समितिको अध्यक्षमा गोपाल सिं मुस्याजु रहँदै आएकोमा गत सालमा उनको निधन भए पछि धार्मिक कार्यक्रमहरुमा अगुवाई गर्ने  राम गोपाल कायष्ठको अध्यक्षतामा कन्या पुजालाई फेरी स्थायित्व दिएको छ । यस वर्ष सञ्चालन भएको कन्या पुजामा करिब २० लाख खर्च भएको जानकारी समितिका सचिव सुर कृष्ण वैद्यले बताउनु भयो । पुर्खाले चलाउँदै आएको संस्कृतिलाई निरन्तरता दिन जति सुकै कठिनाइ आए पनि समितिको सदस्यहरूबाट नै कन्या पूजाको खर्च ब्यहोरिदै आएको वहाँले बताउनु भयो ।        बनेपाली चेलीबेटी ईष्ट मित्र बनेपा वरपरका सात गाँउहरुबाट सहभागी भएको झण्दै ८ हजार कन्याहरूलाई पूजा गरिएको यस वर्षको  ब्यवस्थापन समितिको खर्च मात्र करिब २० लाख खर्च भएको छ । एक कन्यामा २ दुई हजारले हिसाब गर्दा समस्त खर्च १ करोड ६०लाख देखिन आउँछ । काभ्रे भेगको कन्या पूजा र व्यवस्थापनको खर्च  हिसाब गर्दा कन्या पूजाको संख्या १२ हजार भन्दा माथी रहने अनुमान हुँदा करिब ३ करोडको हराहरीमा लागत खर्च हुने देखिन्छ । कन्याहरूलाई सजि सजाउ देखी अन्य खर्च जोडिने हो भने आजको कन्या कुमारी पूजा निकै महँगो पर्व रूपमा मान्नु पर्ने हुन्छ ।        हामी शुभ कार्यमा पन्च कन्या कुमारीलाई पूजा गर्ने शताब्दी देखीको चलनलाई बनेपा नगरमा वार्षिक रूपमा श्री कृष्ण अष्टमीको दिन रजस्वला नभएका कन्याहरूलाई सामूहिक रूपमा कन्या पूजा गर्दै आएको छ । कन्याहरूको साथमा देव कन्या, नाग कन्या, गन्धर्व कन्या, किन्नर कन्या र किच कन्या समेत मानव कन्याका भेषमा आउने भएकोले उनीहरूलाई आराध्य देवी चण्डेश्वरी माईकी कुमारी मानी पूजा गरेमा सार्थक कर्म हुने जनविश्वास रहिआएको छ । यसरी कन्या पूजा गर्दा सहभागी कन्याहरूमा रोग व्याध नलाग्ने र कन्या देवीहरूको आशीर्वादले भक्तजनहरूको पनि स्वास्थ लाभ दीर्घायु रहने जन विश्वास रहँदै आएको छ ।        बनेपाको मूल कन्या पूजाको अनु शरण गर्दै कन्या पुजामा कन्याहरूलाई सर्व प्रथम टाउको तेल लगाई पूजा, टीका र जंजका (काँचो धागो) साथ बिधिवत समितिले पूजा गरी सके पछि लाइनबद्ध रुपमा अन्य श्रद्धालु भक्तजनहरूले आफ्नो श्रद्धा अनुसार कन्याहरूलाई पातको टपरीमा हलुवा स्वारी, खिर , मालपुवा, चकलेट, छोकडा, बिस्कुट , कापी , कलम  भेटी चढाई श्रद्धाका साथ पूजा गरिन्छ । बनेपामा कन्या पूजाको ठुलो चापले गर्दा बनेपाको नजिको क्षेत्र  साँगा, भैसेपाटी बिकटेश्वर महादेव, बुडोल, नाला, चौकोट, धुलिखेल, दाप्चा ,पनौती, सुन्थान, खरीबोट, पनौती पशुपती मन्दिर, सुब्बागाँउ, धनेश्वर लगायतका स्थानमा पनि कन्या पूजा गरिदै आएको छ ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्