राजीनामा दिए पछि तन्तै साफ ! छानबिन समितिलाई काम गर्न सजिलो होस् भनेर राजीनामा दिए भनेर नैतिकताको वकालत गर्न चुक्दैन हाम्रा जिम्मेदार मन्त्रीहरू ! अर्थमन्त्री जनार्दन शर्माले संसद्को रोष्टममा बोल्न जाँदा र बोलि रहँदा पनि राजीनामा दिने छाँट देखिएको थिएन । एकाएक राजीनामा घोषणा गर्ना साथ धेरैले उनको कुरा सुन्न छोडेर फेसबुक भरि अर्थमन्त्रीको राजीनामाको स्ट्याटस हान्न थालेका थिए । भने हरेक टिभी च्यानल र समाचारहरू ब्रेकिङ न्युज भनेर अर्थमन्त्रीको राजीनामालाई प्राथमिकता दिए । जनार्दन शर्मा कमजोर मानसिकता भएको नैतिकता र ईमान्दारीता पक्षमा उभिने मान्छे पक्कै होइन । कि न की माओवादीको कठोर रणनीतिका कमान्डर विगतमा संसद् भित्रको उसको गतिविधिले गर्दा अझै पनि जनार्दनमा उदारताको भावना देखिँदैन । अर्थमन्त्रीको जिम्मेवारी बोकेको ब्यक्ती ले राष्ट्रिय बजेट बनाउँदा राष्ट्रको समबेदनशिलता र बजेटलाई गोप्यता भित्र राख्न नसकेको नै हो । गठबन्धन सरकारको चलखेल भित्र बजेट तर्जुमा लाहपर्वाहीले अहिले देश भर तरङ्ग छाएको छ । विपक्षीले विरोध गर्न पाए पछि ससद चल्न समेत दिँदैन भने अहिले मौका पाउँदा छोड्ने कुरै भएन । बजेट चलखेलाई लक्षित गरी पोखरीमा जाल हालेको भए जाल भित्र धेरै माछा पर्थे । तर बल्छी हाले पछि चारो खाने सबै माछा बल्छीमा पर्छ भन्ने होइन । बल्छी तान्दा जसको मुख भित्र बल्छी छ त्यही मात्र पर्ने हो । बल्छीबाट छुटकारा पाउन नसकेको एक्लो अर्थमन्त्रीले अहिले भन्न नसकेको कुरा यही हो की ! आज देश प्रचण्ड कै इसारामा चलेको छ भन्दा अन्यथा नहोला । छानबिन समिति गठन भयो । समितिमा आफ्नो पक्ष कति सिट रहेको छ ? भोलि प्रतिवेदन पनि त्यही आधारमा रिपोट नआउला भन्न सकिन्न । गठबन्धनको सरकार भएकोले छानबिन समिति पनि गठबन्धन बाट नै बनेको हो की ? आज चारै तिरबाट अर्थ मन्त्रीको चर्को विरोध भई रहँदा पनि जनार्दन शर्मा झुकेको छैन । कठोर अराजक शैलीमा उत्रन पछि नपर्ने अर्थ मन्त्रीले सजिलै आफ्नो गल्ती स्वीकार गर्ने मान्छे होइन । अर्थ मन्त्रीका दर्जनौँ विवादास्पद निर्णयहरू गर्दै आई रहेको छ । राष्ट्र बैकको गभर्नर देखी विदेशी रकम भित्र्याउने काण्ड सम्म अर्थमन्त्री प्रत्यक्ष मुछिएको घटना त्यसै ढाकछोपमा मिलाएको छ । अर्थमन्त्रीको आदेशले हटाएको गभर्नर अदालतको फैसला पछि पुन बहाली हुँदा समेत अर्थमन्त्री आफ्नो निर्णय प्रति तस नस भएको देखिँदैन । जनार्दन शर्मा आफ्नो योग्यता र दक्षताले योग्य भएर अर्थ मन्त्री भएको पक्कै होइन । त्यसैले पनि यस बजेटलाई जनमुखी बजेट भने पनि यो बजेट भित्र भएको चलखेलले सीमित व्यापारीलाई पोस्न खोजिएको स्पष्ट बुँदाहरू भेटिन्छन् । सायद अर्थमन्त्रीले यो पनि सोचेनन् कुन कुन बुँदा हेरफेर गर्दा त्यसको असर कहाँ कहाँ पर्छ भनेर नजर अन्दाज गर्न नसकेको बजेट प्रस्तुत गरि रहँदा हिन्दी फिल्म थ्री ईडियर्समा अमिर खानले भाषणको कपिमा एक दुई शब्दलाई अर्को शब्दमा रूपान्तरण गरि दिँदाको झल्को यो बजेटमा पनि देखिएको अवस्था छ । देश भित्र उत्पादन हुनु पर्ने कच्चा सेनिटरी प्याड सामानमा बढी भन्सार लगाएर तयारी प्याडमा भन्सार छुट दिएको कुरा धेरैलाई पच्न सकेको छैन । यो त एउटा उदाहरण मात्र हो । यस पटक नयाँ योजनाहरू समावेश हुन नसकेर कुनै चर्चाको बिषय बजेटमा हुन सकेन तर पनि अर्थमन्त्रीले बजेटको व्याख्या आफ्नै सोचले मात्र गरि रहेको छ । हरेक प्रश्नमा घुर्क्याई उत्तर दिने अर्थ मन्त्रीले सिसी टिभीको फुटेज डिलिट भएको अभिव्यक्ति दिई रहँदा राष्ट्रको जिम्मेदार मन्त्रीको हैसियत ख्याल गर्न सकेन । आज हरेक नेपालीहरूले प्रश्न गर्न सक्छन् । देशमा अरबौँ खर्चेर हरेक मन्त्रालय , सबै क्षेत्रमा सी सी क्यामरा जडान गर्नु को अर्थ के हुन्छ ? सिसी टिभीको उपयोगिता के हो ? प्रधान मन्त्री देउवाले पनि अर्थ मन्त्रीको कुरो बुझी हाल्यो । सिसी टिभीको कुरा छोड् देऊ यार ! त्यसै भनेका होइन । हिजो सम्म कसैले हेर्न र देख्न चाहँदैमा फुटेज देखाउनु पर्छ ? फुटेज हेर्न चाहने को हुन् ? धम्कीको भाषा प्रयोग गर्ने अर्थ मन्त्रीले एकाएक फुटेज डिलिट भयो भन्नु चोरको खुट्टा काट भन्दा आफ्नो खुट्टा जुरुक्क उचाल्ने टुक्का जो कोही नेपालीहरूले भुलेका छैनन् । भरत मोहन अधिकारी र विष्णु पौडेल भन्दा जनार्दनले आफू नैतिकवान् हुनका लागी राजीनामा दिएको पक्कै होइन । किन की सत्तरी करोडको आरोप लागेर कुर्सी छोड्न परेको गोकुल बास्कोटाले आज अर्थमन्त्रीलाई नैतिकताको पाठ सिकाउँदा नेपाली राजनीति कति बदनाम भएको छ स्पष्ट देखिन्छ । छानबिन समिति हिजो पनि बनेका थिए आज पनि बन्यो तर निष्पक्ष छानबिन गर्न सक्ने हैसियत कहिल्यै बनेन । छानबिन समितिको रिपोर्टलाई घर्रा भित्र थन्काउने चलन हिजो पनि थियो भोलि नरहोस् । अब अर्थमन्त्री को हुने प्रश्न उठिरहँदा प्रधान मन्त्री शेर बहादुरले नै अर्थमन्त्रीको जिम्मेवारी आफैमा लिएको हुँदा यहाँ अझै चलखेल मडारिरहेको भान हुन्छ । वर्षमान पुन अर्थमन्त्री हुने हुन की भन्ने अनुमानलाई पुनले नै छानबिन समितिको सफाइ बाट फेरी जनार्दन शर्मा नै अर्थमन्त्री हुने अभिव्यक्ति दिएकोले भोलि फेरी हात्ती आयो हात्ती आयो फुस्सा हुने त हैन । सबैमा संङ्का लागेको छ । यो देशमा जे पनि हुन सक्छ । आम नेपालीहरूले हाम्रा नेताहरूलाई विश्वास गर्न नसकेको बिषय यही हो । एक छिन हामी विगतमा फर्किऊ ! तारानाथ रानाभाट अहिले कहाँ छ , के गर्दै होला ? जनता र देशले बिर्सिएको मान्छे भएको छ । राज दरबार हत्याकाण्डमा आम मानिसले पत्याउन नसक्ने प्रतिवेदनमा दीपेन्द्रले भटटट गोली चलाएको भनेर उसले अभिनय गरेको दृश्यले सबैको नजरबाट रानाभाट गिरेका थिए । आज नेपाल र नेपाली सँग जोडिएको समग्र देश विकासको बजेटको बारेमा कुरा उठाई रहँदा जिम्मेवार अर्थ मन्त्रीको जवाफ देहिता धेरैलाई चित्त बुझ्दो देखिएन। बजेट बनाउन सबै अधिकार अर्थ मन्त्रीको हुन्छ छ । यसमा विवाद रहेन । तर बजेटको बिश्वासनियता अर्थ मन्त्री कुनै हालतमा चुक्नु हुँदैन । रातारात अनाधिकूत ब्यक्ती ले कर प्रणालीमा हेरफेर गरेको आरोप लगाएको छ यो साधारण कुरा पक्कै होइन । कुनै पनि परीक्षामा प्रश्न बनाउने कर्ताले आफूले बनाएको प्रश्न भनेर प्रश्न पत्र आफ्नो मान्छेलाई सुम्पन पाइन्छ ? आज अर्थ मन्त्री सँग जनताले बुझ्न खोजेको कुरा यही थियो । अर्थमन्त्री जनार्दन शर्माले हिजो सम्म सिसी फुटेको वकालत गर्दा गर्दै आज फुटेज डिलिट भएको अभिव्यक्तिले गर्दा अर्थमन्त्रीको संलग्नता भएको आशङ्का गरिएको छ । तर अर्थमन्त्रीले आफूले गल्ती गरेको छैन भनी रहेको छ । आखिर गल्ती नगरेको अपराध के हो ? आज अपराध स्वीकार नगर्नेलाई कारबाही कसरी हुन्छ ? जे होस् चौतर्फी विरोधले गर्दा जनार्दन शर्माले अर्थमन्त्रीको पद बाट राजीनामा दिन परेको छ । आज विश्व बजार मन्दीले छाएको बेला विदेशबाट सामान आयात गर्न हम्मे हम्मे परेको बेला बिलासी सामान आयात गर्न नपाउने नीति ल्याएर देश हितको विषयमा केन्द्रित हुन कठोर नीति चाल्नु पर्ने बेलामा सीमित व्यापारी पोसेको आरोपमा प्रत्यक्ष विवादमा मुछिएको अर्थमन्त्री जनार्दन शर्मा अहिले विवादको घेरामा चुलिएको छ । सायद अर्थ मामिलामा यसरी अर्थमन्त्रीको बहिर्गमन आज सम्म नभएको जानकारहरू बत्ताउँछन् । अर्थमन्त्री राजीनामा दिएर बाहिरिँदा उनको साथ कुनै सचिवहरू साथ थिएन भने सीमित कर्मचारी मात्र उनको पछि लागेका थिए । सांसदबाट राजीनामा पछि आफ्नै निजी स्कोर्पियो चढेर प्रधान मन्त्री शेर बहादुरलाई राजीनामा बुझाउन पुगेका थिए ।
