IMG-LOGO

काभ्रे बहुमुखी क्याम्पसमा राष्ट्रिय सम्मेलन

 मंगल, असार ७, २०७९  ---

      काभ्रे जिल्लाकै जेठो क्याम्पस काभ्रे बहुमुखी क्याम्पसमा समाज शास्त्रसँग व्यवसाय र उद्यमशिलताको विकासलाई जोड्ने उद्देश्यले राष्ट्रिय सम्मेलन शनिबार २ दिने गोष्टी शुरु भएको छ । काठमाण्डौँ विश्व विदालयका उपकुलपति प्राडा भोला थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व सञ्चालक समिति अध्यक्ष लम्बोदर कायस्थले गर्नु भएको थियो । क्यम्पसको शैक्षिक स्तरीयताको बारेमा क्याम्पस प्रमुख केजी बैदारले बोल्नु भएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै काठमाण्डाँै युनिभर्सीटीको उपकुलपति थापाले देशमा शैक्षिक वेरोजगार बढ्दै गएकाले देशलाई आवश्यक पर्ने प्राविधिक शिक्षक र उत्पादनसँग जोड्ने व्यवसायिक शिक्षाको खाँचो रहेकाले सोही अनुसार कार्य गर्नु पर्ने धारणा राख्नु भयो ।       नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री कञ्चन चन्द्र वादे, बनेपा नगरपालिकाका नगरप्रमुख शान्ति रत्न शाक्यले रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले मन्तव्य राख्नु भएको थियो । सम्मेलन संयोजक माधव तिमल्सिना, डा. किसोर हाकुदुवाल, प्राडा महर्जन स्थापित, डा. दिनेश पसाई, डा. योगेश रंञ्जीत, वडा नं ७ का वडा अध्यक्ष हिटलर शाक्य, सञ्चालक समिति उपाध्यक्ष मोहन दुवाल लगायतको आतिथ्यता रहेका थियो । कार्यक्रमको सञ्चालन उप प्रध्यापक कृष्णप्यार िनकर्मीले गर्नु भएको थियो ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्