IMG-LOGO

जन प्रतिनिधीहरुलाई हेरिने दृष्ट्रीकोण बदल्नु पर्छ

 मंगल, जेठ १०, २०७९  जयदेश श्रेष्ठ

      मतले हारे ! बनेपा नगरका मेयर उम्मेदवार रत्न कुश रञ्जित र पनौती नगरको मेयर उम्मेदवार भीम न्यौपाने ! जुन कार्यले  हाम्रो मन जित्न सफल भए , त्यसैले वहाँहरू आज चर्चामा  छन् ? धुलिखेलका मेयर विजेता अशोक ब्यान्जुलाई बधाई दिन रा.प्र.पा. , अन्य र स्वतन्त्रका प्रतिद्वोन्दी उम्मेदवारहरू लाइनबद्ध छन् । यो हाम्रो भाइचाराको संस्कार फेरी किन ब्युउतिदैछ ?       रावणको दम्भ लङ्का सखाप , दुर्योधनको दम्भले महाभारत लडाई भएको थियो । आज के.पी.ओलीको दम्भ घमण्डले संसद् विघटन गर्न खोजे । त्यो रोकिएर अहिले स्थानीय चुनाव भएको छ । जुँगाको लडाई नेताहरूको दम्भ घमण्डले स्थानीय चुनाव आफ्नो गाउँ ठाउँ देश विकास भन्दा पनि पार्टी नेता र व्यक्ति जिताउने चुनाव भएको छ । नेताहरूमा समय भन्दा अगाडी चेतना आएको भए स्थानीय चुनावको यस्तो परिणाम भोग्नु पर्दैनथ्यो होला । जिउँदो मान्छेको हातमा परे पछि जस्तो सुकै जङ्गली जनावर बाघ ,भालु ,सिह तह लगाउँछन् । विष भएको सर्पलाई नचाउँछन् । राजनीतिमा ईख भएको नेताहरूले के.पी.ओली एक्लैको एमालेमय अहङ्कार लाई सबक , चुनौती दिन पाँच दलीय गठबन्धन गरेका हुन् । स्थानीय चुनाव भनेको जनताको सेवा गर्ने तह हो । स्थानीय तह जन प्रतिनिधि आफ्नोलाई जिताउन र अर्कोलाई हराउन दलिय लगावलाई प्राथमिकता दिनु हुँदैनथ्यो ।       चुनावी माहौलमा नेताहरूले  एकले अर्कोलाई सिद्ध्याउन  कुनै कसरत बाँकी राखेका छैनन् ।  के.पी. ओलीलाई बिफल पार्न जसरी भए पनि एमाले हराउन विपक्षहरू गठबन्धनमा सामेल भएर उभियो । गठबन्धन बाट नै रेणु दाहाललाई जिताउन शीर्ष नेताहरू भरतपुर केन्द्रित भएका थिए । जो जसले पनि आफ्नो शक्ति प्रदर्शन गरे । आफ्नो छोरीलाई जिताउन काँग्रेसले भोट नदिए चुनावको परिणाम नआउँदै प्रचण्डले गठबन्धन तोड्ने र देश दुर्घटनामा जाने धम्की दिए ।       अहिले एमाले खुम्चिएको निर्वाचन परिणाम देखेर माओवादीको आफ्नै हारमा पुष्प कलम खुसी भएको छ । समाजवादी नगण्य जितमा पनि माधव कुमार रमाएको छ । जित अहिले कसको भयो ? निर्वाचनको पुरा परिणाम नआउँदै हताश मनस्थितिमा नेताहरू फेरी एक आपसमा सौदा वाजी गरी मेल मिलाप र गठबन्धन अभियान तिर लाग्न थालेको देखिन्छ । कसको पार्टीले कति जित्यो ? जित र हारलाई मात्र प्राथमिकता दिने हो भने ,स्थानीय चुनाव आम नागरिकहरूको मतदानको के अर्थ ?       चुनावमा जित र हार स्वभाबिक हो । चुनावी माहौल एकले अर्कोलाई दुष्मनी मोलेर शत्रुता कायम राख्न हुँदैन । सानो घाउ बेलैमा उपचार ग¥यो भने चाँडै निको हुन्छ । सानो घाउ ठुलो बने पछि निको हुँदा पनि खत बसी रहन्छ । नेपाली राजनीतिमा नेताहरूको कठोर दुस्मनी पानी बाराबारको वाक युद्धले नेताहरूको प्रतिको बितूष्णाले स्थानीय चुनाव पार्टी र सैद्धान्तिक मतमा असर परेको छ । रेणु दाहाललाई जिताउन नेताहरूको कसरत , अनेकौँ ठाउमा बागी उमेरदार उठेका छन् । नेताहरूले सोचेको भन्दा फरक जनमतले नेताहरू अतालिएका छन् ।  जनताहरू के चाहन्छन् भनेर बुझ्न नचाहने केशव स्थापित , आफूले जे बोले पनि ठिक हुन्छ ? बालेनले पाएको मत ! नेता र पार्टी विरुद्धको काठमाण्डौ वासीहरुको  अभिमत हो ।       अहिलेको जन प्रतिनिधि स्वतन्त्र देखी वल्लो घरको नरे पल्लो घरमा सरे , नव प्रवेशिका नेताहरूको जित शरीरको ढाँचा नमिलेको जन प्रतिनिधिको टोलीले स्थानीय तह सरकार चलाउन निकै हम्मे हम्मे पर्नेछ । माथिका नेताहरू जस्तै वारपारको राजनीति व्यवहार तलको स्थानीय तहमा जन प्रतिनिधीहरुले कहिल्यै गर्नु हुँदैन । पार्टीगत भेदभाव रहित जनताको सेवा गर्ने स्थानीय सरकार आजको आवश्यकता हो ।  एउटै टेबलमा बसेर जनताको काम गर्ने हुन्छ । मेरो मान्छे ! उसको मान्छे ! यो पार्टी र त्यो पार्टी भनेर जनताको काममा अवरोध ल्याउनु हुँदैन । जनताको काम गर्न चुनेको जनप्रतिनिधि हुन् । जित्नेले अभिमान देखाउनु  र हार्नेहरूले मुख लुकाउनु पर्ने अवस्था छैन । चुनाव परिणाम सँगै बनेपा नगर  पनौती नगर र धुलिखेलका हारेका मेयर उमेरदारहरूले जितेका मेयरलाई बधाई एवं शुभकामना व्यक्त गरे । धन्यवाद ज्ञापन गरे । जनताहरूले बुझ्नु पर्ने कुरा ! हाम्रा नेताहरू आफ्नो जित हार स्वीकार गरेर नेताहरू तुरुन्त मिल्न सक्छन्  भने जनता, कार्यकर्ताहरू रिस राग पालेर दुष्मनी किन गर्ने ? आम नागरिकहरूले सोच्नु पर्ने बेला आएको छ ।  व्यक्ति दुस्मनी मोलेर पार्टी टुक्राउने नेता भाँड्ने र देश विकासमा आघात पुग्ने काम कोही कसैले कोही कतैबाट हुनु भएन । काभ्रेली नेताहरूको यो सन्देश माथिका शीर्ष नेताहरू सम्म पुगोस् ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्